|  | 
आमाको देशबाट
शीतका पाइलाहरु कुल्चँदै कुल्चँदै 
सपनाको राजमार्ग छिचोल्दै छिचोल्दै 
आइपुगें छु एक विरानो भूगोलमा 
जहाँ तर्सन्छु आफ्नै छाया नमिलेको देखेर 
जहाँ एक कुनामा उभिन्छ साहूका राता आँखा
अर्को कुनामा देखिन्छ
भुइँतिर खसेका पंखेटा र आकाश छुन उडेका सपनाहरुको जुलुस 
र मध्य बिन्दुमा उभिन्छ
ठेगाना नबिराई आएको आमाको चिठी-चित्र
 
 
 
 
