हाकिम स्केच
रमेश साय
हाकिमबिहान नौ बजे
आफ्ना गुच्चा जसता आँखाहरु टेवलमा रखेर
मेरो अनुहारमा भिर दगुरेको देख्छ
आगनमा फुलेको शिरिसको बोटमा
बसन्त आएर उभिएको भर्खरै हो
तर अझै पनि उसको मगजमा साउन हिँडेको बगर छ
र अनुहारमा कुहिरो पोतिएको पहाड छ
हिजो बिहानको कुरो हो
उत्तरलाई दक्षिण
उकालोलाई ओरालो
उँदोलाई उँभो रटिरहेथियो
र, भनिरहेथियो
‘नम्मरी फायलमा किरा पारि दिनु
कुरा नबुज्नेलाई भोलि सारि दिनु’
समय आएर घडिबाट हिँडिसके पछि
भित्ते घडिसँग खुब रिसाउने मेरो हाक्किम
श्रीमती, छोराछोरी र सालीको समेत सपनाको बाटोमा
मर्निगं वाक गरि रहेको भेटिन्छ
गमलामा फुलेको गुलाफमा हिँउद उभिएकै दिन
कमल फुलाउने सपना देख्ने मेरो हाकिम
रोज साँझ पाँच बजे
वास्लत नमिलेको जिन्दगी लिएर सस्तो भट्टिमा रक्सीसँग दर्सन पिइरहन्छ
ठिक उलै बेला उसको अनुहारमा
यो देशको सरकार दगुरीरहेको भेटिन्छ ।
No comments:
Post a Comment