Social Icons

6.16.2013

आमाको देश


                            हिंडेथें ।
आमाको देशबाट
शीतका पाइलाहरु कुल्चँदै कुल्चँदै
सपनाको राजमार्ग छिचोल्दै छिचोल्दै
आइपुगें छु एक विरानो भूगोलमा
जहाँ तर्सन्छु आफ्नै छाया नमिलेको देखेर
जहाँ एक कुनामा उभिन्छ साहूका राता आँखा
अर्को कुनामा देखिन्छ
भुइँतिर खसेका पंखेटा र आकाश छुन उडेका सपनाहरुको जुलुस
र मध्य बिन्दुमा उभिन्छ
ठेगाना नबिराई आएको आमाको चिठी-चित्र

मृत्यु आइपुग्ने ठेगाना

मेरो घरसम्म आइपुग्दा बतास पनि एक पल्ट अलमलिन्छ
मेरो घरको छानो बाट उडि गएको चंगा
लटाई सम्झेर सरासर फर्कन सक्दैन
स्वयंम मेरी प्रेमिका
दसौं पल्ट सोधेर आइपुग्छिन मेरो ठेगानामा
मेरा साथीभाइ / आफन्त
सयौँ पल्ट सोधेर आइपुग्छन् मेरो आगनमा
वर्षौं पहिले प्रदेशमा हुँदा बा आमा सम्झेर रजिष्ट्ररी पत्र पठाए थें
आफ्नै घरको हुलाकी ठेगानामा
म नै अए पहिले,
आफ्नै ठेगाना सोध्धै सोध्धै हुलाकी पत्र आएन

6.10.2013

अक्षरका उस्ताद डम्मर सर



- रमेश सायन
rashayan@hotmail.com

त्यो साँझ अक्षरहरुमा टेकेर धुँवा हिड्यो ।
काभ्राको बोट तिर आउँदै गरेको वसन्त । नबिर्सी फुलेको गुलमोरको बोट । मुनाहरुमा सिउरीदै गरेको चराहरुको गीत एकै पल्ट हरायो मेरो गुरुको जीवनको बृतबाट ।

जसको आगनमा बसेर हामीले अक्षर चिन्यौं । जसको दैलोमा उदाउने घाम टिपेर हामीले जीवनको आयतनमा उज्यालो फैलायौँ । जसको सहाराले हामीले हरदम हक्षरको बाटो हिँड्न सिक्यौँ र जीवनको लयमा एउटा अर्को रिदम थप्यौँ । उनै डम्मर सर धुवाँ भएर आकास तिर उड्नु भयो । आफ्नै छयाँबाट सधैको लागि बिलाउनु भयो ।

त्यो साँझ डम्मर सर हामीलाई जीवनकोलय सिकाएर आफु जीवनबाटै हराउनु भयो ।

अठार वर्ष अघि मेरो प्रथामिक र निम्न माध्यामिक कक्षामा डम्मर सर अलराउँडर टिचर हुनुहुन्थ्यो । हजारौँ बिद्यार्थीको आँखामा सधै चक्रवत घुमिरहने माड्साब अब कहिलै नर्फने गरि बिदाहुनु भयो ।  

बाघबजारको एउटा चिय पसलमा कविहरुछन् । त्यहि हूलमा मिसिएको छु म । मेरो आँखामा कविता बगेको छ । कानामा सुन्दर कविताका बिम्बहरु ठोकिदै फर्कदै गर्दैछन् । अक्सर कविताको संगीत मेरो कानमा परावर्तन भईरहन्छ ।

6.09.2013

याङग्रीको टाउको र आँखाको गति


रमेश सायन




यो एउटा मुडको यात्रा हो । मुडिहरुमात्र यसरी हिंड्न सक्छन् ।
नेपाल मेडिकल कलेजमा मृगौलामा स्टोनको अपरेसनको पालो पर्खेर बसेके छु । डाक्टरले फेरि अर्को हप्ता बोलायो । दवाइ दियो र पठायो । अझै अर्को हप्ता हेरौँ भनेको छ ।
कवि बाबु त्रिपाठीलाई घुम्न जाउँ भनें ।
उनको फुर्सदै छैन ।
के गर्नु यो हप्ता ?
नचिलाउने ठाउँमा पनि चिलायो । टाउको भित्र गिदी चिलिायो । पैतालाको नसा चिलायो । डाडको मेरुदण्ड चिलायो । त्यसै शंकर लामिछाने भन्दैनन्— ‘फुर्सदमा जिउँ चिलाउँछ ।’
कसैलाइ नभनी बालाजु आँए । गाडि चडें र लागें एक्लै गोसाई कुण्ड ।
नुवाकोट पुगे पछि । माथि थाप्लोमा दरबार देखियो । गाडिबाट ओर्लें । आज यतै घुमौँला र भोलि रसुवा तिर लागुँला । एकलै डुले नुवाकोट । माथि दरबारसम्म हिंड्दै गए । फन्को मारें । एकपल्ट सम्झें राजाका पुर्खाहरुलाई । दरबार भन्दा अलि माथि पुगेको थिएँ ।  एक टुक्रा हाड भेटें । यो  पक्कै पृथ्वी नारायण साहाको हुनु पर्छ । हाड ओल्टाइ पल्टाई गर्दै थिँए माथिबाट भुक्तै कुकुर आयो र मलाई झम्ट्यो । सायद यो उसको भाग हुनु पर्छ । हातमा उठाइराखेको हाड फालिदिए । कुकुरले लग्यो । अब पृथ्वीनारायणको हाडमा मेरो अधिकार छैन । यसै गरि लगे होलान अंग्रेजले उसबेला मेरो देशको आधा सिमाना ।
भोलि पल्ट बिहान रसुवा लाग्ने सुर गर्दै थिए । कसैले रसुवा बन्दको सूचना हावामा छरेर गयो । लु आज बन्द । काठमाडौँबाट आएका बसहरु फर्के । बससँगै म पनि फर्कें, जुन बाटो आएँ थिए त्यहि बाटो ।
फर्कदा फर्कदै सम्झें बिनायोजना घुम्ने साथीहरुको नाम ठेगाना । अब एक जना कुनै साथी भेटे, जाने छु हेलम्बु यात्रामा । नभन्दै आर.के.अदिप्त गिरी जाने भए, मसँग । उनी देशको फोटो खिच्छन् र देश चिनाउँदै हिंड्छन् —ब्रमान्डको कुना कुना । उनी दुर देशसम्म आफ्नो फोटाहरु पुर्याउँछन् ।
आजकाल उनको परिचय कवि, गजलकार भन्दा उपल्लो बिन्दुमा पनि छ —फोटो ग्राफर ।
सुन्दरी जलबाट यात्रा चिसापानी पुगेर अडियो । चिसापानीको अनुहार हामी पुग्दा नपुग्दै अध्यारोले खोसि लग्यो । स्थानियहरु आगोको रापमा गीत गाउँदैछन् । गीतमा मिसिदैछन् हामी जस्ता फिरन्तेहरु ।
हामी बसेकै होटलमा अष्ट्रेलियन किशोरीहरुको एक झुण्ड छ । भोलि बिहान यिनीहरु समात्नेछन् उदाउँदै गरेको घाम । र, ओठको रेखामा कुदाउनेछन् खुसिको मुस्कान् ।
‘भोलि बिहान कति बजे घाम उदाँउछ यहाँ ?’ एउटी सुन्दर किशोरीले सोधी
‘पाँच बजे ।’
‘हिउँदको मैना पाँच बजे !’ पत्याईन मोरीले ।
‘साडे छ बजे ।’ आर.के. बोल्यो ।
‘धन्यबाद !’
सासै नफेरी एक गिलास वियर सकि ।
मैले पिउन छाडें । आँखाले उसको अनुहार पियो । म मातें । मातन पिउँनै पर्ने रैनरछ । म आज, यो किसोरीलाइ देखेर उसै मातेको छु ।
‘कति राम्री मोरी । फक्रदै गरेको फूलको थुंगो जस्ती ।’—मैले भनें ।
‘हैन फूल भन्दा राम्री फूल औइलाउँछ । झर्छ ।’— आर.के. बोल्यो
‘यो पनि बूढी हुन्छे । मर्छे । त्यस कारण यो फूल जस्ति मात्र हो ।’— मैले भनें ।
ड्ड
भोलि पल्ट हामी उठ्नु अगाडिनै किसोरीहरु बारदलीमा स्ल्पिङ ब्याग ओडेर सनराइज कुरि रहेकाछन् । आकासको गर्व रातो भएर आयो । टकुरामा कुनै प्रिय कवि उभिए झै उभिने छ —घाम । र, मिसिने छ—अनुहारको खुसिमा ।
एक किसोरी चिच्याइ ‘हाउ ब्युटिफुल !’
‘तिमी यसबेला कसलाई सम्झन्छौ ?’—मैले सोधें ।
‘सिड्निको व्वाई फ्रेन्डलाई । आइ मिस माइ हार्ट । ’
कति काउकुति लाग्यो होला यो कलिलो घाममा व्वाइ फ्रेन्ड सम्झदा । मोरीको अनुहार घाम जस्तै रातो भयो ।
आर.के. क्यामेरामा घाम समातिरहेछ । हिमालको टाकुरा टाकुरामा खसेको रातो घाम । हरिया डाँडामा पोतिएको घामको रगं । बतासको कामुक स्पर्स । खैरिनीको अनुहार । पालै पालो समाति रहेछ —क्यामेरामा ।
‘तिमीले पहिलो पल्ट घाम उदाएको देखेकि हौ ?’
‘हो ।’
‘तिम्रो देशमा घाम उदाउँदैन ?’
अलि अग्लि मोटि, हाँसी । र, भनि —‘उदाउँदै घरेको घाम अग्ला घरहरुले छेकिदिन्छन् । यसरी पाहाडको कापबाट पृथ्वीमा खसेको घाम पहिलो पल्ट देखेके हूँ ।’
‘यो सुन्दर नेपालमा सधै घाम, यसै गरि उदाउँछ ।’
चिसापानी बाट हिंड्ने बेला हेलम्बुको बाटो सोध्यांै । हेल्मबु पुग्न पाँच दिन लाग्छ अब । हाम्रो हिंडाइको गति सुस्त छ सात दिन पनि लाग्न सक्छ ।
हिंड्दा हिंड्दै खुट्टाले लौरो टेक्न खोज्यो । बाटामा लौरो बेच्न बसेको बूढो मान्छेलाई सोधें —‘बा यो लौरोको कति ?’
‘तीस ।’
‘बिसमा दिनु न । ’
‘हुँदैन । तिमीले ऐले नलगे । खैरे आउँछ । चालिसमा लैजान्छ ।’
लौ मलाइ त सुबिधा पो रैहिछ । तिस तिरें र लौरो किनें ।
बाटामा आर.के. फोटो खिच्छन् । कसैले क्यामेरामा अनुहार दिन्छन् । कसैले गालि गर्छन् । बिहान चिसापानी मुनि एउटाले कुटुँला झै गरेर झम्ट्यो । क्यामरा देखे भैँसी तर्सदो रहेछ । दाम्लो चुटाएर बेपत्ता उफ्रने ।
‘साले हरामीहरु मेरो भैँसी तस्र्याे भने एक लाख तिराउँछु । ’
खल्ति छाम्यौँ हजारका दुइ चार पत्ता छन् ।
हामी ओरालै ओरालो बेपत्ता दगु्यौँ ।
थाङमुनी भञ्ज्यङको ठाडो उकालोमा हामीले एक अर्कालाई सुनायौँ, आ—आफ्नो किशोर प्रेमका कथा । आधा उकालो आर.के.को प्रेमले कटायो आधा मेरो प्रेमले ।
हिउँदे कलिलो घाम चिपलिङको ठिक टाकुरामा उभिएको छ । त्यो डाँडाम एउटै मात्र सानो होटल रहेछ । दाल भातको —दुइसय । आधी घण्टा मोबाइल चार्ज गरें— एक सय । ए गाँठे !  पैसा कता राख्ने ।
त्यहि डाँडामा आइ पुगे पोखराका यम परियार, उनका एक साथी र स्वीजरल्यडकी मा्यानी । अबको हेलम्बु यात्र अज रमाइलो हुने भो । आजको बस ताकेर हिंडियो —गोल्फु भञ्झ्यङ ।
लाप्चाको टाकुरामुनी हिमाललाई अनुहार देखाएर फुलेको छ— एक बोट गुराँस । के बिनी जवानी चडेछ ? बेलान कुबेला फुलेको छ । सायद यसको बोटमा मौसमको विर्य समय अगाबै खस्यो र अबैद्यानिक गर्वधारण ग्यो । यो लेकमा पुसको पहिले हप्ता मस्त बैंसमा फुलेको गुँरास मा्यानीले शिरमा सिउरी र हिमाल तिर फर्केर मुसुक्क हाँसि । गोरो अनुहारमा, रातो गुँरास, त्यो बुढी पनि सुन्दरी देख्खी ।
गुँरासले उसलाई बकायो— ‘नेपाल इज मस्ट ब्युटिफुल कन्ट्रि ।’
‘धन्यबाद मा्यानी ।’
तिमीले हिउँ देखेकी छौ, हिमाल देखेकी छैनौ । मैले हिमाल देखेको छु, हिउँदेखेको छुइन । म तराइको रैथाने । हिउँ भेट्न यसरी दगुरेको छु, जसरी तिमी हिमाल हेर्न दगुरेकी छौ ।
आजको साँझ गोल्फु भञ्झ्यङ सोचे जस्तै भयो । औधी चिसो रहेछ । बतास थेगिनसक्नु गतिमा दौडदो रहेछ । सामुन्ने आँखामा हिमाल छ । सायद त्यहि हिमालबाट बतास यता बेगमा ओर्लदै छ ।
कुखुराको भालेको मुल्य पच्चिस सय । कसले कुखुरा खाने ? पाँच जना छौ खसी नै आँट्यो तीन हजार÷ पैतिस सयमा सानो तिनो खसि भेटिदो रहेछ । मूल्य थाहा भयो । तर खसी बजारमा कतै पाइएन । साँझ प्यो गाउँ जान सकिएन । अन्ततः तीनटा भलेमै चित्त बुजाउन प्यो ।
मा्यानीले खासै मासु रुचाइन । तिनचार ओटा आलु खाइ र सुती । मलाई मर्छे भन्ने डर लाग्यो । दिन भरिको यत्रो हिंडाइ, राती आलुको भर । यमलाई सोधें —‘यो राती भोकले मर्दिन ?’
‘मर्दिन यसको आहारा नै यति हो । भोलि पनि यसै गरि हिंड्छे ।’
यमसँग मा्यानी पुरानो चिनजान रहेछ ।
मा्यानी, हाम्री आमा भन्न सुहाउने उमेर कि छे । यम र मा्यानीको प्रेम सम्बन्ध छ । मा्यानीलाई पटक पटक नेपाल तानि ल्यउँने एउटा शक्ति छ यससँगको प्रेम । यमलाई पनि मा्यानीको प्रेमले स्वीजरल्याडसम्म पु्याएको छ ।
ड्ड
  भोलिपल्ट बिहानै हामीे गोल्फु भञ्झ्यङबाट उकालो लाग्यौँ । हिंड्नेबेलामा अलिक पाका जस्ता देखिने होटल साहूलाई सोधें ‘बा अचेल नेपाली टुरिस्टहरु कतिको हिंड्छन् यो बाटो ?’
बाले भने—‘हिंड्छन बाबु हिंड्छन नेपाली खैरैहरु पनि धेरै हिंड्न थालेकाछन् ।’
निकै माथि सम्म सम्झि सम्झि हाँस्यौ । साहेद मा्यानी पनि हाँस्थि होला तर उसलाई हामीले सुनाएनौँ ।
योजनामा आजको बास ठाडेपटि ( ३८०० मि.) रसुवाम हुने छ । तर, दिउँसै कुटुमसाङ बसिने भैयो । अब हिंड्न नसकिने अवस्था छौँ । मा्यानी पनि कुटुमसाङमा हिमालसँग जिस्कने मुडमा छे ।
कुटुमसाङबाट यांग्री हिमाल नजिकै देखियो । अहिले हिउँ परेको छैन । डाँडाहरु नङै छन् ।
‘लोप्सामा लोसार अगाडि नै हिउँ परेन भने अनिकाल लाग्छ’ । एकजना शेर्पाले भन्यो । मैले लोप्सा सोधैं । आँखै अगिको अग्लो डाँडो रहेछ ।
यांग्रीको टाउकामा सेतो गुम्बा देखिदै छ । जहाँ रानी राजेश्वरीलाई लगेर राखिएको थियो । आर.के. र मेरो अन्तिम यात्रा त्यहि यांग्री सम्मको हो । यमको टिम मेलम्चीघ्याङ र तरकेघ्यङ हुँदै तलै तल झर्ने छ ।
कुटुमसाङमै हुँदा मेरो दायाँ घुडाको हड्ढी अचानक दुखन थाल्यो । बिहान चिप्लेर लडेको थिए । सायद त्यसकै असर हुनु पर्छ । हिंडुनजेल खासै दुखेको थिएन बसे पछि सहनै नसकिने गरि दुख्यो ।
अचानकको दुखाइले अचानक यात्रा रोकिदियो । आर.के र म अब फर्कने निर्णमा पुग्यौँ । बिस्तारै चनौटे झरेर गाडि चड्ने छौ ।
कुटुमसाङमा दालभातको तीनसय पचास । लु नखाने । बरु तल कतै गाउँम पकउँन लगाएर खाने । हामी यात्राको बीच बाटो बाटै फर्कदै छौ । स्थानियलाई सोधेको चनौटे झर्न तीन घण्टा लाग्छ ।
मेरो घुडो सहनै नसक्ने गरि दुखेको छ । यसतो रोगी यात्रामा रहर गर्ने ?
गाउँ त निकै तल रहेछ । गाउँ भेट्नै तीन घण्टा लाग्यो ।
चनौटे त काहाँ हो काहाँ ?
गाँउ भेटियो तर मान्छे कोहि छैनन् । एउटा पसल भेटियो त्य पनि बन्द । चाउचाउ पनि खान पाइएन । माटै चपाउँ झै गरि भोक लागेको छ । घुडो चल्नै नसक्ने भयो । आर.के.रुख बुटा देखि चुच्चो डुङ्गा सम्मको फोटो खिच्दैछन् ।
तल गाउँको फेदिमा तामाङहरुको घ्यावा रहेछ । सिंगो गाँउ घ्याव खान गएको छ । हामी पनि घ्यावमै पुग्यौँ । एउटाले थालमा दाल, भात, तरकारी र एक गिलास रक्सी ल्याएर दियो । पहिले त नखाउँ जस्तो लागेको थियो । पछि भोक सम्झियौँ र खायौँ । आज सम्म खाएको सबै भन्दा मिठो दाल भात कसको नममा खाइयो थाहा भएन । मर्नेको नम सोध्न विर्से छौँ ।
आर.के.ले कलचर फोटो खिचे र माथि यांग्री तिर हेरे । मैले फरफराई रहेको घ्यावाका तीन रंगे झन्डा हेरें र मृत आत्मलाई श्रद्धानजलि दिएँ ।
फर्कदा आँखाको गति फेरि यांग्रीको टाउकामा पुगेर उभियो । र, पैतलाको गति ओरालै ओरालो खस्यो ।



मुस्कान दोकानमा

 रमेश सायन

कामुक रात समुन्द्रमा पौडिरहेको छ । चर्को अंग्रेजी संगीत हृदयको कुनामा बिउँजन्छ । काँचको सिसा नाघेर बाहिर आईपुग्छ रात्री क्लबको कामुक दृष्य ।
डिस्कोमा हल्लिरहेको मन अबाक बनेर थन्किन्छ एउटा कुनामा । किनारामा समुन्द्रको पिद छामेर उभिएको छ बिजुलीको रंगिन चमक ।
लाग्छ हातैले उघाउँ समुन्द्र । थामौ आकास । उडौँ पखेटा लगाएर । टिपौँ रंगीन चमक । फैलाउँ बतासमा सुवास ।
 के गरौँ ? कसो गरौँ ?
पटैयाको समुन्द्र किनारामा पल्टँे बालुवामा । हेरेँ आकास तिर । आबुई ! चन्द्रमा त समुन्द्र हेरेर टोलाई पो राखेको छ ।
सायद लोभिदो हो चन्द्रमा, यो रंगिन जीबन, समुन्द्रको उत्तेजित छाल, स्वतन्त्र जीवनको लय देखेर ।
ड्ड  
हाम्रो फिरन्ते टिमले सुवर्णभूमी एअरपोटमा पैतला टेकेपछि थाईल्यण्डलाई टिप्यौँ आ—अफ्नो आँखाको लयमा । टिममा छौँ नविन, चुडा,किरण र म । हामी बीच फरक—फरक रुची छ तर घुमफिरको शैली एकै छ ।
हामीलाई बोकेको कारले बिसायो आफ्नो बाटो बैँककको छातिमा । हामी फैलियौँ बैँककको फराकिला सडक देखि साँगुरा गल्लिसम्म । उभियौँ ठूला सपिगंमहल देखी फुटपाते पसलसम्म । यहाँका फुटपाते पसलले हमीलाई रत्नपार्कको झजल्को पैँचो दियो ।
ठेलामा मोटरसाईकल जोडेर बनाईएको ठेले रेष्टुरेन्टमा थाईफुडको आन्नद लिदै गरेका टुरिष्टको कोलाजले घेरेको छ साँझको बैंकक । हामी पनि कोलाजमा थपियौँ ।
हामी बसेको होटलको नबौँ तलामा छ निलो पौडि पोखरी । जसको किनारामाछन् पेन्टिगं चित्रजसता सुन्दरीहरु । जो हम्मेसा मुस्कानको पसल थापेर बाँचछन् । मध्य राति पौडिएँ आकासे पोखरीमा । पोखरीको एक किनारामा छन् एकजोडि गोरा यात्री जो मेरो सिकारु स्वीमिगं देखेर हाँस्दैछन् ।
पोखरीबाट बाहिर निस्कँे र तिनार्कै छेउमा बसेर पिउँदै भनेँ ‘मलाई राम्ररी पौडन त आउँदैन तर आकासे पोखरीको अनुभब लिऊ भनेर हामफालेको हूँ ।’
एकैछिन् पछि एउटी थाई सुन्दरी आएर मसाजसेन्टरको मेनु हातमा थमाएर गई ।
रातै भरी अनेक ठाउँमा अनेक ब्राण्डका मदिरा चाख्दै रमाईलो गर्यौँ । पिउँदा पिउँदै  बिहानको घामले गिलाशमै पैतला टेक्यो । टाउको त गिदी नै फुत्केला जसरी दुखन थाल्यो । सायद टाउको भित्र रक्सीका अनेक ब्राण्डहरु युद्ध गर्दाहुन् र भन्दाहुन् तँ भन्दा म ठूलो, यो पियकडले तँलाई भन्दा मलाई बडि मन्परायो । वा भन्दा हुन् यो भुक्त भोगीको जिब्रोमा मेरो स्वदको राज छ ।
भोलिपल्ट बिहान दश बजे निस्क्यौँ गोल्डेन बुद्ध टेम्पल । कतै कतै साँगुरा बाटामा ट्राफिक जाम छ  । जसले आखाँमा कठमाडौँ उभ्याई दियो । हुन त हामी जहाँ गए पनि देश नविर्सने देशभक्त परेम् ।
 हाम्रा गाइडले थाईल्यण्डको बारेमा औसत जानकारी गराए । भौगोलिक बनोट देखि राजनितिक प्रणाली, बिकास देखि धर्मसम्म । लगतै बज्यो हामी चडेको गाडिमा रेसम फिरिरि ...................
 यो बिशाल बुद्ध गोल्डेन टेम्पल भित्र बुद्ध लमतन्न सुतेकाछन् । सुनौला बुद्ध एकदम शान्त मुद्रामाछन् । यो भिमकाय बुद्धको ज्यान खाइलाग्दो छ । बाहिर पुराना प्राचिन स्तुपाहरु निलो आकास हेरेर टोलाई उभिएकाछन् । अलि ओर्तिर गुम्बामा केही बुद्ध ध्यानीहरु ध्यानमग्नछन् । मैले लुम्बिनि सम्झे, जहाँ अलिक पहिले थाईबुद्ध बिहारमा केही घण्टा बिताएको थिएँ ।
बुद्ध गोल्डेन टेम्पलबाट फर्के पछि हामी एउटा हिरा र सुनको बिसाल सोरुम भित्र छिरेयाँै । जहाँको दैलोमा जन्मजात सुन्दर मुस्कान बोकेर उभिएका उही पेन्टिगं चित्र जस्ता सुन्दरीहरुले स्वागत गरे । हामी चारै जनाको पछि एक÷एक जना सेल्स गर्ल पछि लागे । सन्चो बिसन्चो सोधे ।
मेरो पछि लाग्ने सुन्दरीले हाम्रो देशलाई निक्कै प्रसंसा गरि । हिमालका कुरा गरि । पसुपतिनाथ, स्वयंबु, टुडिखेल, बसन्तपुर, कृष्ण मन्दिर अरु अरु मैले नजानेका कुरा पनि उसले जानेकी झै गरि ।
‘तिमीलाई नेपालको बारेमा धेरै जानकारी रहेछ । कसरी यति धेरै थाहा पायौ ?’
‘मलाई नेपालको बारेमा रुची छ त्यसकाराण जानकारी लिएकी हूँ । बुद्ध नेपालमा जन्मेका हुन नि । म बुद्धिस्ट हूँ ।’
यो वर्षको अन्तमा नेपाल घुम्न जाँदै छु समेत भनिभ्याई ।
मोरीले अन्तमा निक्कै राम्रो हिराको औँठी देखउँदै मलाई सौधी– ‘तिमीले बिहे गरेको छौँ ?’
—‘छैन ।’
–‘ओहो ! तिमीले यति राम्रो औँठी श्रीमतीलाई उपहार लान पाएनौ । म दुखी छु । ठिक्कै छ । तिम्रो कोही मनपर्ने मान्छे होलान् लगेर यो उसैलाई उपहार दैऊ ।’
जसरी पनि उसले मलाई कैही न केही किनाउने नै भई । मैले एउटा औँठी आफ्नै लागि किनेँ ।
हामी सबैजना बाहिर निस्के पछि निक्कै बेर हास्यौँ । हामी सबैलाई मैलाई जसरी केही न केही किन्न बाध्य बनाईएको रहेछ । पछि थाहा भयो प्रत्यक भिजिटरको पछि सम्बन्दित देशको बारेमा जानकारी भएका सेल्सगर्ल पछि लगाईदो रहेछ ।
दिउसो सफारी पार्क जाने भयौँ । यो बिसाल पार्कमा छुट्टै संसार भेटिन्छ । अनेक मनोरञ्जनका खेल देखि थ्रिडी नाटक, डल्फिन सो रंगिन चराहरुको संसार  सबै किसिमका जिब जन्तु ।
यो पार्क भित्र छिरे पछि आफुलाई निक्कै रमाईरहेको भेटिन्छ । कहिल्लै नदेखेका जनावरसँग आँखा जुदाउन पाईन्छ । अनेक चरहरुको संगीत चोरेर हृदयमा लुकाउन पाईन्छ । हिंस्रक जनावरलाई समेत नजिकैबाट आँखाले टिपेर हिँड्न सकिन्छ । यो पार्क जनावरहरुको रंगीन दुनियाँ हो ।
ड्ड  
भोलिपल्ट बैकंकबाट जन्डै १६८ किलोमिटर पूर्व पटैया पुग्यौँ । हामी बसेको होटल मार्कल्याडको जुनसुकै कोठाबाट आँखा समुन्द्रसम्म पुग्थ्यो । उठ्दै गरेको समुन्द्री छाल, मोटरबोटको बेग, प्याराग्लाईडिगंबाट हावामा कावाखाईरहेका मान्छेहरुको अनुहारको चमक सजिलै देखिन्थ्यो ।
समुन्द्रको छाल हुत्तिएर अलिओर सम्म आईपुग्छ । मानौँ यो समुन्द्र आफ्नो घेराबाट बाहिर निस्कन चाहान्छ र यो कामुक  सहरलाई एकपल्ट चुमेर फेरि फर्कन चाहान्छ ।
दिउँसो बटरफलाई गार्डेन तिर डुल्यौँ । पार्कका रंगिन फूलहरु र पुतलीहरुको बिचित्र संसार छ यहाँ । यति सुन्दर छ कि कुनै पनि शब्दले यहाँको सुन्दरता टिप्न सक्दैन । पुतलीहरु रंगबोकेर उड्छन् । प्रत्येक फुलका रंगहरुसँग मनले कहिल्यै नगरेको सम्बाद गर्छ ।
बटरफलाई गार्डेन एउटा उदुम आन्नद बोकेर शान्त सास फेर्दाे रहेछ । यहाँ हामीले प्रत्येक पाईलामा शान्ती अनुभुत गर्यौँ । मान्छेहरु छन् तर हल्ला छैन् । मानौँ प्रत्येक फूलले हल्ला सोसेर उपहारमा शान्ति दिईरहेछन् र भनिरहेछन् संसारमा फूलहरुको शान्ति अदभूत छ । मानौँ बुद्धले फुलको बगैँचामा थप शान्ति बोनस दिएर गएकाछन्  
साँझ पटैयाबिच फर्केयौँ । यो बीच संसारकै सुन्दर बीच मध्ये एउटा हो । डिस्को, नाईटकलब, बार, रैष्टुरेन्टबाट निस्केको चर्को स्वरले हामीलाई पछ्याई रहेको छ । सेता सिसा भित्रका प्रत्येक अङग सडकले छाम्न सक्छ र आफुलाई कामुक बनाउँन सक्छ । सिँगो पटैया बिउँझेर उभिएको छ समुन्द्रको छातिमा । प्रत्येक मान्छे पटैयाको कामुक अङग छामेर सलबलाईरहेछन् सडकमा । हामीले पनि पटैयाको कामुक दृष्य आँखाले छाम्यौँ । सोकेसमा सजाईएका सुन्दरीहरुको मादक मुस्कानले लठिएकाछन् हामी जस्ता फिरन्ते । युवतीमा कसले धेरै ग्राहाक तान्ने भन्ने त होडनै चलेको जस्तो देखिन्छ । बाटो बाटोमा पाकेको छ सि फुड । हामीले मज्जैले लियौँ गंगटाको स्वाद ।
मध्यराती होटल फर्केर किरण र मैले फेरीे रुफटप रेष्टुरेन्टमा बसेर पियौँ । जहाँबाट पटैया एउटा रंगिन शिशाजस्तो देखिन्छ ।
‘बिहे पछि हनिमुन मनाउन म यहिँ ठाउमा आउँछु ।’– मैले भनेँ ।
–मुला बुद्धु पटैया जस्तो ठाउमा पनि श्रीमती लिएर आउँछस् । यहाँ त एक्लै आउने र सुस्तरी यहाँको तरंगमा मातेर फर्कने । कहिल्लै श्रीमतीले नदेखेका चौकहरु तिर भौतारिने र फर्कने –किरणले भन्यो ।
हाम्रो पुरुष गन्ध बतासमा मिसिएर समुन्द्र तिर लाग्यो ।
अघि देखि हराएका नविन र चुडा समुन्द्र किनारामा जुन साँक्षी राखेर बिटुलिएछन् ।
नविनले भन्यो –‘यो ठाऊँमा आएर के बिनाअनुभब फर्कनु ।’ दुनियाले भोगचलन गरेको यो रंगीन दुनियामा भाग लिएपछि उनिहरुको अनुहारमा पटैयाको उज्यालो दगुरि रहेको थियो ।
ड्ड  
भोलिपल्ट बिहान लाग्याँै मोटर बोट चढेरे पानीको बाटो । एउटा बोटले अलि पर लगेर छाडिदियो तैरिरहेको एउटा शान्त डुंगा माथि । जाहाँबाट मान्छे प्याराग्लाईडिगं गरिरहेका थिए । मलाई पनि उडौँ लागेको थियो तर समुन्द्रको छाति देखेर हिम्मत आएन ।
त्यस पछि हामी फेरी एउटा हरियो मोटर बोट चडेर आर्को शान्त ढुगंगामा पुग्यौँ । मैले सानो झोला पनि बोकि राखेको थिएँ । मोटरबोटबाट उर्तेर डुंगामा चड्नेबेलामा झोला छुटेछ । जसमा हामी चारै जनाको पर्स थियो । अब भयो समस्या । गर्ने के ? आँखाले समुन्द्र पनि कालै देख्न थाल्यो । कोहीसँग छैन खल्तिमा पैसा । भाको सबै डलर त्यसैमा छ । तिर्न बाँकी छ होटलको केही बिल । भोलि फर्कनु छ बैँकक । उड्नु छ नेपाल । अब गर्नु के ?
दिमाग झन्झनाई राखेको बेला एउटा थाई ठिट्टी आएर भनि ‘तिमी यति सुन्दर ठाउँमा किन निरास ?’
ख्यै के भनौँ ? भनु हरायौ पर्स । छैन पैसा । तर,केही बोलिन मौन बसिरहेँ । हेरिरहेँ समुन्द्र । साथीहरुले गालि गरे । कराए । फेरी तिनै साथीहरुले सम्झाएँ ।
अब कुनै उपाए निकालेर फर्कनुपर्छ  ।
 के उपाए निकाल्नु ? होटलको बिल त तिर्न पर्यो उपाए निकालेर उम्कन ।
आकास पनि कालो भयो । आँखा अगाडिको हरियो टापु पनि उदास मुडमा उभिए झै लाग्यो ।
फेरि स्थिर डुंगाको एकछेउबाट एउटी अग्ली सुन्दरी आएर सोधि –‘तिमी समुन्द्रमा पौडन्छौ ? माछाहरु झै । पैतालिस मिनेट पानी मुनी बसेको २५०० भाट लाग्छ । हिँड यो अवसर तिमीले फेरि फेरी पाउँदैनौ ।’
म बोलिन फेरी पनि मौन बसेँ । त्यस पछि मेरो देशको नाम सोधी
मैले नेपाल भनँे ।
—‘त्योसो भए त तिमीले समुन्द्रको फेद तिर जानै पर्छ मलाई थाहा छ तिम्रो दैशमा समुन्द्र छैन ।’
‘हैन मलाई निक्कै डर लाग्छ ।’
साथीहरुको अनुहारबाट पनि उज्यालो हिँडिसकेको छ । कुन दशाले पर्स बोकेर समुन्द्रमा आईएछ । माहा फन्दामा परियौँ । अब भन्नु कसलाई ? त्यो हरियो बोट खोज्दै जाउँ कहापुग्यो पुग्यो पुग्यो ।
हामी तिरै आउँदै गरेको बोट चडेर हामी किनारसम्म फर्केने निर्णय गर्दैथियौँ ।
लगतै पछि पछि फेरी अर्को बोट पनि सँगै आयो । त्यो बोट हरियो थियो । हामीले बोट चिन्यो । बोट चालक नजिकै आयो र  निक्कै सुन्दर मुस्कान सहित भन्यो ‘यहाँहरुको ब्याग बोटमा छुटेछ पुर्याउन आएको हूँ ।’
‘थ्यगंस गड । हृदय देखिकै धन्यबाद । हमी तपाँइलाई सधै सम्झि रहने छौँ ।’
फेरी अर्काे बौट चडेर अलि पर गयौँ ।
हामी समुन्द्र कहिलै नदेखेका मनुवा परेम् । सकुनजेल पौडिखेल्यौँ । टुपिस लगाएर बालुवामा लसपसार सुन्दरीहरुलाई छालले छुएर लजाउँदै फर्कन्थ्यो ।
ड्ड  
राति एघार बजे एउटा आइ.टी सपिगंमहल छिर्दा पसलहरु बन्दहुने तरखरमा थिएँ । एउटा ल्यापटप र क्यमेरा खरिद गरेँ । ल्यपटपमा प्रोग्राम हाल्न होटलमै आईपुगे एक मृदुभाषी युवक । निकै मिजासिला रहेछन् आई.टि. युवक ।  तीनै युबकसँग फोन मागेर एक थाई युवतीसँग कुरा गर्न थाले नविन र चुडा । पछि थाहा भो ती मित्रहरु त हिजोकै युवतीसँग उहि कर्मको लगि लाईन पो मिलाउँदै रहेछन
नविन र चुडा मध्यरातमा फेरी हराए वाकिङ स्ट्रिटको रंगीन गल्लि तिर । बिहान चारबजे होटल फर्केका मित्रहरु यती अबेर उठेकी थाईल्याडको अर्काे असाध्य सुन्दर ठाउँ फ्लटिङ मार्केट घुम्न छुट्याईएको समय पुरै बिलाएर गयो हाम्रो रुटिगंबाट । हामी फर्केयौँ फ्लटिङ मार्केटलाई अर्काे यात्रामा भेट्ने बाचा सहित बैंकक ।

4.02.2013

सानया म बौलाहें ।

                       


रमेश सायन


प्रिय सायन !
एका विहानै चराहरु मेरोे मनको आकाश भएर, बादलको थुम्कामाहरुमा आफ्नो गीत छाडि गए । म तीनै चरहरुको गीत, यो झरिमा सुनिरहेंछु ।
हरेकपल्ट चराहरु आकाशमा उड्दा हाम्रो प्रेमको लय टिपी लैजान्छन् । म निदाउनुअघि चराहरुले मेरो कानमा एउटा आदिम प्रेमको लय भरिजान्छन् । हाम्रो प्रेम  चराहरुको बस्तीमा फेमस भएको छ ।
म प्रेम सिकाउने पाठशालाबाट भर्खर आएको हूँ ।
पाठशालाको भित्तामा तिम्रो उज्यालो अनुहारको चमक टासिएको छ । बतास, तिनै अनुहार बोकेर दूर भूगोलसम्म उडिहिँड्छ । बस्तिसम्म पुगि जान्छ । प्रेम रुखका हाँगाहरुमा छाडिजान्छ ।
मेरो आँखाको किनारामा बग्ने सम्झनाको नदी तिमीलाई । यो मुटुको गतिमा अड्कने तिम्रो प्रेमको कसम । चराहरु उडिजाने बाटोमा प्रेमको सगुन राखेको छु । हाम्रो प्रेम सिकि उड्ने चराहरुको कसम । म तिमीलाई सधै–सधै प्रेम गर्छु ।
उहि तिम्रो
सानया ।
—           —            —                —
म बौलाहाउनुअघि उनको यो पत्र दश हजारपल्ट पढें ।
—           —            —                —
    म बौलाए
यो सहरको रैथाने चौकमा म बौलाहेंछु । 
कसरी पो बौलाहें ?
पुरापुर हेक्का छैन ।
एकाएक चराहरुसँग उडौँ लाग्यो । नदीसँगै बगुँ लाग्यो । बादल सामातौँ लाग्यो । रुखमा आमाको अनुहार झुन्ड्यो । टुडिखेल मेरा बाको विर्ता हो, भने छु । मेरो देशको सासकको टाउकोको भकुन्डो खेल्न मनलाग्यो । धरहरामा उभिएर सिंहदरबारतिर फर्केर मुति दिन मनलाग्यो । आफ्नै टाउको बिक्रिमा राखेँ छु । साहूसँग हिसाब मागे छु । घामलाई नउदाउन भनेछु । यो देशको मालिकसँग मेरो हिसाब मिलेन । मैले आफ्नो हिसाब खोजें । म बिउजिएँ , निदाउँदा निदाउँदै । म नाचें हिँड्दाहिँड्दै । म सुतें उभिँदा उभिँदै ।
अन्जान सालिकसँग बात मारेछु । टाउकामा किरा प्यो । फनफनी टाउको घुम्यो । नयाँ सडकमा नाङगै हिँडे । दुनियाले लाज मान्यो । र, मलाई बौलाहा घोषणा ग्यो ।
—           —            —                —
आफ्न्तले समातेर पाटन अस्पतालमा पु्याए ।
म सद्दे छु ।
अरु सबै बौलाहा । डाक्टर बौलाहा । नर्स बौलाहा । प्यसेन्ट बौलाहा । टेवल बौलाहा । कुर्ची बौलाहा । सिरिञ्च बौलाहा । दैलो, जस्केलो । औषधी सबै सबै बौलाहा । म कराए । झ्यालका शिशाहरु चर्के ।
एउटा सेतो पैहिरनमा आएको डाक्टरले मेरो नाम सोध्यो ।
बोल्न मन लागेन, बोलिनँ ।
ठेगाना सोध्यो
भन्न मन लागेन, भनिनँ
‘बिहे गरेका छौ ?’
बोलिनँ
‘कति पढेका छौ ?’
बोलिनँ ।
डाक्टरलाई एक झापट हिर्काए । मलाई आफ्न्त र अरु अरुले समाते । म रुन थालें ।
कसलाई सम्झेर रोएँ याद भएन ।
तुरुन्तै हाँसे । के सम्झेर हाँसे सम्झना भएन ।
सायद यसै कारण मलाई दुनियाले बौलाहा भन्यो होला ।
डाक्टर हैरान भएर गयो । मलाई पागलहरुको वार्डमा छाडियो । मेरा आफन्तहरु पनि गए ।
पागलहरुको वार्डमा
कोही आफ्नै गाला चिमोटिरहेका छन् । कोही घुडो चुसिरहेका छन् । शायद अफ्नी आमाको धूद सम्झदा हुन् । कोही एक, दुइ पढिरहेका छन् । कोही आफनी प्रेमिकालाई गालि गरिरहेका छन् । कोही जुम्रा हेरि रहेकाछन् । कोही ऐनामा अफ्नै अनुहार नचिनेर सोधिरहेका छन् ।
 भित्तामा एउटाले लेख्यो
 प्रश्न बाहादुर ?
अकसमात कोहि चिच्यायो —मेरो दुरपिन खोई?
‘मेरो ल्याबको गुच्चा खोई ?’
अर्काे करायो —‘भान्टा खोई ?’ भान्सामा आज भान्टाको खिर पकाउने ।
खिर ..............
खिर.......................
खिर........................
खिर......................
खिर ....................
‘होइन कोदाको हलुुवा ।’ अर्काेले असहमती ब्यक्त ग्यो ।
फेरी अर्काेले आफ्नो रिजल्ट सुनायो—‘मेरो मार्कसिटमा जिरो नम्मर । म सधै फेल ।’
कर्आे बोल्यो —‘साला डाँकाले मेरो मुटु कलेजो लग्यो ।’
—‘आजको मिड नाइट अटमा सेक्सी मोडलको क्यटवाक हेर्नु छ ।’ अर्काे एक कुनाबाट करायो ।
उफ, यो पागलहरुको वस्तिमा कसरी बसौं ।
अब मैले आफैले फेरि घोषणा गरें ‘म बौलाए ।’

ड्ड    पासाको होटलमा

मानसिक वार्डबाट । रातारात भागेर पासाको होटलमा पुगें  ।
पासाको होटलमा पनि मैजस्ता बौलाहाहरु आउँछन् । टाउको फुटुन्जेल रक्सी पिउँछन् । माकुराको जालोमा अल्झिएको छ —तिनको विगत र वर्तमान । कतिले यही जालोमा आत्महत्या गर्ने असफल प्रयास गरे । कोही कोही उदारोमा बेसमारी पिउँछन् ।  आफु जन्मनु अघि मरेका हजुरबालाई सम्झेर रुन्छन् ।
एउटाले रक्सीसँग मुछेर भात खायो । अर्काले गिलासमा, मुछेको भात हाल्यो र बाहिर निस्क्यो । यो पासाको होटल बौलाहाहरु पालेर बसेको छ । अनेकथरिका पागलहरु आउँछन् ।
 बिहान एउटा मलामी गएर आएको छ । आज उसले मासु खाएन । भन्यो ‘मान्छेको मासु र खसीको मासुमा फरक छैन ।’
अर्काेले भन्यो ‘मलाई मान्छे र कुकुरको मासु सबै भन्दा मीठो लाग्छ ।’
मलामी गएर आउने मान्छे उठेर गयो । शायद यो हामी भन्दा सद्धे छ ।
हुन त पासा पनि बौलाहा नै हो । अफ्नै ग्राहाकले स्वस्नी उडायो । एक मैनापछि फेरी एक साँझ एक ग्रहाकसँग छोरी पोइल गई । केही बोल्दैन । रक्सी बेच्छ । र, बेलुका निदाउँछ ।
साला पासा भाग्यमानी  छ । एकलै कमायो । एकलै खायो । अब एक्लै मर्छ ।
सानिया
यही होटलमा हो । मलाई सानियाले छाडेर गएकी । अन्तिमपल्ट यही टेवलमा उसको अनुहार दियो झैं बलेको थियो । उसको आवज संगीत झैं सुनिएको थियो । उसको हिँडाइमा बेग थियो । उसको आँखामा प्रेमको भाषा थियो । उसको टाउकोमा मेरो मगजको मिश्रण थियो ।
त्यो दिन उसले मलाई मनपर्ने उपहार दिएकि थिई । सिटिसेन्टरमा हामीले अंग्रेजी सिनेमा ‘लाइफ अफ पाइ’ हेरेका थिययौँ । फर्कदा अनेकथरिका चक्लेट किनिदिई । मेरो आखाँमा आफ्ना आँखाहरु मिसाएर भनेकी थिई ‘तिमी सधै प्रेमको लयमा बाँच ।’
साझ परिसकेको थियो । जुन उनको अनुहारको बाटो भएर जमिनमा लमपसार थियो । जुन साँक्षी राखेर उनले मलाई बिस्तारै आफ्ना हातले खेलाएकी थिई जसरी स—सना नानीहरु अफ्नो मन परेको खेलौना खेलाउँछन् । प्रेम गर्छन । अँगालो हाल्छन् । ठिक उसै गरेकी थिई ।
त्यस दिन हामी सिटिसेन्टरबाट हिँडेर भक्तपुर पासाको होटलमा पुगेका थियौँ । सदै झै एक, एक गिलास पियौँ ।
एक आँैलाले जुन देखाएर भनेकी थिईन ‘सायन यो जुन तिमीलाई उपहार भयो ।’ मैले जुनलाई अँगालो हालेर आफ्नो बनाउन खोजेको थिँए ।
पासा मलाई देखेर बेस्मारी हाँस्यो ।
सधै घाम पानीको सम्बन्ध थियो । म घाम हुँदा उनी पानी, उनी पानी हुँदा म घाम । सधै हामी सुन्दर मौसम थियौँ ।
पासाको होटलमा पिउँदापिउँदै उनका ओठ काम्न थाले । निदारमा पसिनाका मसिना दानाहरु उठे । कुनै फुटे । र, ओरालो बगे । मैलै उनको हात समातें र ओठसँग ओठ जोडें । बिस्तारै उनले भनिन् ि‘सायन केही समय तिमीलाई छाडेर जाँदै छु । कतै टाढा ।’
उनी गइन ।
दुर देश । जापान गइन ।
फोटोमा साकुराका फूलहरु पठाउँथिन । म गुँरास पठाँउथें । हाम्रो चिठ्ठी बोकि जाने हुलाकी हाम्रो प्रेम देखेर टोलाई उभिन्थ्यो ।
म बिस्तारै प्रेमको समुन्द्रमा डुब्दै गए । उनी हिमाल भएर उभिदै गइन । जापानबाट उनको छाया एकाएक आउँथ्यो र मलाई चुम्मन गरेर जान्थ्यो । मेरो छाया एकाएक उनको सहर पुग्थ्यो र दुनियाको आँखा छलेर उनको चुम्मन बोकी आउँथ्यो । उनी हुँदा यो दुनिया रंगिन लाग्थ्यो ।
सधै मेरो झ्यालमा एउटा ईन्द्रेणी आएर उभिन्थ्यो ।
एक हप्तासम्म मेरो झ्यालमा इन्दे्रणी आएन । हुलाकीले साकुरा बोकि ल्याएन । मेरो घरको बाटोमा उनको छाया हिँडेन । रुखको हाँगाबाट अचानक गुँड छाडी उडी हिँडे, चराहरु  । ठूलो हुरीले, सधै हासीरहने उनको तस्बिर उडाएर लग्यो ।
हरेक बिहान उनको छाया बोकि ल्याउने घामले उनको मृत्युको समाचर बोकी ल्यायो र मलाई एक्लै छाडेर पश्चिमतिर लाग्यो ।
ड्ड    नगरकोट
त्यो दिन साँझ म नगरकोट पुगेको थिएँ । मसँग, म थिइनँ । मेरा ईन्द्रियहरु मरेका थिए । हिउँदको नगरकोटमा मलई गर्मी भएको थियो । अब सानयाको छायाँ कहिल्लै बोकी नल्याउने कसम खाएर घाम पश्चिमको डाँडाबाट ओरालो खस्यो । र, मेरो आँखाबाट बिलायो । मलाई एक्लै छाडेर घाम पनि गयो र सानिया पनि गइन् ।
सबै हरिया पातहरु खसेको रुखका हाँगाबाट एक हुल चराहरु उडे । चराको छाया मेरो टाउकोको बाटो भएर गयो । चराले सानयाले पठाउने पत्रको सम्झना आँखामा फालिदियो ।
त्यस पछि चराले आफुसँगै लिइ गयो मेरो आँखाको निद्रा । मेरो कानको आवाज । मेरो इन्द्रियको चेतना । म ढुंगो भएछु । म माटो भएछु । म नदि भएछु । म पहाड भएछु । म सब थोक भएछु र केही भैइनछु ।
सडकमा म बेमान्छे भैइ हिँडेछु ।
अचानक मगज सानिया तिरै फर्किगयो । मेरो चेतना उनी हिँडेकै बाटो तिर फर्कि गयो । म सडकमा एककोहोरो टोलाई हिंड्दो रहेंछु ।
—           —            —                —  




जीवन, एक मृत्यु स्खलन


रमेश सायन

कहिले काँही संयोगहरुले काम गर्छन् । तर,आज गरेन । यो सडक किनाराको घरमा कसैले बास दिएको भए संयोग हुने थियो  । तर भएन । आजको रात बिना संयोग बाँच्ने  छु ।
 काठमाडौँ जाने बसमा छु । मध्ये रातको बाह्र बजेको छ । भोलि, नेपाल बन्दको सूचना बोकेर बतास,घरि यो कान घरि ऊ कन गरिरहेको छ । सरासर काठमाडौँ जाउँ । भोलि फर्कन सक्दिन । काम छ, गल्छि त्रिसुलीमा । जे परोस, रोकें गाडि । उत्रें  अध्यारो सडकमा ।
म किन अचानक सडकमा उत्रें । अव, सम्झनु छैन ।
लागें नुवाकोट जाने बाटो तिर । एकलै छु । डर छैन र सम्झनु छैन त्रासका बल्यकहोलहरुलाई ।
अलि पर सडक ल्यामपोष्ट मुनी उभिएँ । किराहरु घुमिरहेछन् ल्यामपोष्ट ओरीपरी । हेरेँ आफूलाई । ठ्यक्कै लाग्यो किरा जस्तो । अलि ठूलो किरा । हातमा बोकिराखेको पानी पिँए । उत्तिनै खेर मोबाइलमा घन्टि बज्यो । ए मत मान्छे पो त । सम्झेँ । म मान्छे किरा ।
नुवाकोट जाने बाटो, अलि परै पुगेँ । गाए,ँ ग्यङनम स्टायल......... । कसैले सुन्यो सुनेन । त्रिसुलीले चाँहि सुसेली हाल्यो । बग्यो मेरो ग्यङनम स्टायल.........ओरालै ओरालो । नाचेहोलान ढुङगाहरु । उफ्रेहोलान माछा ।
 आज रातभर त्रिसुलीसँग जिस्कनु छ । र, पर्खनु छ, बिहानको उज्यालो । हेर्नु छ भोलि बिहान सवारी नगुडेको रित्तो राजमार्ग ।
डिलमा उभिएँ । हातमा उठाएँ ढुंगोे र हाने पानीमा । अफ्नो गति बिथोलिएको भाबमा हल्लियो नदी । सम्झें, जिन्दगीको गति पनि यसै गरि बिथोलिन्छ । कहाँ, कसले कुन बेला, हान्छ ढुंगो । र बिथोल्छ जिन्दगीको गति । भोक, अभाब, दुःख, खुसी, प्रेम, सुख केकेले बिथोल्छ जिन्दगीको तलाऊ र पाहाड झै श्रींखलाहरुमा उभिन्छ, जिन्दगी  ।
सडकै सडक अलि परै पुगे पछि फेरि फर्कि आँए । रातको एक बजेको छ । किनाराका घरहरु, थामेर उभिएकोछ, नदीको बेग । जसरी उभिन्छ, समयको बेग थामेर जीन्दगी ।
गल्छि चोकैमा छ, एउटा होटल । जहाँ अझै बाँकी छ, चहलपहल । छिरें । बिसाएँ झोल र सोधें ‘दाई यहाँ सुत्न पाइन्छ ?’
‘पाइदैन । सबै प्याक छ । ’
यतायत मज्दुरहरुको भिड छ । साहू मध्यरातीसम्म रक्सी बेचिरहेछ । म जस्ता कति आउँछन जान्छन् सबैलाई राखेर कहाँ साध्य ।
मान्छेहरु हल्ला बीच आ–आफ्नै जीवन बाँचिरहेकाछन् । बिर्सदै छन्, दिनभरको थकान । मान्छेलाइ कसरी दौडाउँछ सपनाले फेदिदेखि टाकुरासम्म । कसरी पुर्याउँछ जन्मदेखि मृत्युसम्म । हरेकको अनुहारमा जीवनको दौड कुदिरहेको छ । जीवन एउटा सपनाहरुको दौड हो । यी मज्दुरहरु, मालिकहरु सबै आ–आफ्नै दौड्मा कुदिरहेकाछन् ।
आज यतै सडक तिर बिताउँनु पर्ला । खाना मलेखुमा खाँए । धेरै पछि एक्लै यसरी रात रात भर हिंड्दै छु । अलिक पहिले काठमाडौँमा एक कवि र म रातभर हिंडेका छौ । आज आँखाको एक कुनामा उनको सम्झना आई उभियो ।
तर,लगतै उनलाई बिर्सेँ ।
दाईको घर कता । एक किसोर भाइले सोध्यो ।
‘बिराटनगर ।’
‘यता कता ?’
‘यसै डुल्न ।’ पत्याएन ।
‘भाइ तिम्रो घर कता नि ?’
‘मलेखु । ’
‘के गर्छौ ?’
‘ट्रकको कलासी ।’ गर्वले भन्यो ।
 म पनि खलासी हूँ । जिन्दगीको । सधै बिहान बेलुका ढ्याढ्याप पार्दै चलाउनु पर्छ ।
के बुज्यो ! हास्यो । उसले खाना खाई सकेको रहेछ । उठेर हिंड्न खोज्दै थियो । मसँग बिदा माग्यो ।
अब होटल साहू उज्यालो निबाएर सटर तान्दै छ । एकाद पनि उठेर हिंडिसकेकाछन् । सडकका म छु र मसँग हिँडिरहेने मेरो छायँ छ । बिजुलीको उज्यालोमा मेरो लामो नाक अज्जै तन्कियो ।
मलाई त मेरी आमाले जन्माएकी हुन तर यो छायालाई कसले जन्मायो ? रात बिरात मैसँग हिँडिरहन्छ । म रुँदा हाँस्दा मैसँग हुन्छ । दुनियाँमा कोहि नभए, मसँग छाया हुन्छ । यहि छायाले मेरो गीत सुन्छ । मेरा कविताहरु टिपी हिँड्छ । मलाई एक्लो हुनबाट बचाउँछ र खुसिहरु कुदी हिँड्ने बाटो तिर लैजान्छ । यहिँ छाया हो, मेरो चित्र भित्ता भित्तामा टाँगी हिँड्छ र मलाई ‘रमेश सायन’ चिनाउँछ । कहिलेकाँही म आफ्नै हुलिया बिर्सन्छु र छाया हेरेर आफुलाई भेट्छ,ु एक नक्सामा ।
अग्ला डाँडाहरुबाट खसेको छाया त्रिसुलीमा तैरी रहेको छ । यत्रो बेग बोकि हिँड्ने नदीले छाया बागाइलान सकेन । छायासँग नदी हारेको युद्ध बगिरहेको छ ।
छाया, मान्छेलाई अनुहारको चित्र सिकाउँने पाठशाला हो । हरेक उज्यालोमा चित्र बोकेर उभिन्छ ।
मेरो छायासँगको यात्रा कसैले बिथोलिदियो र ट्ररकको क्यविनबाट बोलायो दाइ आउनुहोस् ट्रकमै सुतौँ । एसो टाउको उठाएर हेरें । अघिको खलासी भाई रहेछ ।
मसँगै छाया पनि ट्रकमै चढ्यो ।
मोबाइलमा फेसबुक खोलें । अझै केहि साथीहरु अनलाईन छन् । फेसबुकको कमाल बुजिनसक्नु छ ।
‘दाई मोबाइलमा फिल्म छैन । ’
‘छ । हेर्छौ ?’
‘हेर्छु । ’
खोलँे ल्यापटप र क्यराभ्यन प्ले गरें । खलासी भाई फिल्म हेर्न थाल्यो । नेपाली सब टाइटल बिस्तारै पढिरहेको छ । लामो लामो संबादको आदा वाक्य मात्र पढ्न भ्याउँछ । यो फुच्चे पनि जिन्दगीको क्याराभानमा थिन्ले हो । यसले पनि छिचोल्नु छ, जिन्दगीको क्याराभान । हिड्नुछ, पुर्खाहरु हिँडिगएको बाटो । उसै गरि बिलाउनु छ हिँड्दा हिँड्दै बाटाबाटै हराएको पुर्खाहरुको आदिम पैतला झै ।
दिक्क मानेछ क्याराभान । भन्यो, बुजिन । र, सोध्यो, ‘दाई सन्निलिओनको छैन ?’
 ‘के जिस्म टु ?’
‘हैन अरु ।’ 
‘छैन । भाई । यहाँ नेट राम्रो चलेको छैन । नत्र देखाई दिन्थें ।’
‘मैले जिस्म टु हेरेको थिएँ । सन्नि निक्कै सेक्सी लागेकी थिई । त्यसैको ब्लु पनि छ रे हेर्न मन थियो’  । उसले भन्यो ।
यो फुच्चे पनि पुर्खाहरु हिँडेकै बाटो हिँडि आयो र यो त्रिसुली किनारामा उभियो । तर पुर्खाहरु भन्दा जिन्दगीको स्वद फरक फेरिरहेछ —ऊ । छामिरहेछ, दुर दराजका अंकहरु । र, आफनै मनसँग कमुक बनिरहेछ । अचेल, कयौँ पल्ट सपनामा सन्नि लिओन आएर, उसलाई बिथोलेर जाँदि हो । 
जिवनका अनेक स्वदहरुछन् । कुनै तिता । कुनै मिठा । जिन्दगी जन्म र मृत्युको कक्टेल पाटि जास्तो लाग्छ ।
खलासी भाई स्टेरिगं छेउमा निदायो । म ओल्लो सिटमा बसेर फेसबुक चलाई रहेको छु । यो राती एक मित्रलाई रुगा लागेछ । राख्यो स्टाटस ‘रुगालाग्न थाल्यो ज्वरो आउला जस्तो छ ।’ कमेन्टमा लसऐन्जल बस्ने एक भुटनिज साथीले सु—स्वस्थेको कामना गर्यो । सायद त्यो स्टाटसवला खुसीको स्खलनमा हरायो होला ।
अचेल मान्छे बाँच्ने कला फेरिएको छ । सहरको मध्य विन्दुमा होडिङबोड भएर  उभिन चाहान्छ, मान्छे  । आफ्नो स—साना दुःखहरु बाँड्छ र अरुबाट सम्बेदना लुट्छ ।
अचेल हरेक दिन मान्छेहरु सम्बेदना लुटिहिँड्छन् । सायद कतैबाट प्रेम नपाए पछि मान्छेले सम्बेदानाबाट पनि प्र्रेम महसुस गर्दो हो । र, अलिकति खुसि समेटेर उभिदो हो ।
खलासीको टाउको अहिले स्टेरिङमा अडिएको छ । भोलि उसलाई यो स्टेरिङको टाउकोले कहाँ पुर्याउँने हो । जिन्दगीको स्टेरिङ कुन मोडमा पुगेर मृत्युबाट स्खलित हुनेहो, कसले भन्न सक्छ ?
अखिर जीवन मृत्युको स्खलन त हो । एक दिन जीवन मृत्युबाट स्खलित हुन्छ र सकिन्छ ।


फकिर हिँडेको बाटो



रमेश सायन

‘जिन्दगीसँग कुनै गुनासो छैन । यतिका वर्षसम्म जिन्दगीले मेरो बिरुद्ध कुनै उजुर गरेन ।
‘सलाम जिन्दगी !’ बिना उजुर, मसँग मिलेर, मैले जे गरे पनि सहेर, बाँचेकोमा ।’
सधैको साँझ रक्सी पिउनु अघि मुसाखानले जिन्दगी प्रति बिषेश आभार ब्यक्त गर्छ । रक्सी पिउँदा पिउँदै उसको साससँग ठोकिएको बतास पनि बेसमारी मात्छ । र, लरखराउँदै अगाडि बढ्छ  
हरेक साँझ बेसुर भाकामा रक्सी पिउँछ । — मुसाखान ।
‘सायन मेरो जीन्दगी ठिक बालुवाको घर जस्तो छ । हैन, हैन ठेगाना विहीन बतासमा उडिरहेकोे काँस फूल जस्तो ।’
ऊ एकोहोरो मेरो सामु जिन्दगी परिभाषित गर्न खोज्छ । कतै अटाउँदै परिभाषामा जिन्दगी ।
एक ‘लार्ज पेग’ लोकल पिए पछि भन्छ ‘मिल्ने भए मेरो गिदी मोजामा हालेर भकुन्डो खेल्ने थिए ।’
आफ्नै गिदीको भकुन्डो खेल्ने π बेबकुफ मुसाखान ।
यो मुसा जिन्दगीको फकिर हो । यसको जात, थर, धर्म कसैलाई भन्दैन । झोलामा बेद, कुरान लगायत अरु धेरै किताब छन् । प्रस्ट नेपाली बोल्छ । बिहान मन्दिर जान्छ र मध्यान्न मस्जिद पुग्छ ।
हिजो, ऊ र मसँगै लुम्बिनी घुमेका थियौँ । विश्वशान्ति स्तुपाको अगाडि तीन घण्टा ध्यान ग¥यो । फर्कदा भैरहवामा बेस्मारी रक्सी पियो ।
अस्ति काठमाडौंमै हुँदा जामे मस्जिद छेउबाट हिन्दीमा उल्था गरिएको कुरान किन्यो । किन्दा किन्दै कुरान माथि अर्काे किताब राख्यो ।
पसलेले गालि ग्यो । कुरान पढ्ने तरिका बतायो ‘यो किताब माथी अरु किताब नराख्नु । बिहान उठेर नुहाए पछि मात्र पढ्नु । भूँइमा राखेर नपढ्नु ।’
हिड्ने बेला पसलले सोध्यो ‘के तिमी स्लाम हैनौँ ?’
‘हैन ।’ ठाडो उत्तर दियो ।
पसलेले मुसाको अनुहारमा पुलुक्क हे¥यो ।
मुसाले पनि पसलेको आँखासँग सिधा आँखा जुधाएर उर्दूमै कुरानको एक सुर “अल्–फातिहा” फट्फटायो ।
“अल्हमदुलिल्लाहि रब्बिल आलमीन ,अर्रहमानिर्रहीम
मालिकि यौमिद्यिन,इप्याकनअ्बुदु व इप्याकनस्तईन
इह्दिनस्सिरातलमुस्तकीम”
 लगतै  सामवेदकोे एक ऋचा पनि
“इच्छन्दि देवःसुन्वन्तं न स्वप्नाय स्पृहयन्ति । यन्ति प्रमादमतन्द्राः ।”
 र, त्याहाँबाट टाप कस्यो ।
धेरै वर्ष पहिले मुसाखान एक दिन ज्योतिषीकहाँ गएको रहेछ   ।
ज्योतिषीले तेरो राज योग परेको छ । देशको ठूलो मन्छे हुन्छस् भनेछ ।
मुसाले एक सय दान ग¥यो र धेरै दिनसम्म आफू ठूलो मान्छे भएको सपना देख्यो । उसको आङमा फुर्ति, उसबेला बतासको बेगमा पसेको थियो ।
अहिले मुसाले त्यो ज्योतिषलाई भेटे दुइ लात्ति हानेर एक सयको बदला पाँच सय मागौँला झै गरेको छ ।
ऊ सानसँग भन्छ ‘म भूगोल बिहिन फकिर हूँ ।’
बिसायो, उसले आफ्नो जात, धर्म, नाम, ठेगाना । बन्यो, मुसाखान फकिर । हिड्यो,जिन्दगीको पछाडि नफर्कि अगाडि अगाडि ।
ऊ भन्छ ‘जीन्दगीको पछाडि फर्केर के काम ? मृत्यु पछाडि हैन अगाडि हुन्छ । हामी सबै मृत्युको म्याराथुन धाबक हौँ । दौड जित्न पछाडि हैन अगाडि दौडनु पर्छ ।’
मुसाखान, हरेक दिन निदाउनु अघि जिन्दगीको डाटा डिलिट गरिदिन्छ ।
भोलि पल्ट, एउटा ताजा जिन्दगी बाँच्छ ।
आफु कसरी फकिर भयो ? स्वयम विर्सिन्छ —ऊ —आफ्नो जिन्दगीको रमकहानी ।
‘तिम्रा बाबु, आमा छैनन् ?’
‘होलान ।’
‘होलान ?’
‘म घर नगएको धेरै भयो । पहिले थिए । अहिले थाहा छैन ।’
‘कति भो घर नगएको ?’
‘छ वर्ष । हैन हैन सायद सात पनि भएको हुनु पर्छ । हिसाब छैन ।’
यो फकिरको अनुहारको भाव फेरबदल हुँदैन । चाहे त्यो अमिलो या पिरो  किन नखाहोस् ।
जीन्दगीमा कुनै कुराले प्रभाव नै पार्दैन । आमा–बाबुको कुरा या अन्जान व्यक्तिको । केहीले छुन सक्दैन ।
ऊ, आम जीवनको प्रक्रियामा असामान्य बाँचेको छ । यस्तो जिन्दगी कसैले बाँच्न सक्दैन । मुसा समाजको असामाजिक प्राणी हो ।
यो फकिर जंगल, ओडार या पुलमुनी, घर वा होटल जहाँ पनि बास बस्छ ।
खान कहिले मागेर कहिले काम गरेर खान्छ । कहिले हिमाल पुग्छ । कहिले तराइ आसपास घुम्छ ।
मैले भेट्नु अघि ऊ केरला भारत डुलेर आएको रहेछ ।
उसलाई बाच्नु छैन । मर्नु छ । तर, हतारमा हैन । सबै देखेर, भोगेर । आयु पु्¥याएर मर्नु छ ।
सोच्दै छु । आजको साँझ फकिरले के गर्ने हो ? रक्सी पिउँछ या लियो टोल्स्टोयकोे वार एण्ड पिस पढ्छ । देवकोटाको शाकुन्तला पढ्छ वा माधब घिमिरेको गौरी पढेर रुन्छ या हाँस्छ । माओको बायोग्राफि पढ्छ । कार्लमाक्र्सको पूँजी पढेर भोक्कै निदाउँछ । ऊ जे पनि गर्न सक्छ । उसको पछि लागेर हिंडनुको मज्जा यहि हो ।
ड्ड   
हामी यतिखेर भैरवाबाट हिंडदै बुटवल आइपुगेका छौ ।
घाम तिनाउ तरि सकेको छ ।
फकिर तिनाउ किनारमा बसेर मस्त गाँजा पिइरहेको छ ।
यो झिझो फकिरसँग दिन बिताउन मलाई रहर भन्दा लोभ हो । ऊ कसरी फिरन्ते भयो । कसरी मुसाखान बन्यो । थाहा पाउने रहर छ । ऊ बाँच्ने शैलीको प्रभाब मेरो मगजले उचालि रहेको छ । तर ऊ हत्तपत्त आफ्नो जिन्दगी वाचन गर्ला जस्तो छैन । 
आफुले तान्दै गरेको चुरोटको ठुटो लम्काउँदै भन्यो ‘सायन गाँजा तान्छौ ?’
‘तान्दिन । मेरो फेक्सोमा असर छ धुँवाको ।
ऊ बिना भाव हाँस्यो ।
हिउँदको तिनाउ बग्न मात्र बगेको छ ।
पारी मैना बगरमा अटो ग्यारेजको घाइघँुइ छ । रिक्सा, गाडि र पैदलयात्रीको भिडमा तिनाउ पूर्ववत परिचित छ । तर यो फिरन्ते मुसाखानको अनुहारसँग तिनाउ झस्कन्छ । र,मलाई कानमा खुसुक्क भन्छ ‘यो फकिरको पछि नलाग सायन तेरो जिन्दगी मैले बगाउने भेल जस्तो नबना । घर जा । यसको कथा मेरो किनारमा छाडि राख । सके म सुनौँला यसको कथा नसके मै बगाई लैजाउँला ।’
‘ए तिनाउ !  यो फकिरलाई बुझ्न सबैकाम छाडेर दौडिएको छु । मेरो आधा गिदी यसको टाउको देखेर हल्लि सकेको छ । यसको कथा सुनेर, की जीवन जिउँन सिक्छु कि कला सहितको मृत्यु मर्न ।’
मुसाले तिनाउ र मेरो बात सुने छ क्यार ! मतिर पुलुक्क हे¥यो । उसको आँखामा गाँजाको असर देखिन थालिसकेको छ । एउट लामो सर्काे धुँवा तिनाउ तरेर मैनाबगर तिर लाग्यो ।
‘सायन आज रातको कुनै बेश्यासँग बितउनु पर्छ ?’ म हाँसे मात्र । यो मान्छे कति बेप्रशंग छ ।
 ‘बिना मुड कस्तो योजना ?’ 
‘योजनाले जिन्दगी चल्दैन ब्यापार चल्छ । जिन्दगी ब्यापार हैन ?’
‘जाउँला तर तिम्रो बारे मलाइ भन ।’ शर्त राखें ।
मलाई थाहा छ ऊ मेरो शर्तसँग गल्दैन ।
‘म कथा बेगरको पात्र हूँ । रहरले यसै गरि घुम्छु । जसरी तिमीले आज भोलि देखि रहेकाछौ । तिमीले देखेको मान्छे भन्दा अर्काे मान्छे मसँग छैन । म तिनाउँको यीनै बालुवा हुँ । दुनियाले देख्ने गरि बिस्कुन भएको छु । म आँगन हूँ । म भित्र मजेरी छैन ।’–उ बोल्यो । स्पष्टिकरण दिएको शैलीमा ।
‘बालुवा भित्र पनि त केहि छ ।’
‘के हुन्छ बालुबा भित्र ? त्यो देखिने बालुबा मात्र हुँ । त्यो भित्र पनि यदि केहि छ भने त्यो हैन म ।’
‘तिमीले प्रेम गरेनौ ?’
‘प्रेम गरें स्कुल पढ्दा । कलेज पढ्दा । म घर छाडेर हिंड्नुु अघिसम्म प्रेम गर्थे ।’
‘तिमीले असफल प्रेम भोगेका छौ ?’
‘छैन एकदम सफल प्रेम । पे्रम असफल हुँदैन । प्रेम आफैमा सफल हो ।’
‘अहिले पनि प्रेम गर्छाै ?’
‘अहिले म इश्वरीय प्रेम गर्छु । अर्थात म आफूलाइ मात्र पे्रम गर्छु ।’
‘तिमी ईश्वार मान्छौ ?’
‘मान्छु । म भित्रको इश्वार मान्छु । मेरो इश्वर मै हूँ । मेरो अर्काे इश्वर छैन ।’
 ‘तिमी आस्तिक ?’
‘हैन म नास्तिक । म धर्म मान्दिन ईश्वर मान्छु । धर्मले  धेरै कुरा बर्जित गर्छ । इश्वरले धेरै कुरा फुक्का गर्छ । धर्म बन्दन हो  । इश्वर स्तन्त्रता हो । इश्वर बतासमा उड्छ । धर्म जमिनमा हिंड्छ । इश्वर नदिमा बग्छ, धर्म पोखरीमा जम्छ । इश्वार आफै भित्र हुन्छ, धर्म आस्थामा हुन्छ । इश्वर चेतना हो । इश्वर इन्द्रिय हो । धर्म खिया लागेको मगजको उपज हो ।’
यो फकिरले मेरो मगज डामि दियो । म टोलाउन थाले ।
‘धर्म र इश्वार’ ?– म यो फकिरको कुरा आधा बुज्छु आधा बुज्दिन । यो आम मान्छे भन्दा खुसी छ ।
‘ए ! मुसा इश्वर मान्ने मान्छे तिमी जस्तै सपना बेगरका हुने भए दुनिया उकालो हैन ओरालो बग्ने थियो । मान्छेको गति सधै उकालो बगिरहेको छ ।’
‘सायन तँ घरि घरि सत्य बोल्छस् ।’
‘सायन, धर्म बिभाजनको खण्डहर श्रृंखला हो । धर्मले समाजलाई खण्डहर बनाउँछ र आ–आफ्नो समूहमा बिभाजन गराउँछ ।’
ब्रमाण्डमा धेरै समूहहरु छन् जसले अनेक धर्मको नेतृत्व गर्छ । आफ्नो समाजको मात्र हित चाहन्छ । बिकास र आदिपत्य चाहन्छ । जव मान्छे धर्ममा आस्तिक हुन्छ तव द्धन्द्धको शुरुवात हुन्छ । द्धन्द्धले एक अर्कामा शक्ति ट्रान्सफरको काम गर्छ । भौतिक बिकासको श्रृंखला द्रुत गतिमा अगाडि बड्छ । हजोरौँ वर्ष अघि देखि धर्मले द्धन्द्धको सुरुवात ग¥यो र द्धन्द्धले शक्ति ट्रान्सफरको काम ग¥यो ।
आज समाज यो गतिमा दौडिरहेको छ । तर, इश्वर धर्म भन्दा माथि छ । आफ्नो इश्वर पत्ता लगाउने प्राणी ब्रमाण्डमा धेरै कम छन् । म जस्तै दुनियाले आपूm भित्र इश्वर महसुस गर्ने भए उहिल्यै यो पृथ्वीको गति उल्टो घुम्ने थियो ।
ऊ इश्वर मान्छ । धर्म मान्दैन तर द्धन्द्धबाट बिकसित शक्ति ट्रान्सफरको उपज भौतिक विकासलाई स्वीकार्छ  । उ आफैमा द्धन्द्ध जस्तो लाग्छ ।
इश्वरीय द्धन्द्ध ।
यो कस्तो मान्छे । यो फकिर आफैमा द्धन्द्ध हो कि इश्वरको बाघचाल π
म उसको कुरा सुन्न सक्छु तर बुज्न सक्दिन । उसले फेरि चुरोटमा गाँजा भ¥यो र पुलको आडैमा उभिएर लामो सर्काे तान्यो
यस पल्ट धुँव बतासको बाटो भएर मेरो मगज माथि माथि उडिरहेको छ । उसले फेरि पनि एक्कासी बेश्यासँग रात बिताउने प्रस्ताब सम्झायो ।
यस पल्ट मैले डाठै अस्वीकार गरें ।
‘तिमी जाउँ म जान्न ।’ रिसाएको भावमा भनें ।
मेरो अस्वीकृतीको असर उसको अनुहारमा कतै देखिएन । उ रिक्सा चड्यो र गयो ।
उसको कथा पनि उहीसँग पछि लाग्यो । अब बाँकी मसँग उसको कथा समात्न नसकेको तिनाउँ किनारा र उसैको असरले हल्लिरहेको मेरो मगज मात्र छ ।
ड्ड   

12.16.2012

नारायणी जीवनको गतिमा बग्छ




रमेश सायन
नारायणीमा डुब्दै गरेको घाम  ( फोटो  R.K. GIRI )

 
 नारायणी आसपासमा छु । साँझको एउटा रातो घाम धनीराम थारुको माछा मार्ने  जालको अगाडिपछाडि पौडिरहेको छ । लाग्छ, यो साँझे घाम धनीराम थारुसँग बिदा माग्न उसको निधार भएर पानीमा पौडिरहेको छ । वारीपारि डुंगा तैरिहेका छन् । माछा मार्ने केही ठिटौलेहरु स्कुल पोसाकमै अइपुगेका छन् । केही थारु सुन्दरीहरु नदी किनारमा तैरिहेका छन् । पानीमा पौडिरहेको घाम कुनै शब्दसँग नसमेटिनेगरि कामुक उत्तेजनामा छ । सिंगो नारायणी रातो रगंमा पोतिएको छ । केहि पानी हाँस र बकुल्लाहरु घामको रंग चोर्न आइपुगेका छन् । पारी चितवनको जंगलमा चराहरुले लुकाइरहेको एउटा कुमारी संगीत नारायणीमा पौडिदैछ । म डुंगामा उभिएर कविहरु सम्झिरहेको छु । यो दृष्यसँग उनिहरुको काल्पानिक अनुहारको उत्तेजना सम्झिरहेको छु । उनीहरुको रहर र आँखाको लय सम्झिरहेको छुु । भावभंगी सम्झिहेको छु । केही कविलाइलाई त फोनैबाट सुनाइदिएँ घामको रंग र चराहरुको संंगीत, माझिको जाल र सुन्दरीको कपालबाट खसेको अन्तिम थोपा पानीको तप्केनी ।
मंसिरे हतार भर्खरै सकिएको छ । नारायणी आसपासका थारु भिलेजहरु फुर्सदमा छन् । अबेरसम्म तराईमा घाम खस्दैन । कारणमा बाग्लो हुस्सु छ । तथापि धर्म नछाडि नारायणीमा रंग थप्न आइपुग्छ साँझको रातो घाम । हात्ती सवार टुरिस्ट निकैबेर टोलाइरहन्छ किनारमा उभिएर । हातले पानी छुन्छ र घाम समात्न खोज्छ । पारी चितवनमा जंगल सफारी गरेर फर्कनेहरु घामलाई पछाडि पारेर थारु भिलेजमा बासबस्न आउँदैछन् । कोहि कोहि  बयल गाडामा चडेर सुस्तरी लामा फाँटहरु आँखाले नापिरहेछन् । के सोच्दा हुन् यी दुरदराजबाट आइपुगेको फिरन्ते यात्री ।
 नदी किनारको चौरमा तीन बृद्ध थारु आमाहरु  घामको अन्तिम विदाइमा उभिएझै डिलैमा उभिएका छन् । तीनै जनाको अनुहारमा पाको हिउँद छ । गोधुली साँझ कुल्चेर गाइबाख्रा फर्काइरहेका छन् गोठ तिर । अनुहारको झेलिदो मासुले बुढ्यौलीको प्रमाण खोज्न गाह्रो हुँदैन । त्यही पनि पुरानो ट्याटुको दाग सुहाएकै छ पाखुरामा । अनुहारमा घामजस्तै सुकिलो मुस्कान छ । कपालमा नारायणीको पुराना हिउँद वर्षादका सेता चिन्नहरु छन् । उनीहरुको ओरिजिनल थारु अनुहार क्यामरामा कैद गर्न खोजें । तर, ती बुढो अनुहारमा पनि मध्य जवानीको लाज हाबी हुन्छ । केही बेरको अनुरोध पछि तीनै जना लाइनमा उभिन्छन् तर लुकाइदिन्छन् अगिको हाँसो , अगिको मुस्कान, अगिको अनुहारको तेज । म त्यत्तिकै गल्छु ।
पाइलैपाइलामा घामपानीको कला भेटिन्छ । पेन्टिगं चित्र जस्तो छ नारायणी । यता नवलपरासी झरेपछि मेरो फुर्सदिला शनिबार थारु भिलेज आसपास बितेका छन् । नारायणीे किनारमा पल्टेर आकास हेरी टोलाउँनुको आनन्द अर्कै छ । साना दुःखहरु विर्सन यता आउँछु । ठूला खुसिहरु साटन यता अउँछु । घाम पानीको रंग बेजोड सुहाएको छ, यो जंगलको वीचभागमा । एउटा फिरन्तेको लागि यो भन्दा धेरै सुन्दरता खोज्न कहाँ जानु छ र अन्त ।
नदी छेउ पल्टेर विर्सदै छु, जीवनमा कहिल्लै नसुहाउने आकार । अखबारका हेडलाईनहरु । सडक दुर्गटनाका दृश्यहरु । राजनैतिक समाचारका मेल बेमेलहरु । सबै विर्सदै छु । राजमार्ग छिचोलेर यहाँसम्म आइपुग्दैन देशको चिन्ता । जीवनको योजना र कार्यान्वयनका लामा सुचीहरु । बालुवामै खसि हरायो प्रेमिकाको डायरी र पुराना यादहरु । आमाको दिर्गरोग । मेरै अनुहारको अन्तिम हुलिया । मृत्युको चेतना । जीवनका हार जीतहरु । बिजय— पराजयहरु । सबैथोक भन्दा माथि छ यो नारायणी किनार । ॐ जीवन । म एक्लो छु । यहाँ मेरो संसार छ । यो नदीको किनारा विशाल छ । शान्त छ । यहाँ जीवनको तेज छ । गति छ । छुट्टै किसिमको लय छ । मलाई कसैले  यो बालुवामा उफ्रदै गरेको देखे एउटा आफु अनुकुल परिभाषित चित्र भनि ठान्दो हो ।
म विहानको घाम सँगै यता आइपुगेको हुँ । तर, हुस्सुले म तिर ओर्लदै गरेको घामको बाटो आँखामा पर्न दिएन । पल्टिरहें चिसो बताससँग । बिहान आउँदा अर्कै थियो यो बगरको रुप । पानीको रंग । बतासको स्पर्श । अहिले फेरिएको छ । विहान एक हुल कागहरु यतैबाट जंगल पसेका थिए । कुहिरोमा काग एक गजबको संयोग । कता हराए हराए उड्दा उड्दै । पाइलाबाट जीवन हराए झै । सपना,रहर हराए झै । फरार भए कागका बथान । लगे एउटा कर्कस निजी संगीत जो लिएर आए थे आफैसँग । म पनि हराउन के बेर जीवनकोे बृत्तबाट । मेरो आयतन खुम्चन के बेर यो हिउँदे नारायणी खुम्चे झै । जीवन यही नारायणी त हो नि, कहाँ कहाँबाट बग्दै बग्दै ओरालो खस्छ । म आमाको काखबाट बगे नारायणी माथि हिमालबाट बग्यो । आमा र हिमाल उस्तै त हो । कहाँ पुग्नु छ नदीलाई ? र भेट्नु छ गन्तव्य । ओरालै बगिरहन्छ । न फुर्सद छ, न हतारको बेग । एक चालमा दौडिरहेछ वरपर सेताम्मे कास फुलाएर धिमा हिउँदे नारायणी ।
म पनि त बगिरहेछु । मृत्युको महासागरतिर । जीवन पनि त चलायमान छ । चलिरहन्छ । नदी झै बगिरहन्छ । यो नारायणी थुनेर कहाँ रोकिन्छ । जीवन पनि त रोकिदैन । जन्मनु मृत्युको लागि नै हो । मुहान पनि बग्नकै लागि हो । म जन्में मर्छु । नारायणी जन्म्यो बग्छ । मेरो मृत्यु झै यो नदी महासागरमा विलाउँछ । त्यस बेला मेरो आँखाको नारयाणीले आफु बग्नुको परिभाषा कहाँ पाउँला । माथि—माथिबाट बगि आएर सागरमा जम्नुको पीडा कसरी अनुभूत गर्ला । यो छातिमा नचाइ हिड्ने माझीको डुगांको चाल नारायणीले, महासागरमा कसरी सम्झला ? ओरालो बग्दै गए सिंगो नारायणी नुनिलो गन्दमा फेरिएला । ॐ नारायणी ।
मेरा पुर्खाहरु विलाएर म आँए । म पनि विलाउँछु र मेरा सन्तानहरु आउँछन् । उनीहरु पनि मृत्युको महासागरमा विलाउँछन् । आखिर आउँने विलाउने क्रम नदी बग्नु जस्तै हो । बगिरहन्छन् । यो सिंगो मानबसभ्यता बगिरहन्छ ।
घाम हेर्दाहेर्दै विलायो । आखाबाट खस्यो । अब रंगहरु कतै छैन । विस्तारै धमिलो कालो रंगमा फेरियो नारायणी । बिहान अर्कै थियो । अगिसम्म पानीमा रंग घोलिरहेथ्यो र अहिले एकदम कालो भएको छ ।  ठ्याक्कै फेरिदो जीवन बगेको छ, नारायणी ।
नारायणीले बेद बगाइ लान्छ । कुरान, त्रिपिटक, बाईबल बगाइ लान्छ । यशु लैजान्छ । बुद्ध, कृष्ण, पैगम्बर महमद बगाइ लान्छ । मस्जिद, मन्दिर, गुम्बा, चर्च बगाइ  लान्छ । नदी सबै आस्थाहरुको बेग हो । नदी आस्थाको पनि आस्था हो । यो सँग भेद छैन, विभेद छैन । आफ्नै रुप छ । आकार छ । यो धर्म चिनेर प्यास मेटाउँदैन ।
मेरो छायाँ हरायो । हिजो साँझ पनि हराए थियो । घाम थियो र छायाँ थियो । अहिले घाम छैन र छायाँ छैन । यसैगरि जन्मेदेखि हरेक साँझ छायाँ हराएको छ । अब विस्तारै जीवन पनि हराउँछ र एउटा जीवित संसार सधै छायाँ हराए झै हराउँछ, घाम बाट । म नदी किनारामा आजको छायाँ हराएर फर्कदै छु ।  डुब्दै गरेको घामसँग आजको अन्तिम आयु बाँचेर पर्केदै छु । आजको मेरो आयु यही नारायणीले बगाइ लग्यो ।
फर्कदै गर्दा अलिकति जंगलको बाटो हिंड्छु । अग्ला रुखहरुबाट पातहरु खसिरहेका छन् । पातमा एक किसिमको लय छ । यसमा पनि जीवनको संबाद छ । यी पातहरु पनि समयसगैँ बगिरहेका छन् । यी हाँगाहरुमा पनि समयको तेजाब छ । यी रुखका जराहरुमा पनि बेग छ । पुरै अध्यारो भैसकेको छ । थारु भिलेजको अलिकति बिजुलीको चमक आँखामा देखिदै छ । सीधा सेतो बाटोमा म एक्लो छु । पछाडि फर्केर हेर्छु । निकै पर नारायणी यो तराईको शीतमा ओसिलो बगेको छ । आफ्नै गतिमा जीवन बगेको छ ।




10.10.2012

देश खोजेको दिन



देश खोजेको दिन

                                                                                                                   रमेश सायन
  
मध्य रातमा यो सहर सुम्सुम्याइ हिड्नुको मज्जा बेग्लै छ । सहर अहिले मुर्दा शान्तिमा उघिँरहेको छ । केही हामी जस्ता छन् भने पनि तिनीहरु घर फर्किसकेका छन्, हामी हिँडीरहेको यो किनाराबाट । रत्नपार्क दिन भरिको आफ्नो वस्लत मिलाएर सुतिसकेको छ । 
अहिले ठिक मध्य रातीको बाह्र बजेको छ । जून मेरो टाउकोबाट ओरालो खसिरहेको छ । रत्नपार्कको पुल मुनि लोकल कुकुरहरु आफ्नै घर सम्झेर निदाइ रहेकाछन्  । म र एक कवि मित्र पुलबाट आँखामा जून तानि रहेछौ । मैले यति शान्त यो सहर कहिल्यै देखेको थिइन । सहरसँग पनि शान्त हुँने समय हुँदोरहेछ । 
पुलको मध्ये भागमा एक पुलिसले मापसे चेक गर्यो । अफसनमा, रु सय तिर्ने कि भोलि बिहान सम्म थुनिने भनेर सोध्यो । मेरा कवि मित्रले सहरको शान्ति बिथोलेर भने “बी आर इन्टरनेश्नल फोटो जर्नालिस्ट । के तिम्रो पनि फोटो खिचेर भोलि छापि दियौँ ? ” त्यस पछि त्यो पुलिसले हामीलाई पढेलेखेको मान्छे भन्यो । मैले सहरको शान्तिलाई ख्याल गर्दै सानो आवजमा भनें हिड्नुहोस् हामी भित्रै गएर गफ गर्छौ । गरौं  । उ भित्र जान मनेन । मेरा मित्रले भने “डन्ट टच आवर फ्रिडम, यो शहरमा हाम्रो पनि अधिकार छ दुई चार पाइला हिड्ने, तिमीले हामीसँग के आधारमा रु. सय मग्यौ ? भित्र हिँड म तिम्रो हाकिमसँग कुरा गर्छु ।” पुलिस सडक ल्याम्पोष्ट मुनि उभिएर एक हातले अनुहार छमिरहकोे थियो । सायद सोच्दै थियो होला यो रातमा सय रुपैँयमा पनि नदिने अटेरी कसरी भेटें भनेर वा सम्झदै थियो होलो बोडिङ्ग स्कुलको छोराको फि वा भर्खरै सकिएको श्रीमतीको तिजको दर खर्च वा दशैं पेश्की र मन्सुली चामलको भाउ वा  बजेट भाषण र तलबको स्केल, हाकिमको अनुहार र बढुवाको सूची पत्र । 
मैले हिडने बेला भने थ्याङ्गस फर योर डियुटिज । 
दरबार हाइस्कुल ङिच्च दाँत देखाएर रानी पोखरी हेरिरहेकोे थियो । स्कुलको सिधा छानो माथी बाटै ठूलो हवाइजाहाज उडेर गयो सायद आफ्नै विद्यार्थी बोकेर मलेसिया, दुवई कतार वा साहुदी उडिरहेको थियो होला । हवाइजाहाजको आवजले विउँजिएको कुकुर एकपल्ट उभिएर फेरि सुत्यो । यो मध्यरातको हवइजाहाजको आवजसँग यो कुकुर अब्यस्त हुनु पर्छ  ।
रात ओरालो खस्ने क्रममा छ । रानी पोखरी समुन्ने घण्टा घरले एक बजाइ सक्यो ।
 यो सहरसँग बिचित्रको अनुभव छ । तीन ठिटौले तन्नेरीहरु नेपाली फिल्मको पोष्टर र केही रष्ट्रबादी नारा लेखिएका पहेंला पमप्लेपटहरु जमलका भित्ताहरुमा टाँसी रहेकाछन् । सहर निदाएको बेला यो प्रचारको अर्थ अमुर्त छ । मेरो दिमागमा शंकर लामिछेने आएर घुम्छन साहेद अब्सट्राक प्याज चिन्तन यहि होला । मेरा धेरै कवि मित्रहरु सहरलाई बातै पिच्छे गालि गर्छन र पनि यो शहर छाडेर गाँउ फर्कदैाई गफ हान्नु छ । के बेर बुद्ध शान्ति खोज्दा खोज्दै थाकेर रेष्ट गर्न आइपुगेकाछन् कि । मध्य रातमा कस्ले दे योजना छ । एक फन्को दरबार मार्ग । राज दरबारको ओरिपरि ठमेलको गल्लि, टुँडिखेल र विहान घाम उदाउँदा सहीद रमुख अतिथी भएर ठमेल आएको भेटेको छु । कृष्ण र ठमेलको त पुरानै सम्बन्ध हो उनी रसलिलामा ज्यान फाल्ने भगवान परे आज भेटिन सक्छन् । 
नभन्दै हाम्रै अगाडिबाट चार सुन्दरी च्यापेर एक मान्छे गयो । अनुहारै त देखिन तर हाउभाउ कृष्णको जस्तै थियो ।
यो शहरमा रात रात भार हिड्म्झनु पर्यो शैनिक दिवस र प्यारग्लाइडिङ्गबाट ओर्लदै गरेको शैनिकको अनुहार र सहिद गेटको सालिकहरु त्रसनी गरि पडकाइएको तोपको सलाम । 
वेख्छ, पैगम्बर मोहमद मस्जितबाट उम्केर आइपुग्न के बेर । जेसिसक्राइस्ट धेरै पल्ट क्रिस्मस डेको दिनि प्रमुख अतिथी भएर ठमेल आएको भेटेको छु । कृष्ण र ठमेलको त पुरानै सम्बन्ध हो उनी रसलिलामा ज्यान फाल्ने भगवान परे आज भेटिन सक्छन् । 
नभन्दै हाम्रै अगाडिबाट चार सुन्दरी च्यापेर एक मान्छे गयो । अनुहारै त देखिन तर हाउभाउ कृष्णको जस्तै थियो ।
यो शहरमा रात रात भार हिड्ने कस्को हिम्मत कि कवि हुन पर्यो कि पागल । मेरा मित्रले भने ।
मेरा कवि मित्रले ठमेलको छातिमा उभिएर सम्झे आफ्नो हातको सुनको बाला घाटिको सिक्री झोलाको क्यमारा र भने सायन जी अलिक असुरक्षित त्म आइपुगेको छ । भिमसेन थापाले गणतन्त्र देख्न पाएनन् । मलाइ उनको पछुतो लाग्यो तर यो भिमसेन स्तम्भले हरेक साल गणतन्त्र दिवसको तमसुकमा किनाराको साँक्षी बसन पाएको छ । भोलि अदालतमा साँक्षी बक्नु छ भिमसेन स्तम्भले गणतन्त्र लफडाको मुद्यामा । 
मेरा कवि मित्र चुपचापछन् सायद उनल 
कवि मित्रले अलि शान्त मुडमा भने “सहीद सरहरु हो नमस्कार हामी रात भर देश खोज्दै हिडेका हौँ । ” अनि शहिद मध्य गंगालालले भने “के देश भेट्यो त ? ” कवि मित्रले भने “गंगालाल सर देश भेट्यौँ िजुली बत्तिले बनाएको धरहराको छायाँ झन्डै टुँडिखेलसम्म आइपुगेको छ । भिमसेन थापाले गणतन्त्र देख्न पाएनन् । मलाइ उनको पछुतो लाग्यो तर यो भिमसेन स्तम्भले हरेक साल गणतन्त्र दिवसको तमसुकमा किनाराको साँक्षी बसन पाएको छ । भोलि अदालतमा साँक्षी बक्नु छ भिमसेन स्तम्भले गणतन्त्र लफडाको मुद्यामा । 
मेरा कवि मित्र चुपचापछन् सायद उनले खोजेको शान्ति भेटेछन् क्यार । कुन दिन मेरो देशको सासकले जन्तालाइ भन्ने छ चाहे जस्तो शान्ति कसैले खोजेको भए मध्य रात पछि टुँडी खेलमा उभिनु । 
अब उज्यालो हुने क्रममा रात खसिरहकोेछ, ओरालति रत्नपार्कको आकासे पुलमाथी ड्युटि बस्ने पुलिससँग रहिछ देश । अलिकति जमलका भित्तारुमा, पमप्लेट र पर्चाहरुमा, दरबार हाइस्कुलको छानु माथी, ठमेलको गल्लिमा, अलिकति हजुरको आँखा सामुन्ने टुँडिखेलमा, यो अग्लो भिमसेन स्थबको टुप्पोमा धेरै ठाउँमा देश भेटेर आएको हौँ शहिद सर । ”
चारै जान मुसुक्क हाँसेर भने “देश अब्स्टा«यक छ ।” 

9.05.2012

यत्रा,यार्सा र दाफुरी



                                                                     

रमेश सायन


rashayan@hotmail.com
मान्छेहरू यात्रामा साथी रोज्छन् । म एक्लै, यात्रा गर्नुको आनन्द अरूसँग भेट्दिन । एक्लै हुँदा आफूभित्र मन लागुन्जेल हराउन पाउँछु । आफैँलाई छाम्न पाउँछु । चिमोट्न पाउँछु र दुख्न पाउँछु । रुन, हाँस्न र कुनै पागलखानाको जिन्दगी पोको पार्न सक्छु । त्यसकारण पहाडका भित्ता भित्तामा एक्लै दगुरेको छु तराईका फाँटहरूमा लामो यत्रा गरेको छु । भीरहरूमा एक्लै डराएको छु । तर यसपालाको यत्रामा एक्लै हुन पाइनँ त्यही पनि एक्लै हुन नपाएकामा पछुतो मानेर लोभिनु परेन । यसपालिको फिरन्ते यात्रा दोलखाको मार्बु र अपर तामाकोसीको प्रोजेक्ट वरपर हुँदै लामाबगरसम्मको थियो । जब पहिलो दिन मार्बुको सिरानमा पुगेँ त्यहाँभन्दा पनि विन्दास शेर्पा साथीहरू भेटेँ ।
म कहिलेकाहीँ विनाअर्थ हिँडिदिन्छु,  भीर, पानी र पहराको बाटो बेसमारी दुःख पाउँछु र त्यसपछि आन्दको विश्वासमा हराउँछु ।
आजको यत्रामा पनि बेस्मारी सोचेजस्तै भयो । डर र भीरसँगको त्रास पनि खोजेजस्तै, त्यसपछिको आनन्द कल्पना गरेजस्तै भयो । जब मार्बु पुगेँ ।
त्यसबेला घाम डिलबाट ओर्लने अन्तिम तयारीमा थियो । भीरमा उभिएको कुनै फूलको बोटजस्तो लाग्ने यो मार्बुकोे सानो शेर्पा बस्ती औधी शान्त मुडमा साँझको लय टिपेर उभीरहेजस्तो लाग्थ्यो । एउटा घरमा मात्न बाँकी आँगन थियो । आँगन टेकेर उभिनेहरूका लागि सोझो उभिनु युद्ध जित्नुजस्तै गाह्रो भइसकेको थियो । मैले पनि पिँढीको सुकुलमा आतिथ्य पाउनेबित्तिकै गिलासमा चिसो स्वाद भेटेको थिएँ । सिधै गौरीशंकरलाई छोएर बहने हिउँको चिसो बतास मार्बुको टाउकोमा आएर उभिएझैँ लाग्थ्यो । बाँदरसमेत उक्लन नसक्ने कुमारी भीर आँखामा ठोक्किएपछि खुट्टाले आफ्नो उभिनुपर्ने धर्म पनि बिगारेर काम्थ्यो ।
पछिल्लोपल्ट विकासको पाइला सहरबाट उम्किएर भीर पाखा हुँदै । यो दूर हिमाली गाँउसम्म आइपुगेको छ जसको साक्षी यो शेर्पा बस्तीको सिरानै सिरान भएर दौडने केही टिपेर र ट्याक्टरहरूका कडा आवाजहरू हुन् । भीर खोपेर बनाइएका यी बाटाहरूमा यात्रा गर्नुको आन्नद जीवनकै रोमाञ्चक काइदाहरूको हिट सूचीमा दर्ता हुन्छन् ।
साँझपख यो गाँउ खुसीको विम्ब बोकेर झुरुक्क उठेझैँ लाग्छ । मानौँ यी बस्तीहरूमा मुस्कान जन्मजात पेवा सम्पत्ति भएर आएका हुन् । सानो बालक होस् वा जीवनको भीरबाट ओरालो खस्नै लागेको वृद्ध ऊ पहिले मुस्कान पोतेर हितको बात गर्छ ।
यता काठमाडौंका गल्लीहरूमा जातीय पहिचानको नाराले पर्खाल चर्कनै लागेको बेला उता मार्बु र त्योभन्दा माथिका तामाकोसी किनारका शेर्पा बस्तीहरू यार्सा सपना पोको पारेर हिमालतिर दगुरिरहकेका थिए । साँझपख लोकल रक्सीले भरिएको मेरो गिलासमा आधाभन्दा बढी त प्रेम नै थियो होला । अँघेनाबाट आएको तातो रापले आङदोर्जे, निमा, दाफुरी, मिङमा, डोल्मा, पासाङल्हामु, जनकपुरका संजय ठाकुर र मलाई एकै लयमा बराबर सेकिरहेको थियो अनि बराबर प्रेम पोखिरहेका थियां । एक अर्कालाई त्यो रापिलो अँघेनाको डिलमा । न त्यहाँ संजय ठाकुर एक मधेस एक प्रदेशको भाषा जान्दथे न म ब्राह्मणलाई आदिबासी घोषणा गरेकोमा खुसीको भ्रम पोख्थे न ती शेर्पा साथीहरू आफ्नो जातिप्रति गर्व गरेर अँघेनाको डिलमा पोखिन्थे । हामी त एक रंग, एक आकारमा बाँचेका थियौँ । यता काठमाडौंतिरका केही कवि भनिने साथीसमेत फेसबुक वालमा जातीय नारा टाँगेर आफ्नो वर्गको हित गरेको छु भन्दै प्रेम र सामीप्यतामा बार लगाउन खोजिरहेका थिए ।
भोलिपल्ट दाफुरीले भीरको बाटोमा यत्रा गराउने प्रस्ताव राखे । मार्बुको माथि सिरानतिर दुईवटा मिनी साइजका हाइड्रो पावर खुलेको रहेछ । उनले उतै दगुराए । मोटरसाइकलको यत्रामा मुटु थिचेर पछाडि बसेको छु घरिघरि सम्झन सकुन्जेल आफन्तलाई सम्झेको छु । मैले त अघि नै हारेको थिएँ, यो बाटोमा बाइक चलाउन तर उनले यो बाटोमा कुदाउने हैनन् दौडाउने रहेछन् आम्मूई ! त्यो भीरमा, म आधा बाटोबाटै फर्कें ‘बाँचिरहे मोटर दौडन थालेको छ अर्काे सालतिर आँउला’ भनेर ।
मैले भोलिपल्ट बिहन पनि त्यही बस्तीको अँघेनोमा भात खाएँ । दाफुरीले सिंगटी बाजातिर ओराले र चिसो पानीको मीठो माछाको स्वाद चखाउने जिब्रे सपना देखाएर उकाले फेरि लमाबगरतिर । सिनो हाइड्रोले बनाएको खस्रोबाटोमा तामाकोसी घरि दाइने हुन्थ्यो घरि देब्रे । झन्डै निलो बगेको पानीले उनको मोटरसाइकलको गतिको छाया समात्न नसकेर अवाक् भएकोजस्तो लाग्थ्याथि भीरतिरै मोबाइलले टेलिकमको टाउर समात्यो । कवि हेम प्रभासले मलाई निकै मेहनतले फोन गरेका रहेछन् । मैले हतारमै भने कविजी म भीरको बाटोमा यात्रा गरिरहेको छु त्यसपछि मात्र अरू कुरा भयो । म यो भीरको बाटोमा कहिल्लै नर्फकने गरी हराएँ भने मेरा मित्रहरूले सजिलै थाहापाउन् ‘रमेश सायन भीरको बाट॥नै मोटर कुद्दैनन् कुदे त एकाध स्थानीयका बलिया मोटरसाइकल र कहिलेकाहीँ मन्त्री, प्रधानमन्त्रीका हेलिकप्टरको छाया । तर, दाफुरीको मोटरसाइकलको गति देखेर बानी परेका आँखाहरूले ऊ.... तल फेदीतिरै उनको मोटरसाइकलको आवाजबाटै दाफुरीको यात्रा चालपाउँदा रहेछन् ।
माथि भीरतिरै मोबाइलले टेलिकमको टाउर समात्यो । कवि हेम प्रभासले मलाई निकै मेहनतले फोन गरेका रहेछन् । मैले हतारमै भने कविजी म भीरको बाटोमा यात्रा गरिरहेको छु त्यसपछि मात्र अरू कुरा भयो । म यो भीरको बाटोमा कहिल्लै नर्फकने गरी हराएँ भने मेरा मित्रहरूले सजिलै थाहापाउन् ‘रमेश सायन भीरको बाटोमा यात्र गरिरहेको थियो ऊ फर्केन’ भनेर । त्यस कारण मैले हेमलाई म भीरको बाटोमा यात्रा गरिरहेको छु भनेको थिएँ ।
चौबिसै घन्टा काम हुने सिनो हाइड्रोमा आधा बढी कामदार र प्राविधिक चाइनिज थिए । जसको मेहनतले नेपालमा विकासको उज्यलो पोखिँदै थियो । त्यहाँ पुग्दा लाग्थ्यो नेपाल विकासै विकसको देश हो । यहाँ खोलाहरूबाट उज्यलोमात्र ओर्लन्छन् तर पाखाहरूमा जुनकिरीको आदिम उज्यालो मात्र बल्छ अनि यहाँका बस्तीहरू भिल्लको रज्य हुन् ।
तर जे होस् त्यो साँझ लामाबगर औधी सुन्दर पेन्टिङको रंग बोकेर उभिएको थियो । डाँडाबाट आफ्नै अस्तित्वमा खसिसकेको घामको लुक्न नसकेको धमिलो प्रकाश लामाबगर ओरपरका डाँडामा उभिएर हिमाल चहारीरहेको थियो । पातला जुप्रे होटलहरूमा बेपत्तासँग लोकल रक्सीको गन्ध तामाकोशी किनारासम्म पुगेर बिलाइरहेथ्यो ।
दाफुरीले आजको जिब्रे सपना पूरा गर्लान्÷नगर्लान् । कारण यहाँ जल सिकार गर्न गौरीशंकर संरक्षणले पूर्ण निषेद गरेको रहेछ । तर, मैले बेस्मारी यहाँको सौन्दर्यको गीत टिपेर वरपर दौडिरहेको छु । हाइड्रोको ठूलाठूला क्रसर मेसिनले ढुंगा पेलेर ढुंगाको बाहादुरिता कमजोर बनाएको आवाजले अलिकति खोलाको एक तमासको गीत खोसेजस्तो छ । त्यही पनि यो साँझमा मेरो भागमा प्रशस्त शान्ति परेको भ्रम मेरा दिमागमा उभिएको छ ।

छिप्पिँदै गरेको साँझले हामीलाई होटलेको एक कुनामा थन्काइदियो । लोकल स्वादसँग हल्लिरहेको कुनाकुनामा यार्सा सपना पहाडझैँ उभिएको थियो । चिया गफदेखि रक्सी गफसम्म यार्सा यात्रा आएर उभिएको थियो । धेरै तन्देरी यसपालि यार्सा जोज्ने हिमालतिर नउक्लेकामा पछुताइरहेका थिए । मसँगै यात्रा गरिरहको दाफुरी पनि पछुताउनेको लाइनमा थियो ।
बेलुका चाइनिज क्यम्पको बास पनि यादगार बन्यो । ठूलो हलमा धेरैजनाको बसाइले आआफ्नै पाराका गफ, दूरदराजदेखि आएका मान्छेहरूको फरक शैलीबीच पनि ओठमा एकै खुसीको विम्ब उस्तै सपना र दैनिकी । अबेरसम्म हाँसिरहने यी ओछ्यानहरू मानौँ खुसीका पठशाला हुन् ।

यो लामाबगरको बसाइको भोलिपल्ट बिहानै काठमाडौं हतारोले तानिरहेको थियो । फेरि ओरालै ओरालो झा¥यो ।



मो.९८४३१३९८१६

9.04.2012

नीला फूलहरूको सहर




रमेश सायन


rashayan@hotmail.com
आज थाहा भयो यो सहरमा पनि औधी सुन्दर कुरा रहेछन् । मेरो टाउकामाथि फुलेका ठीक नीला शिरीषका फूलले यो सहरको हरेक गल्ली, चोक र जिन्दगीजस्तै लामा र पट्यार लाग्दा यी सडकहरू प्रायः कामुक बनाएका छन् । मान्छेहरू बेपत्तासँग हतारमा दगुरिरहेका छन् । धरहराजस्तै अग्लो तर जग धरमराएको हजार सपना बोकेर हिँडेका यी मान्छेमध्ये धेरै प्रतिशत दूर गाउँबाट उदाउँदै गरेको एक मुठ्ठी घाम बोकेर यहाँसम्म आएको हुनुपर्छ । (जस्तो म पनि यिनै मान्छेको लाइनमा गनिन्छु) तर यो सहरमा आउँदाआउँदै वा आएपछि पनि कति ठाउँमा औंलाका मसिना कापबाट घाम चुहिएर धुलोमा खस्यो होला, यसको अंकगणितमा हिसाब छैन । त्यही पनि यो विशाल कंक्रिटका जंगललाई समेत कोमल बनाएर फुल्ने यी नीलाम्मे शिरीषका बोटले मनलाई उत्साहित बनाएको छ, पैतलामा जाँगर र पाखुरामा जोस भरेको छ । आँखामा, दुःख बिसाउने सौन्दर्य भरेको छ । लाग्छ फूलले यो सहरमा अन्तिम धर्म निभाइरहेको छ ।
मसँग यी नीला फूल र प्रेमको अनुभव पनि छ । त्यसकारण पनि म फूलहरूसँग आज नजिक छु । कहिलेकाहीँ लाग्छ यी फूलहरूसँग मेरो मात्र हृदय जोडिएको छ । कुनै बेला हामी घन्टौं बसेर प्रेमका गफ गथ्र्यौं । फूलहरू जस्तै नीलो सहरको कल्पना गथ्र्यांै । उसबेला लाग्थ्यो फूल हाम्रै लागि मात्र फुलेको हो ।
म दरबारमार्गमा छु । यहाँ पनि फूल आफ्नै गतिमा फुलेको छ । घरिघरि लाग्छ हरेक थुँगामा मेरोमात्र एकलौटी पुराना स्मृति बोकेर उभिएको छ । घाम मध्याह्नको चरम बैँस बोकेर कडा रुपमा मेरो ठीक टाउको माथि खसेको छ । धेरै मान्छे मेरो समानान्तर रेखाबाट कुदिरहेका छन् । उनीहरूको अनुहारमा सिंगो मान्छेको विम्बबाहेक अरु पनि केही छ । जस्तो कि, माग्ने, धनी, गरिब, श्रमिक, मजदुर, मालिक, व्यापारी झन्डावाल गाडीमा सवार कुनै नेता, विद्यार्थी किशोर किशोरीहरू र मजस्तै शैलीका केही बेरोजगार युवा । हुन त यी मान्छेभित्र, यो सहरले मात्र बुझेको गोप्य र अन्तिम विम्ब, पत्ता लगाउन बाँकी बहूमल्य खानीझैँ कतै नदेखिने कुनामा होला । तर, अहिले यी सडकमा पोखिएका सरल विम्बहरू यिनै हुन् ।
मेरै छेउमा उभिएर एकजना विदेशीले क्यामरा निकाल्यो र फूलहरूलाई अगाडि राखेर दरबारसहितको फोटो खिच्यो । एक्लो तर फूर्तिले त्यो ठिटोले मेरो शान्ति भंग गरेकामा माफी माग्दै भन्यो, ‘यो पुरानो रजदरबार हैन ? अहिले राजा कहाँ छन् ?’ मलै शान्त स्वरमा भनेको हुनुपर्छ । (उसको ओठको मुस्कानको भावले त्यस्तै देखाएको थियो । ) ‘यो दरबार पुरानो पनि होइन र नयाँ पनि होइन अनि अहिले राजा आफ्नै घरमा छन् ।’ उसले के कति बुझ्यो मलाई थाहा भएन तर ऊ अघिकैजति हाँसेर भनेको थियो, ‘गणतन्त्र आएपछि राजाले दरबार छाडेका हैनन् ?’ मैले हो भनेँ । उसले फेरि भन्यो, ‘त्यसो भए अहिले देशमा पहिलेको भन्दा परिवर्तन र शान्ति छ हैन ?’ मैले फेरि पनि हो मात्र भनेँ । मलाई यो मान्छेको प्रश्नभन्दा फूलहरू नै सुन्दर लागिरहेका थिए । त्यसपछि उसले क्यामरा अलि ठाडो पारेर दरबारको अन्तिम चुच्चो र नीलो आकाश एउटै फोटो फ्रेम लियो ।
मानौँ धेरै पहिलेदेखिको चिनजानको शैलीमा उसले आफ्नो क्यामराबाट मलाई केही फोटो पनि देखायो । मैले ‘सुन्दर र मेरो देश राम्रो छ’ भनँे । उसले मेरो नाम सोधेन र मैले पनि उसको नाम र देश सोधिनँ त्यसपछि ऊ पछाडि फर्केर घन्टाघरतिर लाग्यो ।
ऊ गएकैतिरबाट एकजना ठेलावाला । ठेलामा फर्निचरका सामान हालेर आफूले सकुन्जेलको गतिमा ठेल्दै पूर्वतिर लाग्यो । मानौँ उसको श्रमको अन्तिम म्याराथन दौड हो । उसको लामो छाया दरबारको पर्खालको माथि–माथिबाट हिँडिरहेको छ । उसका खाली पैतला, तालुमा झर्न बाँकी केही कपाल, औधी मैलो कपडाबाट आउने पसिनाको अमिलो गन्धले त्यो अघिकोे विदेशीले जति यो देशमा आएको परिवर्तनको अनुभव ग¥यो कि गरेन ? यो परिवर्तनपछि उसले आफ्नो जीवन सरलरेखामा बुझ्यो कि एब्स्ट्र्याक शैलीमा ? मेरो आँखाको दूरीले थेगुन्जेल उसैलाई हेरिरहेँ । यी नीला फूलहरू र यो नीलो आकाशले मलाई जस्तै उसलाई पनि औधी रमाइलो लाग्छ कि भरे बल्ने निश्चित नभइसकेको अँगेनाको मात्र चिन्ता हुँदो हो । ऊ मेरो आँखाबाट हराइसक्दा पनि उसको स्केच मेरो मथिंगलमा जमिरह्यो ।
केही कडा बतास आयो र हाँगाहरूबाट नीला फूलहरू भुइँमा खसाल्यो । भुइँ पनि उत्ति नै सुन्दर देखियो ।
धन्न सहरमा पनि वसन्त नबिराई आइपुग्छ । फूलले आफ्नो सौन्दर्यता नलुकाई देखाउँछ । बतासमा बासना नडराई दगुर्छ । बिहान घाम नबिराई झुल्कन्छ । घाँसमा शीतको संगीत उही गतिमा बिउँझन्छ र यो सहरको अस्तित्व आदिमदेखि अहिलेसम्म छ । सडकको किनारमा फुलेका यी फूलले मान्छेपिच्छे भेद छुट्याउने कष्ट गर्दैनन् । घाम उही तापमा हरेकको आँगनमा ओर्लन्छ । घन्टा घरको सुई कुनै बादशाह वा सम्राट्को आदेश मान्दैन । गाउँबाट आइपुगेको सिधा आँखालाई टुँडिखेलको सालिकले तर्र्र्साएझैँ तर्सिंदैन, यी फूलहरूमा दर्गुने संगीतको लय । मेरा आँखाले फेरि एकपल्ट फूलको सौन्दर्य मस्तिष्कमा झुन्ड्याइदियो । एकपल्ट फेरि यिनै नीला फूलहरूजस्तै नीलो सहरको कल्पना ग¥यो, जुन हरेक वर्ष चोकमा उस्तै सौन्दर्य बोकेर गर्वका साथ उभिन्छ ।
कडा धुवाँ फालेर एउटा पुरानो ट्रक मेरो आँखाअगाडिबाट दौडियो । अचेल यी काठमाडौंका सडकले आफ्नो अनुहार फेरिरहेका छन् सवारीसाधनहरूको हतारको गति पनि बढिरहेको छ । कतैकतै सपनाका सडकजस्ता अग्रिम नक्साहरू पनि अखबारका पन्नाहरूमा उभिएका छन्, जसले आँखामा समृृद्धिको विम्ब टाँगेको छ । कुनाकुनामा विशाल अपार्टमेन्टहरू कुनै शक्तिशाली शासकको सुरक्षामा अनुशासित भई उभिएका सिपाहीझैँ सानसँग उभिएका छन्, जसले हवाइजहाजबाट खस्ने छाया भुइँसम्म ओर्लन दिने छैनन् । चोकचोकमा विशाल सपिङ महलहरू, पर्फिमको गन्ध र पसिनाको गन्धको शक्तिशाली सीमानाको पर्खाल भएर उभिएको छ । जसका छतहरूले यो देशको आधाभन्दा ठूलो भूगोललाई लिलिपुट देखिरहेछन् र परिवर्तनको अग्रिम पेश्कीसमेतको अनुभव लिइसकेका छन् ।
तर, कतै यही भूगोलमा धेरै मान्छेलाई राम्ररी खान पाउनु नै परिवर्तनको अनुभव हुनेछ । धेरैलाई वर्षांै पहिले हराएको छोरो, लोग्ने, आमा बाबु, दाजु, दिदी, वा आत्मीय आफन्त भेट्नु नै ठूलो परिवर्तनको अनुभूत हुनेछ । कसैलाई हिउँदमा न्यानो लुगा लगाउनु र वर्षमा एकाधपल्ट मीठो खानु पनि परिवर्तनको अनुभव हुनेछ । सहरभन्दाबाहिर जहाँ दूरदराजमा देशको अनुहार बोकेर यो भूगोल उभिएको छ । त्यहाँ पनि मान्छेको सपना रोपिनुपर्छ, रहर टाकुरामा उभिनुपर्छ ।
अबका केही दिनपछि यो सहरमा आएको कुनै नयाँ आगन्तुकलाई यी सडक किनाराभर औधी सुन्दर नीला फूल फुलेका थिए भन्दा उसले पटक्कै विश्वास नगर्ने गरी यी शिरीषका बोटहरू उदास मुड उभिने छन्, जसका हाँगाले आगन्तुकलाई आत्मीय आफन्तको मृत्युको सम्झना पनि दिन सक्छ र बेसमारी गाली गर्दै ‘यी हाँगामा तिमीले भनेको जस्तो कहिल्यै फूल फुल्न सक्दैन’ समेत भन्न सक्छ । यो समयले देखाउनेगरी गरेको परिवर्तन हो । यसरी आँखाको किनारमा परिवर्तन नउभिने हो भने शिरीषमा वसन्तको महत्व कुन किताबमा लेखिने थियो होला र कुन हृदयमा उभिने थियो होला । हरेक समय परिवर्तनको किताब बोकेर आउँछ, जसलाई पढ्न सक्नेहरू समयको राजमार्गमा गति दौडाउँछन् र अन्तिम सपनाको लागि बिउँझिरहन्छन् ।
मेरा आँखाले परपरसम्म भुइँ र रुखका हाँगा एकैपल्ट हेरेर भ्यायो । बोटमा जत्ति नै भुइँमा पनि फूल निल्लै भएर झरेका थिए । यी फूल अब आउने समयको परिवर्तनका लगि झरेको हुनुपर्छ । मनले भन्यो ।

 मो.९८४३१३९८१६

एउटा रहरको सम्झना



Ramesh sayan

हामी सानामा एैसेलुको बोट भाग लगाउँथ्यो र आ–आफ्नो बोटको मात्र टिपेर खान्थ्यो । एैसेलु पाकुँनजेल विद्यालय नछुटाई जान्थ्यो कारण साथीहरुले आफ्नो बोटको एैसेलु चोरेर खाई दिने डर हुन्थ्यो । हात,जिउ र अनुहार काँडाले चिथोरेर, रत्ताम्मे बनाई दिन्थ्यो तहि पनि एैसेलुको स्वदलाई जित्न सक्दैन थियो दुखाईको पिडाले । एैसेलु,काफल,जामुन पाक्ने मैहिना गनेर बस्थ्यौँ ।
आज ती दिनहरु बिस्तरै पाका भएर जाँदैछन् । फुर्सदका दिनहरुमा सम्झने मेलो भएकाछन् । अजै एक पल्ट केटा केटी हुन पाए म एैसेलुका काँडाले चिथोरेको दुखाई एैसेलुकै स्वदहरुसँग साटेर उफ्रिने थें । मुखिय बाको निजी वनको काफल  चीचिलामै चोरेर खाइदिने थें । आमासँग मामाघर जान लगातार दुई दिनसम्म रुने थें । खन्युको रुखको टुप्पोमा पुग्दा समेत लडेर मर्छु भन्ने डर शून्य चेतनाबाट भगाई दिने थें र विद्यालयमा गुरुले सजाए दिँदा आफु पनि सर भएर यी गुरुलाई यसै गरि पिट्छु भनेर उल्टो सपना देख्ने थिएं ।
विस्तारै समयले मेरो टाउकोमा सपना, रहर, र ईच्छाहरु पोको पारेर झुन्ड्याई दियो । विसतारै समयले बालकबाट युवा र युवाबाट वृद्ध तिरको बाटोमा लखटने योजनामा छ ।
समयले,मेरो हातबाट खरिपाटी खोसिदियो । दसैंमा मैले पाउने नयाँ नाना र चिचीपापा खोसिदियो, मामा घर जाने रहरको बाटो, खोलाको किनारामा उभिने छाँया र मसिना भुर्रा माच्छा पनि खोसि दियो । खोसि दियो चाकाचुलि, मोजाको भकुन्डो, बेंसी जर्ने रहर आदी आदी ।
आज  विहानै देखि कौसिमा उभिएर समय र मेरो जिन्दगीसँगको वासलत हेरि रहेंछु । हावाले उडाएको बादलको टुक्रा टुक्रि छाँय मुनि स–साना नानीहरु विद्यालय जाँदै गरेको गोरेटो बाटो छ । जसले मेरो पुराना स्कुले बाटो झोलामा बोकेर हिडिरहे जस्तो लागि रहेछ ।
तिनै नानीहरु मध्ये एकले हाँगामा बसिरहेको एक जोडि चरालाई ढुङ्गाले हानेर उडायो । ती नानीको हातको निसाना चुक्यो । चरा आकासमा बेपत्तासँग उड्यो र आकासमै कतै हरायो । हामी पनि विद्यालय जाँदा चरा लखेटी लखेटी उडाउँथ्यो ।
एक ताका बाटो छेउको ठूलो उत्तिसको रुखमा ढुकुरले गुँढ लगायो । अण्डा पार्यो र बच्चा कोरल्ने बेला भयो । दुई अण्डा मध्ये एउटा बाट चल्ला आफै निस्क्यो र अर्को हामीले फुटाएर निकाल्यो । हामीले फुटाएर निकालेको चल्ला सानो थियो र अर्को ठूलो । हामी दुई जना साथीहरु मध्ये एक एक ओटा चल्लो बाँडेर घर लाने भयौँ तर सानो चल्लो कस्ले लाने भन्ने विषयमा झगडा भयो न साथीले चल्ला लाना पायो न मैले । ढुकुरलाई डिस्टब व्भएछ क्यर पछि बच्चा सहित गुँढ सार्यो ।
हरेक तन्नेरी र वृद्धहरुलाई सबै भन्दा ठूलो रहर बालक हुने हुँदो हो । घण्टा घरको सुइ एक पल्ट उल्टो घुमेर सारा मानिसलाई तोते बोली र बामे सर्दै गरेको घुँडामा फर्काइ दियो भने यो विश्वा खुसि हुँदो कि रुँदो हो म छुट्याउँन नसक्ने चेतनामा छु ।
मान्छेको यो आकासिदै गरेको गति,जहिले पनि उकालै बग्दो छ । यो आकास तिर दौडिरहेको गतिले गुरुत्व आर्कषणको नियमलाई फेल बनाएको छ । त्यसकारण पनि मान्छे मर्नु भन्दा गघि एक पल्ट बच्चाहुन चाहन्छ होला ।
शनिबारको एक बिहान, मन्दिरको देवलमा बसेर नौ दशक पारिको जिन्दगी घाममा सेकाई रहेका बृद्ध मानिससँग गफिदै जाँदा भनेका थिए । “मलाई एकपल्ट बच्चा भएर धित मरुन जेल रुने रहर छ । अनि आज भोलि तपाँइहरु जस्ता पुस्ताले देख्ने विचित्रको तन्नेरी सपना देख्ने पनि रहर छ ।”
पुस्ता त ती बाले भने कै  पुस्ताको हुँ । तर म पनि ती बा कै रहर मध्ये एक समानन्तर रहर बोकेर हिडिरहेको छु ।
 विद्यालय जाँदै गरेको नानीहरुको छायाँले होस् कि चराहरुले आकसबाट खसालेको पखेंटाले होस् वा गहुँ काटि सकेको नाङ्गो बारिका गराहरुले हुन मलाई आफ्नै पैतलाले टेकेको पुराना दिनहरुमा हुत्याई रहेको छ । यति खेर ।
चैत्र अन्तिम तिर गहुँ काटेको बाँजो खेतमा हामी एक एक बाला शिला खोजेर, किलो पुर्याउँ थियौं । बेच्थ्यो र रहर पुँगुन जेल मुरै भुजा र आलु चप खान्थ्यो । यी रहरहरु चाँहि म तराई ओर्ले पछि विउँझेको, झन्डै किशोर रहरहरु हुन् ।
यो कौसिमा बसेर, म दुई कुरा बीचको  कल्पनामा पौडिरहेको छु । एउटा केटा केटि हुने रहर र अर्को भोलि असाध्ये बृद्ध हुनु पर्ने डर । धन्न म यति खेर मध्ये बैंसमा दगुरी रहेको छु र एकै पल्ट दुई कुरा सोच्न सकिरहेको छु ।
भोलि यसरी हिड्न नसक्ने, यसरी बोल्न नसक्ने, रहरहरु विस्तारै मर्दै मर्दै जाने र सपनाहरु मृत भएर सिरानेमा पल्टने दिनहरु पनि आउँछन् । बृद्ध आश्रममा थन्क्याएर आफ्नै जिन्दगी म के सोचौँला ? त्यतिखेर सबै भन्दा बढि बच्चाहुन मनलाग्ला कि सपनै मात्र देखिरहने तन्नेरी हुन । नाक ओरी परि झिंगाहरुको ओइरो लाग्ला, गाला भरि बूढो दारी सकि नसकि उम्रेला । आफ्नो अस्तित्व जोगाउने अन्तिम तयारीमा उघिंरहला एउटा बृद्ध घाट । मृत्यु प्रिय लाग्ला कि एक कोहोरो ओहिरी रहला बाँच्ने रहर, मष्तिकषको कुनामा ।
पारि खालि खेतमा चार पाँच जना बच्चाहरु लुकि डुम खेलिरहेकाछन् । अलि परबाट एक जना बृद्ध मानिस लौरो टेकेर त्यहि बाटो भएर आई रहेछ । कस्तो सम्योग ? म बच्चा र बृद्धको बारेमा सोचिरहेछु र आँखाले त्यहि दृष्य टिपिरहेछ ।
बच्चाहरु आफ्नै शुरमा खेलिरहेकाछन् र त्यो बृद्ध मानिस चाहि बच्चाहरु हेरेर टोलाई रहेको छ । सायद ऊ यसबेला आफ्नो प्रिय बच्पन तिर फर्कदै होला ।
एक पल्ट कवि बोनम प्रतापले “बाउ र फूल” शिर्सकको कविता सुनाए पछि, भनेका थिए “मलाई मर्छु भन्ने डर छैन बूढो हुन्छु भन्ने मात्र डर छ ।” बोनम प्रताबको त्यो कविता सुने पछि,किन मान्छेले फुलेको कपाल लुकाउन चाहन्छ र किन नक्ली दाँत लगाउने रहर राख्छ भन्ने कुराको उत्तर भेटे जस्तो लागेको छ ।
मान्छे आफ्नो उमेरको गति रोक्न चाहन्छ । फैलाउन चाहन्छ आयुको टुडिखेलमा बच्चा, किशोर र युवाको आयतन ।
पोहोर सालसम्म जन्म दिन धुम धामले मनाउने एक मित्रले यसपाली जन्म दिन मनाएनन् र भने ”जिन्दगीको भर्याङबाट आयु ओराली रहने जन्मदिन मनाएर कति आफुलाई एैना अगाडि बृद्ध भएको घोषणा गरिरहनु ।”
ती मित्रको भनाई र कवि बोनम प्रतापको कविताले मलाई घरको यो कौशीबाट लगातार बच्चाका दिनहरु तिर धकेली रहेको छ । धुलो माटो, हिलो बाटो हुँदै आमाको कोखैसम्म पुर्याई रहेको छ ।
बच्चाहुनु भनेको शून्य चेतनामा हराउनु हो । कल्पना रहित संसारमा डुब्नु र एउटा स्वर्णिम समय बाँच्नु हो । मान्छे जहिले पनि रहर र सपना देखि रहन्छ । गुमेको कुरामा लोभिरहन्छ त्यस कारण पनि मलाई सबै भन्दा बढि बितेका दिनहरुको लोभ लागि रहेको छ ।



बेराग पात्रहरुको 


- रमेश सायन
म आफू एउटा कथा हुँ । भेटेका हरेक मान्छे पात्र हुन् । जसको बजारमा माघ छैन । पाठक छैनन् र दोस्रो संस्करण निसकने छैन । बाच्ने शैली बेरागात्मक छ । बिगत सम्झने उत्तिसाह्रो फुर्सैद छैन । मानौ ती पात्रहरु हावाले उडाउँदै गरेको कपासको छायाँ हुन् जो अब दोहोरिएर म बाँचेको बाटो फर्कने छैनन् । एकाद पात्रहरुले कतैन कतै पछाई रहेकाछन् । जीवनसँग कतै न कतै आएर ठोक्कि रहेकाछन् । र, ती नै पात्रहरुलाई कहिलेकाँही फल्यस ब्यगमा उभ्याएर उनीहरुसँगै बेराग बगिरहन्छु ।
दुई वर्ष पहिले जीवनसँग थाकेका, प्रगतिमा ओरालो खसकदै गरेका एक जना मित्र पूजा पाठ गर्न र देवलय भाकल गर्न थालेका रहेछन् । जसले मलाई उनले चिनेका एक ज्योतिष कहाँ साथीको नाताले लिएर गएका थिए । ती मित्रलाई “शनिको दसा छ । ग्रह दसा को पाठपूजा गर्नु । शनिबार वर आएका सन्यसी योगीहरु ।
पैताला सम्म खसेको लट्टे दारी, उस्तै आकारको कपाल,पुरै खरानी दलेको खाई लाग्दो जउस दिन देखी आजसम्म मेरो जीवन उही गतिमा धकेलिरहेको छ । कतै संगीतको राग जस्तो शैली मिलेको तरंग छैन । भविेको थियो । उसैको छेउमा उभिएँ, नाम र घर सोधँे । योगीहरुसँग सपना हुदैन, सपना र रहर नभएको मान्छे रिसाउँदैन भन्ने लागेको थियो तर त्यो योगीले मलाई रिसाएर भन्यो । “योगीको नाम, घर, थर, र जात सोध्ने तँ कोहोस् ।” म उठेर हिड्न खोजँे । उति नै खेर कुनै विदेशीलाई टेक वीथ मि पिक्चर, वान पिक्चर टु हन्ड्ररेड भनिरगन्ध र मेरो मथिङ्गलमा म भन्दा पञ्चहत्तर वर्ष जेठी र बीस वर्ष पहिलेको भोल्टि सर्किनीको अनुहार पौडिरहेको छ । मेरो आँखामा उनका, भिराला खेतका गह्रा जस्ता यान । यो भन्दा अगाडी त्यत्तिको बलियो योगी कहिलै देखेको थिइन जसले आफ्नो छोप्नु पर्ने एक अंश मात्र छोपेको थियो । उसैको छेउमा उभिएँ, नाम र घर सोधँे । योगीहरुसँग सपना हुदैन, सपना र रहर नभएको मान्छे रिसाउँदैन भन्ने लागेको थियो तर त्यो योगीले मलाई रिसाएर भन्यो । “योगीको नाम, घर, थर, र जात सोध्ने तँ कोहोस् ।” म उठेर हिड्न खोजँे । उति नै खेर कुनै विदेशीलाई टेक वीथ मि पिक्चर, वान पिक्चर टु हन्ड्ररेड भनिरहेको थियो । सम्झँे, भरे उसकी स्वस्नीले उसको खल्तिबाट सन्ध्यकालीन आय ्न आउनेहरुलाई थांग्रोबाट मकैका जुक्ता ओरालेर कुनै रहर नबोकी बाँचेकी हुन्थिन् ।
गाला र तुषारोको बिहान जस्तो कपाल तैरिरहेको छ । जसलाई मेरबा र हजुरबाले कहिल्लै हाम्रो मजेरीको रङ्ग उनको आँखाको नानीमा पर्न दिएनन् । घरको दलिन उनका औँलाका चक्रले छाम्न दिएनन् । उनी मलाई कान्छ बाजे भन्थिन् । म उनलाई “भोल्टि र तिमी” सम्म भनेर सम्बेधन गर्थे । जस्तो मलाई सिकाइएको थियो । हाम्रो बेसीमा उनी असार रोपिन्थिन् र मंसिरमा बिस्कुन सुक्थिन् । हरेक साँझ उनी आफ्नो अगेनमो बल्थिन कि बल्दिन थिईन मलाई राम्ररी ाबरको हुनु पर्छ । मलामीहरु मेरो एम. ए. कक्षाका संख्या जति छन् । सबै तन्देरी छन् । लासको उमेर र मलामीको उमेर प्राय मिल्छ । रुनेकाहरुको संख्य धेरै छैन । एक जना ठूलो स्वरमा धित मर्ने गरि रुहिरहेको बा र हजुरबाले कहिल्लै हाम्रो मजेरीको रङ्ग उनको आँखाको नानीमा पर्न दिएनन् । घरको दलिन उनका औँलाका चक्रले छाम्न दिएनन् । उनी मलाई कान्छ बाजे भन्थिन् । म उनलाई “भोल्टि र तिमी” सम्म भनेर सम्बेधन गर्थे । जस्तो मलाई सिकाइएको थियो । हाम्रो बेसीमा उनी असार रोपिन्थिन् र मंसिरमा बिस्कुन सुक्थिन् । हरेक साँझ उनी आफ्नो अगेनमो बल्थिन कि बल्दिन थिईन मलाई राम्ररी थाहा भएन । तर उनी जीवन बोकेर हाम्रो घरमा बेसाहा किन्न आउनेहरुलाई थांग्रोबाट मकैका जुक्ता ओरालेर कुनै रहर नबोकी बाँचेकी हुन्थिन् ।
मैले आँखाको बाराबर बिन्दुमा मेरा हजुरबा र भोल्टि सर्किनीको लास जलि रहेको सम्झिएँ । जो यिनै लासहरु झै बराबर गनाई रहेकखाएर आत्महत्या गरेछ । ठिक्कैछ उसको मृत्यु उसको अधिकार, बाँच्न मन लागेन म¥यो । के भयो त ? कसैले कायर भनेर उसको जीवनको स्तर घट्ने छैन अव । आफ्नो जीवनयुद्धमा सहिद भयो । सकियो । आत्महत्य गर्नु कायर हैन बाहादुरिता हो । मन्ले भन्यो ।
तर एक पल्ट मर्नु छ किन साईनाईट खाएछ मनमा उसको मृत्युको पछुतो फैैलियो । बिचराले मर्नुको आन्नद लिन पाएन । मर्नै पर्ने भए बिस्तारै घाटिमा ब्लेडले सानो नसाकाटेर मृत्युको अनुभब लिईलिई मर्नु राम्रो हो ।
बाग्मती अल्छि मानि मानि बगेको छ । पानीको धर्म बग्नु हो छ । बुझदा उसको बाबु रहेछ । टी.यू. मा एम.एसी. पढ्दा पढ्दै साईनाईट खाएर आत्महत्या गरेछ । ठिक्कैछ उसको मृत्यु उसको अधिकार, बाँच्न मन लागेन म¥यो । के भयो त ? कसैले कायर भनेर उसको जीवनको स्तर घट्ने छैन अव । आफ्नो जीवनयुद्धमा सहिद भयो । सकियो । आत्महत्य गर्नु कायर हैन बाहादुरिता हो । मन्ले भन्यो ।
तर एक पल्ट मर्नु छ किन साईनाईट खाएछ मनमा उसको मृत्युको पछुतो फैैलियो । बिचराले मर्नुको आन्नद लिन पाएन । मर्नै पर्ने भए बिस्तारै घाटिमा ब्लेडले सानो नसाकाटेर मृत्युको अनुभब लिईलिई मर्नु राम्रो हो ।
बाग्मती अल्छि मानि मानि बगेको छ । पानीको धर्म बग्नु हो । धर्म निभाई रहेको छ । आज नबग्नु पर्ने भए लेदो त छदै थियो जमेर बस्ने थियो होला । आफ्नो मृत्यु सकनु अघि घामले मेरो लामो छाँया धमिलो पानीमा खसाल्यो । आफ्नो उमेर सम्झेँ, २६ वर्ष । कुनै रोग सम्झेँ, केहि छैन । मेरो आयु सम्झँे र पारी लासका लाईन हेरें । अब सरासर बाँच्न पाँए भने ३५ देखी ४० वर्ष । बीचमा आत्महत्य गर्ने योजाना छैन । तर मृत्युको रहर छ । भयानक पिडादाही मृत्यु जसले मलाई दुःखको जस्तै अनेक अनुभब दिईयोस् । चरम भोक र परकाष्ठ प्यासको पिडा जस्तो अनुभब । हिउँमा खाली खुट्टाको जस्तो पिडा । या कसैले यताना स्वरुप बाघको खोरमा हालिदिने खबर जस्तो, जीवनको अनुभव ।
साँझ पर्न लागेको छ । जोगीहरु पातल्ली सकेकाछन् । बाँदरहरुको चहलपहल घटेको छैन । पशुपतीमा आरती सुरु भएको छ । एक किसिमको संगीत हृदयमा गुन्जियो । यहाँ पनि जीवनको एक आन्नद छ । बैरागीहरुको एक झुन्ड ईश्वरको शरणमा आइपुगेको छ । जहाँ आन्नद छ त्यहाँ ईश्वर हुनुपर्छ । रागमा विलिन यो साँझमा मलाई आन्नद आयो ।
दुई किशोर केटाहरु पानीमा चुम्मकको डल्लो हालेर डलर पैसाको तानी रहेकाछन् । जीवन जसरी पनि बाँचेर सक्नु छ । बाचिरहेकाछन् । एउटाले अनुहार उज्यालो पारेर खल्तिमा हात हाल्यो । लगातार एक दुईका सिक्का भेटेको हुनु पर्छ । रमाउने अनेक तरिका हुन्छन् उ रमायो । मलाई आन्नद आयो । यी किशोरले कहिल्लै आत्महत्या गरेर जीवन सक्दैनन् यीसँग ठुलो सपना छैन जीवनमा स सानो युद्ध गर्छ र जितिरहन्छ । अघि साईनाईट खाएको लास जलि सकेको छ मैले जीवनको त्यो सहिदलाई मनमनै सलामी दिए ।
म अहिले घर फर्कन लागेको छु । यता टहलिने रहर पुगेको छैन तर घाम टाकुराबाट खसिसकेको छ ।
बाटामा फेरि सम्झँे मलाई जोगी हुन्छस् भन्ने ज्योतिषीको भग्य कस्तो होला । उसको भविषमा कस्ता आरु बखडा फले र चिचिलामा झरे । कुन दिन धुरीमा काग करायो र दिनभरि असुभको डरले कामिरहयो होला । मलाई लाग्छ त्यो ज्योतिषी पनि कहिल्लै आत्महत्या गर्दैन ।
ती मित्र जो जीवनसँग बैरागिएर ज्योतिषीकोमा भविष्य बोकेर पुगेका थिए । उनको जीवन प्रति दया लागेर आयो ।
मलाई गालि गर्ने योगीले दारी र कपालको ब्यापार गरेकोमा आन्नद लागेको छ । कम्तिमा एकै जीवन दुई पाटाबाट अनुभब गर्र्न पाएको छ । उ जोगी र बेश्यलयको ग्राहाक एकै पल्ट हुन सक्छ ।
भोल्टि सर्किनी उनको जीवनमा सधै गहिरिएर बाँच्न खोजेको छु । आफ्नो जीवन हदै सम्म फिक्का र दिक्दार लाग्छ उनको जीवनको अगाडि ।
त्यो आत्महत्या गरेको लास जसले मलाई मृत्युमा पिडाको रहर जगाई रहेको छ ।
वाग्मतीमा पैसाका सिक्का खोज्ने किशोर जसले जीवनसँग स–साना युद्ध गरेकोमा मेरो जीवनसँग मिले जस्तो लागि रहेको छ ।
म घर फर्कि रहेको छु
गौसला चौकमा आई पुग्दा धेरै ठाउँमा चर्किए । जीवनसँग राग नमिलेका यी अनेक पात्रहरुसँग म पनि थपिए ।
भविष्यसँग कापिरहेको मित्र
त्यो ज्यातिषी
त्यो योगी
मेरा हजुर बा
भोल्टि सर्किनी
त्यो लास
ती केटाकेटी
पसुपतीमा बजेको आरतीको राग
मैले बाँचेको मेरो आफ्नै जीवन
एक झुण्ड एक बेराग संगीत बदलियो

ती पात्रहरु माझबाट



rashayan@hotmail.com
रमेश सायन


सडक आफ्नै गतिमा दौडिरहेको छ । कहाँ पुग्छ यो सडकको यात्रा ? कति पल्ट ठोकिन्छ घण्टाघरसँग र बिउँझन्छ हिँड्दा हिँड्दै आफ्नै पैतलासँग,सडक ।
 म हिँडेको ,बाटोहरुको हिसाब राखेको छुइन । तर,यो  कथाको लागि लामो फेहरिस्त बाटो बाटै सुरु हुन्छ ।
म यो गाँउको सानो होेटलमा पहिलो पल्ट छिरेको हुँ । फरासिला होटल साहूजीले ग्राहकलाई खानासँगै ओठको मुस्कान बोनसमा दिँदा रहेछन् । मैले पनि एक ओठ मुस्कान बोनस पाएको थिएँ ।
यो होटल विहान चिया पसलबाट साँझ तिर भट्टि पसलमा फेरिँदो रहेछ । टेवल टेवलबाट निस्कने शब्दले भट्टि पसलको विम्ब सडकसम्म ल्याएर पोखिदिएको छ । म पनि यो साँझ, त्यही सडक किनाराको विम्ब टिपेर कथाको पात्र खोज्न बलेसीबाट मझेरीमा छिरेको हुँ ।
अलिक माते पछि ,एकजना समकालिन दारुवालाले आत्मीयता पोख्यो र भन्यो “ दाइ तपाई त मेरो आफ्नै दाइ जस्तो लाग्यो । अहिले मेरो दाइ  हुनुहुन्न पोहोर साल बित्नु भो । ”
“ए ! होर” अलि कति हाँसें ।
रक्सी बोल्यो कि ऊ बोल्यो छुट्याउन तिर लागिन ।
त्यस पछि फेरि ऊ चुपचाप पिउन थाल्यो । सायद यति भन्नु थियो । भन्यो ।
पुराना टेवलहरु एक लाईनमा मर्यादा पालक झँै उभिएका छन् ,हरेक टेवलमाथि आ–आफनै कथा पोखिएको छ ।
मेरो दायाँ तिर, उमेरमा पाका देखिनेहरुको एक झुन्ड छ । झुन्डहरुको गिलासमा अमिलो गन्धमात्र आईरहने लोकल रक्सी बाहेक थोरै देशको चिन्ता र धेरै श्रीमतीसँगको मनमुटाब पनि छ ।
यो भट्टिमा जिन्दगीको गति अनेक छन् ।
तिनै पाका दारुवाल मध्ये एकले भन्यो, “अचेल मलाई बाँच्न भन्दा मर्न सजिलो हुन्छ जस्तो लागेको छ । ”अर्काेले भन्यो “हो मर्न त एक पल्ट मरे सकिन्छ तर बाँच्न त हरेक दिन बाँचिरहनु पर्छ ।” अनि तिनै मध्ये फेरि अर्काेले भन्यो,“ बाँच्न पनि सजिलो छैन मर्न पनि सजिलो छैन,मर्न तिम्रो यो संसार,सपना र रहरले छेकेको छ त्यसकारण तिमी मर्न सक्दैनौ बाँच्न यसकारण सक्दैनौ हरेक साँझ यो भट्टिमा आएर मरिरहेछौ । ”
यो दार्शनिक संवाद हो या रक्सीको  बौद्धिकता मेरो दिमाग एक पल्ट गम खाएर टोलाएको छ ।
कुनाबाट फैलिएको एउटा कडा आवाजले रक्सीको शान्ति विथोलिदियो । भट्टिको सिंगो आँखा र एक सुरा ध्यान उसैले खोसिदियो । उ ठूला ठूला आवाजमा आफ्नी प्रेमिकासँग झगडा गरिरहेको थियो । भनिरहेथ्यो “तिमी भित्र मुटु छैन ढुङ्गो छ,शङ्काले यो विश्व चल्ने भए उहिल्यै ढलिसक्ने थियो विश्वासको धरहरा, मलाई विश्वास गर । तिमीबाहेक यो संसारमा मेरो अरु कोही छैन । तिमीले छाड्यौ भने तिम्रो घर अगाडि मेरो मृत्यु भेट्ने छौ । म मर्छु ।”
 मलाई पुराना नेपाली फिल्मी सम्वादको याद आयो ।
उसको आँखाहरुबाट विस्तारै आँ ताल देखेर । मानौं यो भट्टिमा ऊ हाँस्न धाईरहेछ र भट्टिको जीवनको एक अध्यापक हो ऊ ।
अर्को एक जना दारुवाल, कुमार नगरकोटिको काठमाडौं मोक्षान्त ात्रले मेरो मौन ध्यान खोसिरहेकाछन् र पिउनुको अन्तिम आनन्द पाईरहेको छुइन ।
एक जना तन्नेरी गालिबको सायरी भटिए जस्तो देखिने यो दारुवाल, कथाको झट्का थेग्न नसकेर पिउन आई पुग्यो वा कतै कथाको पात्रसँग आफ्नै अनुहार भेटेर आईपुग्यो मैले बुझ्न खोज्दा खोज्दै ऊ होटलबाट बाहिर निस्क्यो ।
नगरकोटीको पाठक हिंडेपछि, एक जना कवि दारुवालले भट्टिमा आफ्नो ठाउँ लियो रिचय गर्यो । ऊ सरकारी जागिरे रहेछ । हतार हतार  स्पष्टीकरण दिएको शैलीमा भन्यो “म मालपोतको सुब्बा हुँ तर मैले अहिले सम्म एक रुपैयाँ घुस खाएको छैन । आज तलब आएको दिन भएकोले यसो रमाईलो गर्न यता छिबर माथि गिलास राखेर पुराना सुकुटीका टुक्राहरुसँग पिईरहेको छ । जिन्दगी बुझ्न खोज्दा खोज्दै आधा बाटोमै अल्मलिए जस्तो देखिने यो दारुवाल, कथाको झट्का थेग्न नसकेर पिउन आई पुग्यो वा कतै कथाको पात्रसँग आफ्नै अनुहार भेटेर आईपुग्यो मैले बुझ्न खोज्दा खोज्दै ऊ होटलबाट बाहिर निस्क्यो ।
नगरकोटीको पाठक हिंडेपछि, एक जना कवि दारुवालले भट्टिमा आफ्नो ठाउँ लियो । जिन्दगीका विसंगत कविता ऊ कसैलाई फोनबाटै सुनाई रहेथ्यो र भनिरहेथ्यो म नेपाली साहित्यमा खतरा उपन्यास लेखिरहेछु । जसले नेपाली साहित्यको पुरानो जग भत्काएर एउटा युगको शुरुवात गरिदिने छ ।
अब भट्टि पुरै आफ्नै शुरमा झुलिरहेको छ । यहाँको हल्ला, यहाँको है विस्तारै भट्टि एक रंगमा बदलिँदै छ । सबैको आकास हल्लिरहेको छ । पैतलाले आफ्नो गति विर्सन थालेको छ । भट्टि अब एउटा परिवारको पुरानो चिनजानको आफन्तमा फेरिँदै छ । सबैले आ–आफ्नो परिचय बाँडिरहेछन् र भट्टिमा आत्मियता खोजिरहेछन् ।
अघि सम्म कोही कव ठेक्कामा पनि पिउँदा हुन् । भट्टिमा धेरै पुराना र थोरै नयाँ छन् ।
बाहिर सडक शान्त भैसकेको थिएन । सायद यो साँझमा पिउनेहरुलाई अन्तिम विदाई गर्ने तयारीमा थियो होला,सडक ।
म पनि बिस्तारै बाहिर निस्कें । भोलि बिहान आईपुग्नु छ, यही चिया पसलमिरेको हुँ ।” उसको अगाडि मैले पत्याएको जस्तो गरें ।
विस्तारै विस्तारै भट्टि एक रंगमा बदलिँदै छ । सबैको आकास हल्लिरहेको छ । पैतलाले आफ्नो गति विर्सन थालेको छ । भट्टि अब एउटा परिवारको पुरानो चिनजानको आफन्तमा फेरिँदै छ । सबैले आ–आफ्नो परिचय बाँडिरहेछन् र भट्टिमा आत्मियता खोजिरहेछन् ।
अघि सम्म कोही कवि थिए, कोही मास्टर, लेखक, पत्रकार, पागल प्रेमी,सरकारी सुब्बा,किसान वा साना ब्यापारी तर अहिले रक्सीले मातेको मान्छे भएका छन् । सबै यो भट्टिबाट निस्कनु अघि भोलि बिहान चिया पिउने बेला भेट्ने वाचा गरिरहेका छन् । कसैलाई केहि परे सहयोग गर्ने वाचा पनि गरि रहेकहरु भेट्न ।

भोलिपल्ट बिहान राम्ररी नउघ्रेको टाउको, बेलुकाको ह्याङओभर बोकेर यही चिया पसलमा आई पुग्यो । टेवलमा प्रायः हिजोकै पात्रहरु थिए तर फरक अभिनय, फरक चरित्र, फरक अनुहारमा । कोही, कोही बेलुका पिएकोमा पछुताउने तयारी गरिरहेका थिए र भनिरहेका थिए अब हिजोे देखि रक्सी छाडियो यार । हुन त साँझ पर्न अझै धेरै घण्टा बाँकि छ कसले छाड्यो छाडेन साँझ परे पछि मात्र थाहा हुन्छ । सबै सामान्य देखिन्थे ।
त्यो पीडित प्रेमी ।
कुमार नगरकोटिको पात्र ।
त्यो कवि, लेखक वा गालिबको शायरी गाउँदै हिँड्ने ठिटो ।
स कथाका पात्रहरु भेट्न ।

भोलिपल्ट बिहान राम्ररी नउघ्रेको टाउको, बेलुकाको ह्याङओभर बोकेर यही चिया पसलमा आई पुग्यो । टेवलमा प्रायः हिजोकै पात्रहरु थिए तर फरक अभिनय, फरक चरित्र, फरक अनुहारमा । कोही, कोही बेलुका पिएकोमा पछुताउने तयारी गरिरहेका थिए र भनिरहेका थिए अब हिजोे देखि रक्सी छाडियो यार । हुन त साँझ पर्न अझै धेरै घण्टा बाँकि छ कसले छाड्यो छाडेन साँझ परे पछि मात्र थाहा हुन्छ । सबै सामान्य देखिन्थे ।
त्यो पीडित प्रेमी ।
कुमार नगरकोटिको पात्र ।
त्यो कवि, लेखक वा गालिबको शायरी गाउँदै हिँड्ने ठिटो ।
सरकारी सुब्बा वा पाका उमेरका दारुवालहरु सबै सामान्य थिए । बेलुका गरेका बाचाहरु विस्तारै विस्तारै विर्से झैँ अपरिचित जस्ता देखिन्थे । मानौँ सबैलाई आजको जिन्दगीको मात्र हतारो छ वा भरे बेलुका नियमित यही भट्टिमा जिन्दगी बिसाउनु छ ।
म कथाको पात्र खोज्न भट्टि छिरेको स्वयम् पात्र भएर फर्किंदै छु । हरेक पल्ट यो भट्टिमा जिन्दगी फेरिन्छ,लय वा सम्वाद फेरिन्छ । म कुुन जिन्दगी टिपेर कथा लेखूँ ।

मो.९८४३१३९८१६