Social Icons

9.05.2012

यत्रा,यार्सा र दाफुरी



                                                                     

रमेश सायन


rashayan@hotmail.com
मान्छेहरू यात्रामा साथी रोज्छन् । म एक्लै, यात्रा गर्नुको आनन्द अरूसँग भेट्दिन । एक्लै हुँदा आफूभित्र मन लागुन्जेल हराउन पाउँछु । आफैँलाई छाम्न पाउँछु । चिमोट्न पाउँछु र दुख्न पाउँछु । रुन, हाँस्न र कुनै पागलखानाको जिन्दगी पोको पार्न सक्छु । त्यसकारण पहाडका भित्ता भित्तामा एक्लै दगुरेको छु तराईका फाँटहरूमा लामो यत्रा गरेको छु । भीरहरूमा एक्लै डराएको छु । तर यसपालाको यत्रामा एक्लै हुन पाइनँ त्यही पनि एक्लै हुन नपाएकामा पछुतो मानेर लोभिनु परेन । यसपालिको फिरन्ते यात्रा दोलखाको मार्बु र अपर तामाकोसीको प्रोजेक्ट वरपर हुँदै लामाबगरसम्मको थियो । जब पहिलो दिन मार्बुको सिरानमा पुगेँ त्यहाँभन्दा पनि विन्दास शेर्पा साथीहरू भेटेँ ।
म कहिलेकाहीँ विनाअर्थ हिँडिदिन्छु,  भीर, पानी र पहराको बाटो बेसमारी दुःख पाउँछु र त्यसपछि आन्दको विश्वासमा हराउँछु ।
आजको यत्रामा पनि बेस्मारी सोचेजस्तै भयो । डर र भीरसँगको त्रास पनि खोजेजस्तै, त्यसपछिको आनन्द कल्पना गरेजस्तै भयो । जब मार्बु पुगेँ ।
त्यसबेला घाम डिलबाट ओर्लने अन्तिम तयारीमा थियो । भीरमा उभिएको कुनै फूलको बोटजस्तो लाग्ने यो मार्बुकोे सानो शेर्पा बस्ती औधी शान्त मुडमा साँझको लय टिपेर उभीरहेजस्तो लाग्थ्यो । एउटा घरमा मात्न बाँकी आँगन थियो । आँगन टेकेर उभिनेहरूका लागि सोझो उभिनु युद्ध जित्नुजस्तै गाह्रो भइसकेको थियो । मैले पनि पिँढीको सुकुलमा आतिथ्य पाउनेबित्तिकै गिलासमा चिसो स्वाद भेटेको थिएँ । सिधै गौरीशंकरलाई छोएर बहने हिउँको चिसो बतास मार्बुको टाउकोमा आएर उभिएझैँ लाग्थ्यो । बाँदरसमेत उक्लन नसक्ने कुमारी भीर आँखामा ठोक्किएपछि खुट्टाले आफ्नो उभिनुपर्ने धर्म पनि बिगारेर काम्थ्यो ।
पछिल्लोपल्ट विकासको पाइला सहरबाट उम्किएर भीर पाखा हुँदै । यो दूर हिमाली गाँउसम्म आइपुगेको छ जसको साक्षी यो शेर्पा बस्तीको सिरानै सिरान भएर दौडने केही टिपेर र ट्याक्टरहरूका कडा आवाजहरू हुन् । भीर खोपेर बनाइएका यी बाटाहरूमा यात्रा गर्नुको आन्नद जीवनकै रोमाञ्चक काइदाहरूको हिट सूचीमा दर्ता हुन्छन् ।
साँझपख यो गाँउ खुसीको विम्ब बोकेर झुरुक्क उठेझैँ लाग्छ । मानौँ यी बस्तीहरूमा मुस्कान जन्मजात पेवा सम्पत्ति भएर आएका हुन् । सानो बालक होस् वा जीवनको भीरबाट ओरालो खस्नै लागेको वृद्ध ऊ पहिले मुस्कान पोतेर हितको बात गर्छ ।
यता काठमाडौंका गल्लीहरूमा जातीय पहिचानको नाराले पर्खाल चर्कनै लागेको बेला उता मार्बु र त्योभन्दा माथिका तामाकोसी किनारका शेर्पा बस्तीहरू यार्सा सपना पोको पारेर हिमालतिर दगुरिरहकेका थिए । साँझपख लोकल रक्सीले भरिएको मेरो गिलासमा आधाभन्दा बढी त प्रेम नै थियो होला । अँघेनाबाट आएको तातो रापले आङदोर्जे, निमा, दाफुरी, मिङमा, डोल्मा, पासाङल्हामु, जनकपुरका संजय ठाकुर र मलाई एकै लयमा बराबर सेकिरहेको थियो अनि बराबर प्रेम पोखिरहेका थियां । एक अर्कालाई त्यो रापिलो अँघेनाको डिलमा । न त्यहाँ संजय ठाकुर एक मधेस एक प्रदेशको भाषा जान्दथे न म ब्राह्मणलाई आदिबासी घोषणा गरेकोमा खुसीको भ्रम पोख्थे न ती शेर्पा साथीहरू आफ्नो जातिप्रति गर्व गरेर अँघेनाको डिलमा पोखिन्थे । हामी त एक रंग, एक आकारमा बाँचेका थियौँ । यता काठमाडौंतिरका केही कवि भनिने साथीसमेत फेसबुक वालमा जातीय नारा टाँगेर आफ्नो वर्गको हित गरेको छु भन्दै प्रेम र सामीप्यतामा बार लगाउन खोजिरहेका थिए ।
भोलिपल्ट दाफुरीले भीरको बाटोमा यत्रा गराउने प्रस्ताव राखे । मार्बुको माथि सिरानतिर दुईवटा मिनी साइजका हाइड्रो पावर खुलेको रहेछ । उनले उतै दगुराए । मोटरसाइकलको यत्रामा मुटु थिचेर पछाडि बसेको छु घरिघरि सम्झन सकुन्जेल आफन्तलाई सम्झेको छु । मैले त अघि नै हारेको थिएँ, यो बाटोमा बाइक चलाउन तर उनले यो बाटोमा कुदाउने हैनन् दौडाउने रहेछन् आम्मूई ! त्यो भीरमा, म आधा बाटोबाटै फर्कें ‘बाँचिरहे मोटर दौडन थालेको छ अर्काे सालतिर आँउला’ भनेर ।
मैले भोलिपल्ट बिहन पनि त्यही बस्तीको अँघेनोमा भात खाएँ । दाफुरीले सिंगटी बाजातिर ओराले र चिसो पानीको मीठो माछाको स्वाद चखाउने जिब्रे सपना देखाएर उकाले फेरि लमाबगरतिर । सिनो हाइड्रोले बनाएको खस्रोबाटोमा तामाकोसी घरि दाइने हुन्थ्यो घरि देब्रे । झन्डै निलो बगेको पानीले उनको मोटरसाइकलको गतिको छाया समात्न नसकेर अवाक् भएकोजस्तो लाग्थ्याथि भीरतिरै मोबाइलले टेलिकमको टाउर समात्यो । कवि हेम प्रभासले मलाई निकै मेहनतले फोन गरेका रहेछन् । मैले हतारमै भने कविजी म भीरको बाटोमा यात्रा गरिरहेको छु त्यसपछि मात्र अरू कुरा भयो । म यो भीरको बाटोमा कहिल्लै नर्फकने गरी हराएँ भने मेरा मित्रहरूले सजिलै थाहापाउन् ‘रमेश सायन भीरको बाट॥नै मोटर कुद्दैनन् कुदे त एकाध स्थानीयका बलिया मोटरसाइकल र कहिलेकाहीँ मन्त्री, प्रधानमन्त्रीका हेलिकप्टरको छाया । तर, दाफुरीको मोटरसाइकलको गति देखेर बानी परेका आँखाहरूले ऊ.... तल फेदीतिरै उनको मोटरसाइकलको आवाजबाटै दाफुरीको यात्रा चालपाउँदा रहेछन् ।
माथि भीरतिरै मोबाइलले टेलिकमको टाउर समात्यो । कवि हेम प्रभासले मलाई निकै मेहनतले फोन गरेका रहेछन् । मैले हतारमै भने कविजी म भीरको बाटोमा यात्रा गरिरहेको छु त्यसपछि मात्र अरू कुरा भयो । म यो भीरको बाटोमा कहिल्लै नर्फकने गरी हराएँ भने मेरा मित्रहरूले सजिलै थाहापाउन् ‘रमेश सायन भीरको बाटोमा यात्र गरिरहेको थियो ऊ फर्केन’ भनेर । त्यस कारण मैले हेमलाई म भीरको बाटोमा यात्रा गरिरहेको छु भनेको थिएँ ।
चौबिसै घन्टा काम हुने सिनो हाइड्रोमा आधा बढी कामदार र प्राविधिक चाइनिज थिए । जसको मेहनतले नेपालमा विकासको उज्यलो पोखिँदै थियो । त्यहाँ पुग्दा लाग्थ्यो नेपाल विकासै विकसको देश हो । यहाँ खोलाहरूबाट उज्यलोमात्र ओर्लन्छन् तर पाखाहरूमा जुनकिरीको आदिम उज्यालो मात्र बल्छ अनि यहाँका बस्तीहरू भिल्लको रज्य हुन् ।
तर जे होस् त्यो साँझ लामाबगर औधी सुन्दर पेन्टिङको रंग बोकेर उभिएको थियो । डाँडाबाट आफ्नै अस्तित्वमा खसिसकेको घामको लुक्न नसकेको धमिलो प्रकाश लामाबगर ओरपरका डाँडामा उभिएर हिमाल चहारीरहेको थियो । पातला जुप्रे होटलहरूमा बेपत्तासँग लोकल रक्सीको गन्ध तामाकोशी किनारासम्म पुगेर बिलाइरहेथ्यो ।
दाफुरीले आजको जिब्रे सपना पूरा गर्लान्÷नगर्लान् । कारण यहाँ जल सिकार गर्न गौरीशंकर संरक्षणले पूर्ण निषेद गरेको रहेछ । तर, मैले बेस्मारी यहाँको सौन्दर्यको गीत टिपेर वरपर दौडिरहेको छु । हाइड्रोको ठूलाठूला क्रसर मेसिनले ढुंगा पेलेर ढुंगाको बाहादुरिता कमजोर बनाएको आवाजले अलिकति खोलाको एक तमासको गीत खोसेजस्तो छ । त्यही पनि यो साँझमा मेरो भागमा प्रशस्त शान्ति परेको भ्रम मेरा दिमागमा उभिएको छ ।

छिप्पिँदै गरेको साँझले हामीलाई होटलेको एक कुनामा थन्काइदियो । लोकल स्वादसँग हल्लिरहेको कुनाकुनामा यार्सा सपना पहाडझैँ उभिएको थियो । चिया गफदेखि रक्सी गफसम्म यार्सा यात्रा आएर उभिएको थियो । धेरै तन्देरी यसपालि यार्सा जोज्ने हिमालतिर नउक्लेकामा पछुताइरहेका थिए । मसँगै यात्रा गरिरहको दाफुरी पनि पछुताउनेको लाइनमा थियो ।
बेलुका चाइनिज क्यम्पको बास पनि यादगार बन्यो । ठूलो हलमा धेरैजनाको बसाइले आआफ्नै पाराका गफ, दूरदराजदेखि आएका मान्छेहरूको फरक शैलीबीच पनि ओठमा एकै खुसीको विम्ब उस्तै सपना र दैनिकी । अबेरसम्म हाँसिरहने यी ओछ्यानहरू मानौँ खुसीका पठशाला हुन् ।

यो लामाबगरको बसाइको भोलिपल्ट बिहानै काठमाडौं हतारोले तानिरहेको थियो । फेरि ओरालै ओरालो झा¥यो ।



मो.९८४३१३९८१६