Social Icons

9.18.2013

लिलामी

  
रमेश सायन

सुख्खा भाग्य हिँडेर रेगिस्थान त भेटिएकै थियो
यति मै काफ्फि हुनुपर्थ्यो
जिन्दगीको अन्तिम सिमाना

तर कहाँ कहाँबाट आइपुग्यो मेरो ठेगानामा
अगेनाबाट आगो चोरेर हिँडेको बतास
र बलिरहयो मेरो अन्तिम इच्छा समेत नसोधी
एककोहोरो तानासाहाको युद्ध जसरी  ।

हाकिम स्केच

               रमेश साय
हाकिम
बिहान नौ बजे
आफ्ना गुच्चा जसता आँखाहरु टेवलमा रखेर
मेरो अनुहारमा भिर दगुरेको देख्छ

आगनमा फुलेको शिरिसको बोटमा 
बसन्त आएर उभिएको भर्खरै हो
तर अझै पनि उसको मगजमा साउन हिँडेको बगर छ
र अनुहारमा कुहिरो पोतिएको पहाड छ