Social Icons

9.05.2012

यत्रा,यार्सा र दाफुरी



                                                                     

रमेश सायन


rashayan@hotmail.com
मान्छेहरू यात्रामा साथी रोज्छन् । म एक्लै, यात्रा गर्नुको आनन्द अरूसँग भेट्दिन । एक्लै हुँदा आफूभित्र मन लागुन्जेल हराउन पाउँछु । आफैँलाई छाम्न पाउँछु । चिमोट्न पाउँछु र दुख्न पाउँछु । रुन, हाँस्न र कुनै पागलखानाको जिन्दगी पोको पार्न सक्छु । त्यसकारण पहाडका भित्ता भित्तामा एक्लै दगुरेको छु तराईका फाँटहरूमा लामो यत्रा गरेको छु । भीरहरूमा एक्लै डराएको छु । तर यसपालाको यत्रामा एक्लै हुन पाइनँ त्यही पनि एक्लै हुन नपाएकामा पछुतो मानेर लोभिनु परेन । यसपालिको फिरन्ते यात्रा दोलखाको मार्बु र अपर तामाकोसीको प्रोजेक्ट वरपर हुँदै लामाबगरसम्मको थियो । जब पहिलो दिन मार्बुको सिरानमा पुगेँ त्यहाँभन्दा पनि विन्दास शेर्पा साथीहरू भेटेँ ।
म कहिलेकाहीँ विनाअर्थ हिँडिदिन्छु,  भीर, पानी र पहराको बाटो बेसमारी दुःख पाउँछु र त्यसपछि आन्दको विश्वासमा हराउँछु ।
आजको यत्रामा पनि बेस्मारी सोचेजस्तै भयो । डर र भीरसँगको त्रास पनि खोजेजस्तै, त्यसपछिको आनन्द कल्पना गरेजस्तै भयो । जब मार्बु पुगेँ ।
त्यसबेला घाम डिलबाट ओर्लने अन्तिम तयारीमा थियो । भीरमा उभिएको कुनै फूलको बोटजस्तो लाग्ने यो मार्बुकोे सानो शेर्पा बस्ती औधी शान्त मुडमा साँझको लय टिपेर उभीरहेजस्तो लाग्थ्यो । एउटा घरमा मात्न बाँकी आँगन थियो । आँगन टेकेर उभिनेहरूका लागि सोझो उभिनु युद्ध जित्नुजस्तै गाह्रो भइसकेको थियो । मैले पनि पिँढीको सुकुलमा आतिथ्य पाउनेबित्तिकै गिलासमा चिसो स्वाद भेटेको थिएँ । सिधै गौरीशंकरलाई छोएर बहने हिउँको चिसो बतास मार्बुको टाउकोमा आएर उभिएझैँ लाग्थ्यो । बाँदरसमेत उक्लन नसक्ने कुमारी भीर आँखामा ठोक्किएपछि खुट्टाले आफ्नो उभिनुपर्ने धर्म पनि बिगारेर काम्थ्यो ।
पछिल्लोपल्ट विकासको पाइला सहरबाट उम्किएर भीर पाखा हुँदै । यो दूर हिमाली गाँउसम्म आइपुगेको छ जसको साक्षी यो शेर्पा बस्तीको सिरानै सिरान भएर दौडने केही टिपेर र ट्याक्टरहरूका कडा आवाजहरू हुन् । भीर खोपेर बनाइएका यी बाटाहरूमा यात्रा गर्नुको आन्नद जीवनकै रोमाञ्चक काइदाहरूको हिट सूचीमा दर्ता हुन्छन् ।
साँझपख यो गाँउ खुसीको विम्ब बोकेर झुरुक्क उठेझैँ लाग्छ । मानौँ यी बस्तीहरूमा मुस्कान जन्मजात पेवा सम्पत्ति भएर आएका हुन् । सानो बालक होस् वा जीवनको भीरबाट ओरालो खस्नै लागेको वृद्ध ऊ पहिले मुस्कान पोतेर हितको बात गर्छ ।
यता काठमाडौंका गल्लीहरूमा जातीय पहिचानको नाराले पर्खाल चर्कनै लागेको बेला उता मार्बु र त्योभन्दा माथिका तामाकोसी किनारका शेर्पा बस्तीहरू यार्सा सपना पोको पारेर हिमालतिर दगुरिरहकेका थिए । साँझपख लोकल रक्सीले भरिएको मेरो गिलासमा आधाभन्दा बढी त प्रेम नै थियो होला । अँघेनाबाट आएको तातो रापले आङदोर्जे, निमा, दाफुरी, मिङमा, डोल्मा, पासाङल्हामु, जनकपुरका संजय ठाकुर र मलाई एकै लयमा बराबर सेकिरहेको थियो अनि बराबर प्रेम पोखिरहेका थियां । एक अर्कालाई त्यो रापिलो अँघेनाको डिलमा । न त्यहाँ संजय ठाकुर एक मधेस एक प्रदेशको भाषा जान्दथे न म ब्राह्मणलाई आदिबासी घोषणा गरेकोमा खुसीको भ्रम पोख्थे न ती शेर्पा साथीहरू आफ्नो जातिप्रति गर्व गरेर अँघेनाको डिलमा पोखिन्थे । हामी त एक रंग, एक आकारमा बाँचेका थियौँ । यता काठमाडौंतिरका केही कवि भनिने साथीसमेत फेसबुक वालमा जातीय नारा टाँगेर आफ्नो वर्गको हित गरेको छु भन्दै प्रेम र सामीप्यतामा बार लगाउन खोजिरहेका थिए ।
भोलिपल्ट दाफुरीले भीरको बाटोमा यत्रा गराउने प्रस्ताव राखे । मार्बुको माथि सिरानतिर दुईवटा मिनी साइजका हाइड्रो पावर खुलेको रहेछ । उनले उतै दगुराए । मोटरसाइकलको यत्रामा मुटु थिचेर पछाडि बसेको छु घरिघरि सम्झन सकुन्जेल आफन्तलाई सम्झेको छु । मैले त अघि नै हारेको थिएँ, यो बाटोमा बाइक चलाउन तर उनले यो बाटोमा कुदाउने हैनन् दौडाउने रहेछन् आम्मूई ! त्यो भीरमा, म आधा बाटोबाटै फर्कें ‘बाँचिरहे मोटर दौडन थालेको छ अर्काे सालतिर आँउला’ भनेर ।
मैले भोलिपल्ट बिहन पनि त्यही बस्तीको अँघेनोमा भात खाएँ । दाफुरीले सिंगटी बाजातिर ओराले र चिसो पानीको मीठो माछाको स्वाद चखाउने जिब्रे सपना देखाएर उकाले फेरि लमाबगरतिर । सिनो हाइड्रोले बनाएको खस्रोबाटोमा तामाकोसी घरि दाइने हुन्थ्यो घरि देब्रे । झन्डै निलो बगेको पानीले उनको मोटरसाइकलको गतिको छाया समात्न नसकेर अवाक् भएकोजस्तो लाग्थ्याथि भीरतिरै मोबाइलले टेलिकमको टाउर समात्यो । कवि हेम प्रभासले मलाई निकै मेहनतले फोन गरेका रहेछन् । मैले हतारमै भने कविजी म भीरको बाटोमा यात्रा गरिरहेको छु त्यसपछि मात्र अरू कुरा भयो । म यो भीरको बाटोमा कहिल्लै नर्फकने गरी हराएँ भने मेरा मित्रहरूले सजिलै थाहापाउन् ‘रमेश सायन भीरको बाट॥नै मोटर कुद्दैनन् कुदे त एकाध स्थानीयका बलिया मोटरसाइकल र कहिलेकाहीँ मन्त्री, प्रधानमन्त्रीका हेलिकप्टरको छाया । तर, दाफुरीको मोटरसाइकलको गति देखेर बानी परेका आँखाहरूले ऊ.... तल फेदीतिरै उनको मोटरसाइकलको आवाजबाटै दाफुरीको यात्रा चालपाउँदा रहेछन् ।
माथि भीरतिरै मोबाइलले टेलिकमको टाउर समात्यो । कवि हेम प्रभासले मलाई निकै मेहनतले फोन गरेका रहेछन् । मैले हतारमै भने कविजी म भीरको बाटोमा यात्रा गरिरहेको छु त्यसपछि मात्र अरू कुरा भयो । म यो भीरको बाटोमा कहिल्लै नर्फकने गरी हराएँ भने मेरा मित्रहरूले सजिलै थाहापाउन् ‘रमेश सायन भीरको बाटोमा यात्र गरिरहेको थियो ऊ फर्केन’ भनेर । त्यस कारण मैले हेमलाई म भीरको बाटोमा यात्रा गरिरहेको छु भनेको थिएँ ।
चौबिसै घन्टा काम हुने सिनो हाइड्रोमा आधा बढी कामदार र प्राविधिक चाइनिज थिए । जसको मेहनतले नेपालमा विकासको उज्यलो पोखिँदै थियो । त्यहाँ पुग्दा लाग्थ्यो नेपाल विकासै विकसको देश हो । यहाँ खोलाहरूबाट उज्यलोमात्र ओर्लन्छन् तर पाखाहरूमा जुनकिरीको आदिम उज्यालो मात्र बल्छ अनि यहाँका बस्तीहरू भिल्लको रज्य हुन् ।
तर जे होस् त्यो साँझ लामाबगर औधी सुन्दर पेन्टिङको रंग बोकेर उभिएको थियो । डाँडाबाट आफ्नै अस्तित्वमा खसिसकेको घामको लुक्न नसकेको धमिलो प्रकाश लामाबगर ओरपरका डाँडामा उभिएर हिमाल चहारीरहेको थियो । पातला जुप्रे होटलहरूमा बेपत्तासँग लोकल रक्सीको गन्ध तामाकोशी किनारासम्म पुगेर बिलाइरहेथ्यो ।
दाफुरीले आजको जिब्रे सपना पूरा गर्लान्÷नगर्लान् । कारण यहाँ जल सिकार गर्न गौरीशंकर संरक्षणले पूर्ण निषेद गरेको रहेछ । तर, मैले बेस्मारी यहाँको सौन्दर्यको गीत टिपेर वरपर दौडिरहेको छु । हाइड्रोको ठूलाठूला क्रसर मेसिनले ढुंगा पेलेर ढुंगाको बाहादुरिता कमजोर बनाएको आवाजले अलिकति खोलाको एक तमासको गीत खोसेजस्तो छ । त्यही पनि यो साँझमा मेरो भागमा प्रशस्त शान्ति परेको भ्रम मेरा दिमागमा उभिएको छ ।

छिप्पिँदै गरेको साँझले हामीलाई होटलेको एक कुनामा थन्काइदियो । लोकल स्वादसँग हल्लिरहेको कुनाकुनामा यार्सा सपना पहाडझैँ उभिएको थियो । चिया गफदेखि रक्सी गफसम्म यार्सा यात्रा आएर उभिएको थियो । धेरै तन्देरी यसपालि यार्सा जोज्ने हिमालतिर नउक्लेकामा पछुताइरहेका थिए । मसँगै यात्रा गरिरहको दाफुरी पनि पछुताउनेको लाइनमा थियो ।
बेलुका चाइनिज क्यम्पको बास पनि यादगार बन्यो । ठूलो हलमा धेरैजनाको बसाइले आआफ्नै पाराका गफ, दूरदराजदेखि आएका मान्छेहरूको फरक शैलीबीच पनि ओठमा एकै खुसीको विम्ब उस्तै सपना र दैनिकी । अबेरसम्म हाँसिरहने यी ओछ्यानहरू मानौँ खुसीका पठशाला हुन् ।

यो लामाबगरको बसाइको भोलिपल्ट बिहानै काठमाडौं हतारोले तानिरहेको थियो । फेरि ओरालै ओरालो झा¥यो ।



मो.९८४३१३९८१६

9.04.2012

नीला फूलहरूको सहर




रमेश सायन


rashayan@hotmail.com
आज थाहा भयो यो सहरमा पनि औधी सुन्दर कुरा रहेछन् । मेरो टाउकामाथि फुलेका ठीक नीला शिरीषका फूलले यो सहरको हरेक गल्ली, चोक र जिन्दगीजस्तै लामा र पट्यार लाग्दा यी सडकहरू प्रायः कामुक बनाएका छन् । मान्छेहरू बेपत्तासँग हतारमा दगुरिरहेका छन् । धरहराजस्तै अग्लो तर जग धरमराएको हजार सपना बोकेर हिँडेका यी मान्छेमध्ये धेरै प्रतिशत दूर गाउँबाट उदाउँदै गरेको एक मुठ्ठी घाम बोकेर यहाँसम्म आएको हुनुपर्छ । (जस्तो म पनि यिनै मान्छेको लाइनमा गनिन्छु) तर यो सहरमा आउँदाआउँदै वा आएपछि पनि कति ठाउँमा औंलाका मसिना कापबाट घाम चुहिएर धुलोमा खस्यो होला, यसको अंकगणितमा हिसाब छैन । त्यही पनि यो विशाल कंक्रिटका जंगललाई समेत कोमल बनाएर फुल्ने यी नीलाम्मे शिरीषका बोटले मनलाई उत्साहित बनाएको छ, पैतलामा जाँगर र पाखुरामा जोस भरेको छ । आँखामा, दुःख बिसाउने सौन्दर्य भरेको छ । लाग्छ फूलले यो सहरमा अन्तिम धर्म निभाइरहेको छ ।
मसँग यी नीला फूल र प्रेमको अनुभव पनि छ । त्यसकारण पनि म फूलहरूसँग आज नजिक छु । कहिलेकाहीँ लाग्छ यी फूलहरूसँग मेरो मात्र हृदय जोडिएको छ । कुनै बेला हामी घन्टौं बसेर प्रेमका गफ गथ्र्यौं । फूलहरू जस्तै नीलो सहरको कल्पना गथ्र्यांै । उसबेला लाग्थ्यो फूल हाम्रै लागि मात्र फुलेको हो ।
म दरबारमार्गमा छु । यहाँ पनि फूल आफ्नै गतिमा फुलेको छ । घरिघरि लाग्छ हरेक थुँगामा मेरोमात्र एकलौटी पुराना स्मृति बोकेर उभिएको छ । घाम मध्याह्नको चरम बैँस बोकेर कडा रुपमा मेरो ठीक टाउको माथि खसेको छ । धेरै मान्छे मेरो समानान्तर रेखाबाट कुदिरहेका छन् । उनीहरूको अनुहारमा सिंगो मान्छेको विम्बबाहेक अरु पनि केही छ । जस्तो कि, माग्ने, धनी, गरिब, श्रमिक, मजदुर, मालिक, व्यापारी झन्डावाल गाडीमा सवार कुनै नेता, विद्यार्थी किशोर किशोरीहरू र मजस्तै शैलीका केही बेरोजगार युवा । हुन त यी मान्छेभित्र, यो सहरले मात्र बुझेको गोप्य र अन्तिम विम्ब, पत्ता लगाउन बाँकी बहूमल्य खानीझैँ कतै नदेखिने कुनामा होला । तर, अहिले यी सडकमा पोखिएका सरल विम्बहरू यिनै हुन् ।
मेरै छेउमा उभिएर एकजना विदेशीले क्यामरा निकाल्यो र फूलहरूलाई अगाडि राखेर दरबारसहितको फोटो खिच्यो । एक्लो तर फूर्तिले त्यो ठिटोले मेरो शान्ति भंग गरेकामा माफी माग्दै भन्यो, ‘यो पुरानो रजदरबार हैन ? अहिले राजा कहाँ छन् ?’ मलै शान्त स्वरमा भनेको हुनुपर्छ । (उसको ओठको मुस्कानको भावले त्यस्तै देखाएको थियो । ) ‘यो दरबार पुरानो पनि होइन र नयाँ पनि होइन अनि अहिले राजा आफ्नै घरमा छन् ।’ उसले के कति बुझ्यो मलाई थाहा भएन तर ऊ अघिकैजति हाँसेर भनेको थियो, ‘गणतन्त्र आएपछि राजाले दरबार छाडेका हैनन् ?’ मैले हो भनेँ । उसले फेरि भन्यो, ‘त्यसो भए अहिले देशमा पहिलेको भन्दा परिवर्तन र शान्ति छ हैन ?’ मैले फेरि पनि हो मात्र भनेँ । मलाई यो मान्छेको प्रश्नभन्दा फूलहरू नै सुन्दर लागिरहेका थिए । त्यसपछि उसले क्यामरा अलि ठाडो पारेर दरबारको अन्तिम चुच्चो र नीलो आकाश एउटै फोटो फ्रेम लियो ।
मानौँ धेरै पहिलेदेखिको चिनजानको शैलीमा उसले आफ्नो क्यामराबाट मलाई केही फोटो पनि देखायो । मैले ‘सुन्दर र मेरो देश राम्रो छ’ भनँे । उसले मेरो नाम सोधेन र मैले पनि उसको नाम र देश सोधिनँ त्यसपछि ऊ पछाडि फर्केर घन्टाघरतिर लाग्यो ।
ऊ गएकैतिरबाट एकजना ठेलावाला । ठेलामा फर्निचरका सामान हालेर आफूले सकुन्जेलको गतिमा ठेल्दै पूर्वतिर लाग्यो । मानौँ उसको श्रमको अन्तिम म्याराथन दौड हो । उसको लामो छाया दरबारको पर्खालको माथि–माथिबाट हिँडिरहेको छ । उसका खाली पैतला, तालुमा झर्न बाँकी केही कपाल, औधी मैलो कपडाबाट आउने पसिनाको अमिलो गन्धले त्यो अघिकोे विदेशीले जति यो देशमा आएको परिवर्तनको अनुभव ग¥यो कि गरेन ? यो परिवर्तनपछि उसले आफ्नो जीवन सरलरेखामा बुझ्यो कि एब्स्ट्र्याक शैलीमा ? मेरो आँखाको दूरीले थेगुन्जेल उसैलाई हेरिरहेँ । यी नीला फूलहरू र यो नीलो आकाशले मलाई जस्तै उसलाई पनि औधी रमाइलो लाग्छ कि भरे बल्ने निश्चित नभइसकेको अँगेनाको मात्र चिन्ता हुँदो हो । ऊ मेरो आँखाबाट हराइसक्दा पनि उसको स्केच मेरो मथिंगलमा जमिरह्यो ।
केही कडा बतास आयो र हाँगाहरूबाट नीला फूलहरू भुइँमा खसाल्यो । भुइँ पनि उत्ति नै सुन्दर देखियो ।
धन्न सहरमा पनि वसन्त नबिराई आइपुग्छ । फूलले आफ्नो सौन्दर्यता नलुकाई देखाउँछ । बतासमा बासना नडराई दगुर्छ । बिहान घाम नबिराई झुल्कन्छ । घाँसमा शीतको संगीत उही गतिमा बिउँझन्छ र यो सहरको अस्तित्व आदिमदेखि अहिलेसम्म छ । सडकको किनारमा फुलेका यी फूलले मान्छेपिच्छे भेद छुट्याउने कष्ट गर्दैनन् । घाम उही तापमा हरेकको आँगनमा ओर्लन्छ । घन्टा घरको सुई कुनै बादशाह वा सम्राट्को आदेश मान्दैन । गाउँबाट आइपुगेको सिधा आँखालाई टुँडिखेलको सालिकले तर्र्र्साएझैँ तर्सिंदैन, यी फूलहरूमा दर्गुने संगीतको लय । मेरा आँखाले फेरि एकपल्ट फूलको सौन्दर्य मस्तिष्कमा झुन्ड्याइदियो । एकपल्ट फेरि यिनै नीला फूलहरूजस्तै नीलो सहरको कल्पना ग¥यो, जुन हरेक वर्ष चोकमा उस्तै सौन्दर्य बोकेर गर्वका साथ उभिन्छ ।
कडा धुवाँ फालेर एउटा पुरानो ट्रक मेरो आँखाअगाडिबाट दौडियो । अचेल यी काठमाडौंका सडकले आफ्नो अनुहार फेरिरहेका छन् सवारीसाधनहरूको हतारको गति पनि बढिरहेको छ । कतैकतै सपनाका सडकजस्ता अग्रिम नक्साहरू पनि अखबारका पन्नाहरूमा उभिएका छन्, जसले आँखामा समृृद्धिको विम्ब टाँगेको छ । कुनाकुनामा विशाल अपार्टमेन्टहरू कुनै शक्तिशाली शासकको सुरक्षामा अनुशासित भई उभिएका सिपाहीझैँ सानसँग उभिएका छन्, जसले हवाइजहाजबाट खस्ने छाया भुइँसम्म ओर्लन दिने छैनन् । चोकचोकमा विशाल सपिङ महलहरू, पर्फिमको गन्ध र पसिनाको गन्धको शक्तिशाली सीमानाको पर्खाल भएर उभिएको छ । जसका छतहरूले यो देशको आधाभन्दा ठूलो भूगोललाई लिलिपुट देखिरहेछन् र परिवर्तनको अग्रिम पेश्कीसमेतको अनुभव लिइसकेका छन् ।
तर, कतै यही भूगोलमा धेरै मान्छेलाई राम्ररी खान पाउनु नै परिवर्तनको अनुभव हुनेछ । धेरैलाई वर्षांै पहिले हराएको छोरो, लोग्ने, आमा बाबु, दाजु, दिदी, वा आत्मीय आफन्त भेट्नु नै ठूलो परिवर्तनको अनुभूत हुनेछ । कसैलाई हिउँदमा न्यानो लुगा लगाउनु र वर्षमा एकाधपल्ट मीठो खानु पनि परिवर्तनको अनुभव हुनेछ । सहरभन्दाबाहिर जहाँ दूरदराजमा देशको अनुहार बोकेर यो भूगोल उभिएको छ । त्यहाँ पनि मान्छेको सपना रोपिनुपर्छ, रहर टाकुरामा उभिनुपर्छ ।
अबका केही दिनपछि यो सहरमा आएको कुनै नयाँ आगन्तुकलाई यी सडक किनाराभर औधी सुन्दर नीला फूल फुलेका थिए भन्दा उसले पटक्कै विश्वास नगर्ने गरी यी शिरीषका बोटहरू उदास मुड उभिने छन्, जसका हाँगाले आगन्तुकलाई आत्मीय आफन्तको मृत्युको सम्झना पनि दिन सक्छ र बेसमारी गाली गर्दै ‘यी हाँगामा तिमीले भनेको जस्तो कहिल्यै फूल फुल्न सक्दैन’ समेत भन्न सक्छ । यो समयले देखाउनेगरी गरेको परिवर्तन हो । यसरी आँखाको किनारमा परिवर्तन नउभिने हो भने शिरीषमा वसन्तको महत्व कुन किताबमा लेखिने थियो होला र कुन हृदयमा उभिने थियो होला । हरेक समय परिवर्तनको किताब बोकेर आउँछ, जसलाई पढ्न सक्नेहरू समयको राजमार्गमा गति दौडाउँछन् र अन्तिम सपनाको लागि बिउँझिरहन्छन् ।
मेरा आँखाले परपरसम्म भुइँ र रुखका हाँगा एकैपल्ट हेरेर भ्यायो । बोटमा जत्ति नै भुइँमा पनि फूल निल्लै भएर झरेका थिए । यी फूल अब आउने समयको परिवर्तनका लगि झरेको हुनुपर्छ । मनले भन्यो ।

 मो.९८४३१३९८१६

एउटा रहरको सम्झना



Ramesh sayan

हामी सानामा एैसेलुको बोट भाग लगाउँथ्यो र आ–आफ्नो बोटको मात्र टिपेर खान्थ्यो । एैसेलु पाकुँनजेल विद्यालय नछुटाई जान्थ्यो कारण साथीहरुले आफ्नो बोटको एैसेलु चोरेर खाई दिने डर हुन्थ्यो । हात,जिउ र अनुहार काँडाले चिथोरेर, रत्ताम्मे बनाई दिन्थ्यो तहि पनि एैसेलुको स्वदलाई जित्न सक्दैन थियो दुखाईको पिडाले । एैसेलु,काफल,जामुन पाक्ने मैहिना गनेर बस्थ्यौँ ।
आज ती दिनहरु बिस्तरै पाका भएर जाँदैछन् । फुर्सदका दिनहरुमा सम्झने मेलो भएकाछन् । अजै एक पल्ट केटा केटी हुन पाए म एैसेलुका काँडाले चिथोरेको दुखाई एैसेलुकै स्वदहरुसँग साटेर उफ्रिने थें । मुखिय बाको निजी वनको काफल  चीचिलामै चोरेर खाइदिने थें । आमासँग मामाघर जान लगातार दुई दिनसम्म रुने थें । खन्युको रुखको टुप्पोमा पुग्दा समेत लडेर मर्छु भन्ने डर शून्य चेतनाबाट भगाई दिने थें र विद्यालयमा गुरुले सजाए दिँदा आफु पनि सर भएर यी गुरुलाई यसै गरि पिट्छु भनेर उल्टो सपना देख्ने थिएं ।
विस्तारै समयले मेरो टाउकोमा सपना, रहर, र ईच्छाहरु पोको पारेर झुन्ड्याई दियो । विसतारै समयले बालकबाट युवा र युवाबाट वृद्ध तिरको बाटोमा लखटने योजनामा छ ।
समयले,मेरो हातबाट खरिपाटी खोसिदियो । दसैंमा मैले पाउने नयाँ नाना र चिचीपापा खोसिदियो, मामा घर जाने रहरको बाटो, खोलाको किनारामा उभिने छाँया र मसिना भुर्रा माच्छा पनि खोसि दियो । खोसि दियो चाकाचुलि, मोजाको भकुन्डो, बेंसी जर्ने रहर आदी आदी ।
आज  विहानै देखि कौसिमा उभिएर समय र मेरो जिन्दगीसँगको वासलत हेरि रहेंछु । हावाले उडाएको बादलको टुक्रा टुक्रि छाँय मुनि स–साना नानीहरु विद्यालय जाँदै गरेको गोरेटो बाटो छ । जसले मेरो पुराना स्कुले बाटो झोलामा बोकेर हिडिरहे जस्तो लागि रहेछ ।
तिनै नानीहरु मध्ये एकले हाँगामा बसिरहेको एक जोडि चरालाई ढुङ्गाले हानेर उडायो । ती नानीको हातको निसाना चुक्यो । चरा आकासमा बेपत्तासँग उड्यो र आकासमै कतै हरायो । हामी पनि विद्यालय जाँदा चरा लखेटी लखेटी उडाउँथ्यो ।
एक ताका बाटो छेउको ठूलो उत्तिसको रुखमा ढुकुरले गुँढ लगायो । अण्डा पार्यो र बच्चा कोरल्ने बेला भयो । दुई अण्डा मध्ये एउटा बाट चल्ला आफै निस्क्यो र अर्को हामीले फुटाएर निकाल्यो । हामीले फुटाएर निकालेको चल्ला सानो थियो र अर्को ठूलो । हामी दुई जना साथीहरु मध्ये एक एक ओटा चल्लो बाँडेर घर लाने भयौँ तर सानो चल्लो कस्ले लाने भन्ने विषयमा झगडा भयो न साथीले चल्ला लाना पायो न मैले । ढुकुरलाई डिस्टब व्भएछ क्यर पछि बच्चा सहित गुँढ सार्यो ।
हरेक तन्नेरी र वृद्धहरुलाई सबै भन्दा ठूलो रहर बालक हुने हुँदो हो । घण्टा घरको सुइ एक पल्ट उल्टो घुमेर सारा मानिसलाई तोते बोली र बामे सर्दै गरेको घुँडामा फर्काइ दियो भने यो विश्वा खुसि हुँदो कि रुँदो हो म छुट्याउँन नसक्ने चेतनामा छु ।
मान्छेको यो आकासिदै गरेको गति,जहिले पनि उकालै बग्दो छ । यो आकास तिर दौडिरहेको गतिले गुरुत्व आर्कषणको नियमलाई फेल बनाएको छ । त्यसकारण पनि मान्छे मर्नु भन्दा गघि एक पल्ट बच्चाहुन चाहन्छ होला ।
शनिबारको एक बिहान, मन्दिरको देवलमा बसेर नौ दशक पारिको जिन्दगी घाममा सेकाई रहेका बृद्ध मानिससँग गफिदै जाँदा भनेका थिए । “मलाई एकपल्ट बच्चा भएर धित मरुन जेल रुने रहर छ । अनि आज भोलि तपाँइहरु जस्ता पुस्ताले देख्ने विचित्रको तन्नेरी सपना देख्ने पनि रहर छ ।”
पुस्ता त ती बाले भने कै  पुस्ताको हुँ । तर म पनि ती बा कै रहर मध्ये एक समानन्तर रहर बोकेर हिडिरहेको छु ।
 विद्यालय जाँदै गरेको नानीहरुको छायाँले होस् कि चराहरुले आकसबाट खसालेको पखेंटाले होस् वा गहुँ काटि सकेको नाङ्गो बारिका गराहरुले हुन मलाई आफ्नै पैतलाले टेकेको पुराना दिनहरुमा हुत्याई रहेको छ । यति खेर ।
चैत्र अन्तिम तिर गहुँ काटेको बाँजो खेतमा हामी एक एक बाला शिला खोजेर, किलो पुर्याउँ थियौं । बेच्थ्यो र रहर पुँगुन जेल मुरै भुजा र आलु चप खान्थ्यो । यी रहरहरु चाँहि म तराई ओर्ले पछि विउँझेको, झन्डै किशोर रहरहरु हुन् ।
यो कौसिमा बसेर, म दुई कुरा बीचको  कल्पनामा पौडिरहेको छु । एउटा केटा केटि हुने रहर र अर्को भोलि असाध्ये बृद्ध हुनु पर्ने डर । धन्न म यति खेर मध्ये बैंसमा दगुरी रहेको छु र एकै पल्ट दुई कुरा सोच्न सकिरहेको छु ।
भोलि यसरी हिड्न नसक्ने, यसरी बोल्न नसक्ने, रहरहरु विस्तारै मर्दै मर्दै जाने र सपनाहरु मृत भएर सिरानेमा पल्टने दिनहरु पनि आउँछन् । बृद्ध आश्रममा थन्क्याएर आफ्नै जिन्दगी म के सोचौँला ? त्यतिखेर सबै भन्दा बढि बच्चाहुन मनलाग्ला कि सपनै मात्र देखिरहने तन्नेरी हुन । नाक ओरी परि झिंगाहरुको ओइरो लाग्ला, गाला भरि बूढो दारी सकि नसकि उम्रेला । आफ्नो अस्तित्व जोगाउने अन्तिम तयारीमा उघिंरहला एउटा बृद्ध घाट । मृत्यु प्रिय लाग्ला कि एक कोहोरो ओहिरी रहला बाँच्ने रहर, मष्तिकषको कुनामा ।
पारि खालि खेतमा चार पाँच जना बच्चाहरु लुकि डुम खेलिरहेकाछन् । अलि परबाट एक जना बृद्ध मानिस लौरो टेकेर त्यहि बाटो भएर आई रहेछ । कस्तो सम्योग ? म बच्चा र बृद्धको बारेमा सोचिरहेछु र आँखाले त्यहि दृष्य टिपिरहेछ ।
बच्चाहरु आफ्नै शुरमा खेलिरहेकाछन् र त्यो बृद्ध मानिस चाहि बच्चाहरु हेरेर टोलाई रहेको छ । सायद ऊ यसबेला आफ्नो प्रिय बच्पन तिर फर्कदै होला ।
एक पल्ट कवि बोनम प्रतापले “बाउ र फूल” शिर्सकको कविता सुनाए पछि, भनेका थिए “मलाई मर्छु भन्ने डर छैन बूढो हुन्छु भन्ने मात्र डर छ ।” बोनम प्रताबको त्यो कविता सुने पछि,किन मान्छेले फुलेको कपाल लुकाउन चाहन्छ र किन नक्ली दाँत लगाउने रहर राख्छ भन्ने कुराको उत्तर भेटे जस्तो लागेको छ ।
मान्छे आफ्नो उमेरको गति रोक्न चाहन्छ । फैलाउन चाहन्छ आयुको टुडिखेलमा बच्चा, किशोर र युवाको आयतन ।
पोहोर सालसम्म जन्म दिन धुम धामले मनाउने एक मित्रले यसपाली जन्म दिन मनाएनन् र भने ”जिन्दगीको भर्याङबाट आयु ओराली रहने जन्मदिन मनाएर कति आफुलाई एैना अगाडि बृद्ध भएको घोषणा गरिरहनु ।”
ती मित्रको भनाई र कवि बोनम प्रतापको कविताले मलाई घरको यो कौशीबाट लगातार बच्चाका दिनहरु तिर धकेली रहेको छ । धुलो माटो, हिलो बाटो हुँदै आमाको कोखैसम्म पुर्याई रहेको छ ।
बच्चाहुनु भनेको शून्य चेतनामा हराउनु हो । कल्पना रहित संसारमा डुब्नु र एउटा स्वर्णिम समय बाँच्नु हो । मान्छे जहिले पनि रहर र सपना देखि रहन्छ । गुमेको कुरामा लोभिरहन्छ त्यस कारण पनि मलाई सबै भन्दा बढि बितेका दिनहरुको लोभ लागि रहेको छ ।



बेराग पात्रहरुको 


- रमेश सायन
म आफू एउटा कथा हुँ । भेटेका हरेक मान्छे पात्र हुन् । जसको बजारमा माघ छैन । पाठक छैनन् र दोस्रो संस्करण निसकने छैन । बाच्ने शैली बेरागात्मक छ । बिगत सम्झने उत्तिसाह्रो फुर्सैद छैन । मानौ ती पात्रहरु हावाले उडाउँदै गरेको कपासको छायाँ हुन् जो अब दोहोरिएर म बाँचेको बाटो फर्कने छैनन् । एकाद पात्रहरुले कतैन कतै पछाई रहेकाछन् । जीवनसँग कतै न कतै आएर ठोक्कि रहेकाछन् । र, ती नै पात्रहरुलाई कहिलेकाँही फल्यस ब्यगमा उभ्याएर उनीहरुसँगै बेराग बगिरहन्छु ।
दुई वर्ष पहिले जीवनसँग थाकेका, प्रगतिमा ओरालो खसकदै गरेका एक जना मित्र पूजा पाठ गर्न र देवलय भाकल गर्न थालेका रहेछन् । जसले मलाई उनले चिनेका एक ज्योतिष कहाँ साथीको नाताले लिएर गएका थिए । ती मित्रलाई “शनिको दसा छ । ग्रह दसा को पाठपूजा गर्नु । शनिबार वर आएका सन्यसी योगीहरु ।
पैताला सम्म खसेको लट्टे दारी, उस्तै आकारको कपाल,पुरै खरानी दलेको खाई लाग्दो जउस दिन देखी आजसम्म मेरो जीवन उही गतिमा धकेलिरहेको छ । कतै संगीतको राग जस्तो शैली मिलेको तरंग छैन । भविेको थियो । उसैको छेउमा उभिएँ, नाम र घर सोधँे । योगीहरुसँग सपना हुदैन, सपना र रहर नभएको मान्छे रिसाउँदैन भन्ने लागेको थियो तर त्यो योगीले मलाई रिसाएर भन्यो । “योगीको नाम, घर, थर, र जात सोध्ने तँ कोहोस् ।” म उठेर हिड्न खोजँे । उति नै खेर कुनै विदेशीलाई टेक वीथ मि पिक्चर, वान पिक्चर टु हन्ड्ररेड भनिरगन्ध र मेरो मथिङ्गलमा म भन्दा पञ्चहत्तर वर्ष जेठी र बीस वर्ष पहिलेको भोल्टि सर्किनीको अनुहार पौडिरहेको छ । मेरो आँखामा उनका, भिराला खेतका गह्रा जस्ता यान । यो भन्दा अगाडी त्यत्तिको बलियो योगी कहिलै देखेको थिइन जसले आफ्नो छोप्नु पर्ने एक अंश मात्र छोपेको थियो । उसैको छेउमा उभिएँ, नाम र घर सोधँे । योगीहरुसँग सपना हुदैन, सपना र रहर नभएको मान्छे रिसाउँदैन भन्ने लागेको थियो तर त्यो योगीले मलाई रिसाएर भन्यो । “योगीको नाम, घर, थर, र जात सोध्ने तँ कोहोस् ।” म उठेर हिड्न खोजँे । उति नै खेर कुनै विदेशीलाई टेक वीथ मि पिक्चर, वान पिक्चर टु हन्ड्ररेड भनिरहेको थियो । सम्झँे, भरे उसकी स्वस्नीले उसको खल्तिबाट सन्ध्यकालीन आय ्न आउनेहरुलाई थांग्रोबाट मकैका जुक्ता ओरालेर कुनै रहर नबोकी बाँचेकी हुन्थिन् ।
गाला र तुषारोको बिहान जस्तो कपाल तैरिरहेको छ । जसलाई मेरबा र हजुरबाले कहिल्लै हाम्रो मजेरीको रङ्ग उनको आँखाको नानीमा पर्न दिएनन् । घरको दलिन उनका औँलाका चक्रले छाम्न दिएनन् । उनी मलाई कान्छ बाजे भन्थिन् । म उनलाई “भोल्टि र तिमी” सम्म भनेर सम्बेधन गर्थे । जस्तो मलाई सिकाइएको थियो । हाम्रो बेसीमा उनी असार रोपिन्थिन् र मंसिरमा बिस्कुन सुक्थिन् । हरेक साँझ उनी आफ्नो अगेनमो बल्थिन कि बल्दिन थिईन मलाई राम्ररी ाबरको हुनु पर्छ । मलामीहरु मेरो एम. ए. कक्षाका संख्या जति छन् । सबै तन्देरी छन् । लासको उमेर र मलामीको उमेर प्राय मिल्छ । रुनेकाहरुको संख्य धेरै छैन । एक जना ठूलो स्वरमा धित मर्ने गरि रुहिरहेको बा र हजुरबाले कहिल्लै हाम्रो मजेरीको रङ्ग उनको आँखाको नानीमा पर्न दिएनन् । घरको दलिन उनका औँलाका चक्रले छाम्न दिएनन् । उनी मलाई कान्छ बाजे भन्थिन् । म उनलाई “भोल्टि र तिमी” सम्म भनेर सम्बेधन गर्थे । जस्तो मलाई सिकाइएको थियो । हाम्रो बेसीमा उनी असार रोपिन्थिन् र मंसिरमा बिस्कुन सुक्थिन् । हरेक साँझ उनी आफ्नो अगेनमो बल्थिन कि बल्दिन थिईन मलाई राम्ररी थाहा भएन । तर उनी जीवन बोकेर हाम्रो घरमा बेसाहा किन्न आउनेहरुलाई थांग्रोबाट मकैका जुक्ता ओरालेर कुनै रहर नबोकी बाँचेकी हुन्थिन् ।
मैले आँखाको बाराबर बिन्दुमा मेरा हजुरबा र भोल्टि सर्किनीको लास जलि रहेको सम्झिएँ । जो यिनै लासहरु झै बराबर गनाई रहेकखाएर आत्महत्या गरेछ । ठिक्कैछ उसको मृत्यु उसको अधिकार, बाँच्न मन लागेन म¥यो । के भयो त ? कसैले कायर भनेर उसको जीवनको स्तर घट्ने छैन अव । आफ्नो जीवनयुद्धमा सहिद भयो । सकियो । आत्महत्य गर्नु कायर हैन बाहादुरिता हो । मन्ले भन्यो ।
तर एक पल्ट मर्नु छ किन साईनाईट खाएछ मनमा उसको मृत्युको पछुतो फैैलियो । बिचराले मर्नुको आन्नद लिन पाएन । मर्नै पर्ने भए बिस्तारै घाटिमा ब्लेडले सानो नसाकाटेर मृत्युको अनुभब लिईलिई मर्नु राम्रो हो ।
बाग्मती अल्छि मानि मानि बगेको छ । पानीको धर्म बग्नु हो छ । बुझदा उसको बाबु रहेछ । टी.यू. मा एम.एसी. पढ्दा पढ्दै साईनाईट खाएर आत्महत्या गरेछ । ठिक्कैछ उसको मृत्यु उसको अधिकार, बाँच्न मन लागेन म¥यो । के भयो त ? कसैले कायर भनेर उसको जीवनको स्तर घट्ने छैन अव । आफ्नो जीवनयुद्धमा सहिद भयो । सकियो । आत्महत्य गर्नु कायर हैन बाहादुरिता हो । मन्ले भन्यो ।
तर एक पल्ट मर्नु छ किन साईनाईट खाएछ मनमा उसको मृत्युको पछुतो फैैलियो । बिचराले मर्नुको आन्नद लिन पाएन । मर्नै पर्ने भए बिस्तारै घाटिमा ब्लेडले सानो नसाकाटेर मृत्युको अनुभब लिईलिई मर्नु राम्रो हो ।
बाग्मती अल्छि मानि मानि बगेको छ । पानीको धर्म बग्नु हो । धर्म निभाई रहेको छ । आज नबग्नु पर्ने भए लेदो त छदै थियो जमेर बस्ने थियो होला । आफ्नो मृत्यु सकनु अघि घामले मेरो लामो छाँया धमिलो पानीमा खसाल्यो । आफ्नो उमेर सम्झेँ, २६ वर्ष । कुनै रोग सम्झेँ, केहि छैन । मेरो आयु सम्झँे र पारी लासका लाईन हेरें । अब सरासर बाँच्न पाँए भने ३५ देखी ४० वर्ष । बीचमा आत्महत्य गर्ने योजाना छैन । तर मृत्युको रहर छ । भयानक पिडादाही मृत्यु जसले मलाई दुःखको जस्तै अनेक अनुभब दिईयोस् । चरम भोक र परकाष्ठ प्यासको पिडा जस्तो अनुभब । हिउँमा खाली खुट्टाको जस्तो पिडा । या कसैले यताना स्वरुप बाघको खोरमा हालिदिने खबर जस्तो, जीवनको अनुभव ।
साँझ पर्न लागेको छ । जोगीहरु पातल्ली सकेकाछन् । बाँदरहरुको चहलपहल घटेको छैन । पशुपतीमा आरती सुरु भएको छ । एक किसिमको संगीत हृदयमा गुन्जियो । यहाँ पनि जीवनको एक आन्नद छ । बैरागीहरुको एक झुन्ड ईश्वरको शरणमा आइपुगेको छ । जहाँ आन्नद छ त्यहाँ ईश्वर हुनुपर्छ । रागमा विलिन यो साँझमा मलाई आन्नद आयो ।
दुई किशोर केटाहरु पानीमा चुम्मकको डल्लो हालेर डलर पैसाको तानी रहेकाछन् । जीवन जसरी पनि बाँचेर सक्नु छ । बाचिरहेकाछन् । एउटाले अनुहार उज्यालो पारेर खल्तिमा हात हाल्यो । लगातार एक दुईका सिक्का भेटेको हुनु पर्छ । रमाउने अनेक तरिका हुन्छन् उ रमायो । मलाई आन्नद आयो । यी किशोरले कहिल्लै आत्महत्या गरेर जीवन सक्दैनन् यीसँग ठुलो सपना छैन जीवनमा स सानो युद्ध गर्छ र जितिरहन्छ । अघि साईनाईट खाएको लास जलि सकेको छ मैले जीवनको त्यो सहिदलाई मनमनै सलामी दिए ।
म अहिले घर फर्कन लागेको छु । यता टहलिने रहर पुगेको छैन तर घाम टाकुराबाट खसिसकेको छ ।
बाटामा फेरि सम्झँे मलाई जोगी हुन्छस् भन्ने ज्योतिषीको भग्य कस्तो होला । उसको भविषमा कस्ता आरु बखडा फले र चिचिलामा झरे । कुन दिन धुरीमा काग करायो र दिनभरि असुभको डरले कामिरहयो होला । मलाई लाग्छ त्यो ज्योतिषी पनि कहिल्लै आत्महत्या गर्दैन ।
ती मित्र जो जीवनसँग बैरागिएर ज्योतिषीकोमा भविष्य बोकेर पुगेका थिए । उनको जीवन प्रति दया लागेर आयो ।
मलाई गालि गर्ने योगीले दारी र कपालको ब्यापार गरेकोमा आन्नद लागेको छ । कम्तिमा एकै जीवन दुई पाटाबाट अनुभब गर्र्न पाएको छ । उ जोगी र बेश्यलयको ग्राहाक एकै पल्ट हुन सक्छ ।
भोल्टि सर्किनी उनको जीवनमा सधै गहिरिएर बाँच्न खोजेको छु । आफ्नो जीवन हदै सम्म फिक्का र दिक्दार लाग्छ उनको जीवनको अगाडि ।
त्यो आत्महत्या गरेको लास जसले मलाई मृत्युमा पिडाको रहर जगाई रहेको छ ।
वाग्मतीमा पैसाका सिक्का खोज्ने किशोर जसले जीवनसँग स–साना युद्ध गरेकोमा मेरो जीवनसँग मिले जस्तो लागि रहेको छ ।
म घर फर्कि रहेको छु
गौसला चौकमा आई पुग्दा धेरै ठाउँमा चर्किए । जीवनसँग राग नमिलेका यी अनेक पात्रहरुसँग म पनि थपिए ।
भविष्यसँग कापिरहेको मित्र
त्यो ज्यातिषी
त्यो योगी
मेरा हजुर बा
भोल्टि सर्किनी
त्यो लास
ती केटाकेटी
पसुपतीमा बजेको आरतीको राग
मैले बाँचेको मेरो आफ्नै जीवन
एक झुण्ड एक बेराग संगीत बदलियो

ती पात्रहरु माझबाट



rashayan@hotmail.com
रमेश सायन


सडक आफ्नै गतिमा दौडिरहेको छ । कहाँ पुग्छ यो सडकको यात्रा ? कति पल्ट ठोकिन्छ घण्टाघरसँग र बिउँझन्छ हिँड्दा हिँड्दै आफ्नै पैतलासँग,सडक ।
 म हिँडेको ,बाटोहरुको हिसाब राखेको छुइन । तर,यो  कथाको लागि लामो फेहरिस्त बाटो बाटै सुरु हुन्छ ।
म यो गाँउको सानो होेटलमा पहिलो पल्ट छिरेको हुँ । फरासिला होटल साहूजीले ग्राहकलाई खानासँगै ओठको मुस्कान बोनसमा दिँदा रहेछन् । मैले पनि एक ओठ मुस्कान बोनस पाएको थिएँ ।
यो होटल विहान चिया पसलबाट साँझ तिर भट्टि पसलमा फेरिँदो रहेछ । टेवल टेवलबाट निस्कने शब्दले भट्टि पसलको विम्ब सडकसम्म ल्याएर पोखिदिएको छ । म पनि यो साँझ, त्यही सडक किनाराको विम्ब टिपेर कथाको पात्र खोज्न बलेसीबाट मझेरीमा छिरेको हुँ ।
अलिक माते पछि ,एकजना समकालिन दारुवालाले आत्मीयता पोख्यो र भन्यो “ दाइ तपाई त मेरो आफ्नै दाइ जस्तो लाग्यो । अहिले मेरो दाइ  हुनुहुन्न पोहोर साल बित्नु भो । ”
“ए ! होर” अलि कति हाँसें ।
रक्सी बोल्यो कि ऊ बोल्यो छुट्याउन तिर लागिन ।
त्यस पछि फेरि ऊ चुपचाप पिउन थाल्यो । सायद यति भन्नु थियो । भन्यो ।
पुराना टेवलहरु एक लाईनमा मर्यादा पालक झँै उभिएका छन् ,हरेक टेवलमाथि आ–आफनै कथा पोखिएको छ ।
मेरो दायाँ तिर, उमेरमा पाका देखिनेहरुको एक झुन्ड छ । झुन्डहरुको गिलासमा अमिलो गन्धमात्र आईरहने लोकल रक्सी बाहेक थोरै देशको चिन्ता र धेरै श्रीमतीसँगको मनमुटाब पनि छ ।
यो भट्टिमा जिन्दगीको गति अनेक छन् ।
तिनै पाका दारुवाल मध्ये एकले भन्यो, “अचेल मलाई बाँच्न भन्दा मर्न सजिलो हुन्छ जस्तो लागेको छ । ”अर्काेले भन्यो “हो मर्न त एक पल्ट मरे सकिन्छ तर बाँच्न त हरेक दिन बाँचिरहनु पर्छ ।” अनि तिनै मध्ये फेरि अर्काेले भन्यो,“ बाँच्न पनि सजिलो छैन मर्न पनि सजिलो छैन,मर्न तिम्रो यो संसार,सपना र रहरले छेकेको छ त्यसकारण तिमी मर्न सक्दैनौ बाँच्न यसकारण सक्दैनौ हरेक साँझ यो भट्टिमा आएर मरिरहेछौ । ”
यो दार्शनिक संवाद हो या रक्सीको  बौद्धिकता मेरो दिमाग एक पल्ट गम खाएर टोलाएको छ ।
कुनाबाट फैलिएको एउटा कडा आवाजले रक्सीको शान्ति विथोलिदियो । भट्टिको सिंगो आँखा र एक सुरा ध्यान उसैले खोसिदियो । उ ठूला ठूला आवाजमा आफ्नी प्रेमिकासँग झगडा गरिरहेको थियो । भनिरहेथ्यो “तिमी भित्र मुटु छैन ढुङ्गो छ,शङ्काले यो विश्व चल्ने भए उहिल्यै ढलिसक्ने थियो विश्वासको धरहरा, मलाई विश्वास गर । तिमीबाहेक यो संसारमा मेरो अरु कोही छैन । तिमीले छाड्यौ भने तिम्रो घर अगाडि मेरो मृत्यु भेट्ने छौ । म मर्छु ।”
 मलाई पुराना नेपाली फिल्मी सम्वादको याद आयो ।
उसको आँखाहरुबाट विस्तारै आँ ताल देखेर । मानौं यो भट्टिमा ऊ हाँस्न धाईरहेछ र भट्टिको जीवनको एक अध्यापक हो ऊ ।
अर्को एक जना दारुवाल, कुमार नगरकोटिको काठमाडौं मोक्षान्त ात्रले मेरो मौन ध्यान खोसिरहेकाछन् र पिउनुको अन्तिम आनन्द पाईरहेको छुइन ।
एक जना तन्नेरी गालिबको सायरी भटिए जस्तो देखिने यो दारुवाल, कथाको झट्का थेग्न नसकेर पिउन आई पुग्यो वा कतै कथाको पात्रसँग आफ्नै अनुहार भेटेर आईपुग्यो मैले बुझ्न खोज्दा खोज्दै ऊ होटलबाट बाहिर निस्क्यो ।
नगरकोटीको पाठक हिंडेपछि, एक जना कवि दारुवालले भट्टिमा आफ्नो ठाउँ लियो रिचय गर्यो । ऊ सरकारी जागिरे रहेछ । हतार हतार  स्पष्टीकरण दिएको शैलीमा भन्यो “म मालपोतको सुब्बा हुँ तर मैले अहिले सम्म एक रुपैयाँ घुस खाएको छैन । आज तलब आएको दिन भएकोले यसो रमाईलो गर्न यता छिबर माथि गिलास राखेर पुराना सुकुटीका टुक्राहरुसँग पिईरहेको छ । जिन्दगी बुझ्न खोज्दा खोज्दै आधा बाटोमै अल्मलिए जस्तो देखिने यो दारुवाल, कथाको झट्का थेग्न नसकेर पिउन आई पुग्यो वा कतै कथाको पात्रसँग आफ्नै अनुहार भेटेर आईपुग्यो मैले बुझ्न खोज्दा खोज्दै ऊ होटलबाट बाहिर निस्क्यो ।
नगरकोटीको पाठक हिंडेपछि, एक जना कवि दारुवालले भट्टिमा आफ्नो ठाउँ लियो । जिन्दगीका विसंगत कविता ऊ कसैलाई फोनबाटै सुनाई रहेथ्यो र भनिरहेथ्यो म नेपाली साहित्यमा खतरा उपन्यास लेखिरहेछु । जसले नेपाली साहित्यको पुरानो जग भत्काएर एउटा युगको शुरुवात गरिदिने छ ।
अब भट्टि पुरै आफ्नै शुरमा झुलिरहेको छ । यहाँको हल्ला, यहाँको है विस्तारै भट्टि एक रंगमा बदलिँदै छ । सबैको आकास हल्लिरहेको छ । पैतलाले आफ्नो गति विर्सन थालेको छ । भट्टि अब एउटा परिवारको पुरानो चिनजानको आफन्तमा फेरिँदै छ । सबैले आ–आफ्नो परिचय बाँडिरहेछन् र भट्टिमा आत्मियता खोजिरहेछन् ।
अघि सम्म कोही कव ठेक्कामा पनि पिउँदा हुन् । भट्टिमा धेरै पुराना र थोरै नयाँ छन् ।
बाहिर सडक शान्त भैसकेको थिएन । सायद यो साँझमा पिउनेहरुलाई अन्तिम विदाई गर्ने तयारीमा थियो होला,सडक ।
म पनि बिस्तारै बाहिर निस्कें । भोलि बिहान आईपुग्नु छ, यही चिया पसलमिरेको हुँ ।” उसको अगाडि मैले पत्याएको जस्तो गरें ।
विस्तारै विस्तारै भट्टि एक रंगमा बदलिँदै छ । सबैको आकास हल्लिरहेको छ । पैतलाले आफ्नो गति विर्सन थालेको छ । भट्टि अब एउटा परिवारको पुरानो चिनजानको आफन्तमा फेरिँदै छ । सबैले आ–आफ्नो परिचय बाँडिरहेछन् र भट्टिमा आत्मियता खोजिरहेछन् ।
अघि सम्म कोही कवि थिए, कोही मास्टर, लेखक, पत्रकार, पागल प्रेमी,सरकारी सुब्बा,किसान वा साना ब्यापारी तर अहिले रक्सीले मातेको मान्छे भएका छन् । सबै यो भट्टिबाट निस्कनु अघि भोलि बिहान चिया पिउने बेला भेट्ने वाचा गरिरहेका छन् । कसैलाई केहि परे सहयोग गर्ने वाचा पनि गरि रहेकहरु भेट्न ।

भोलिपल्ट बिहान राम्ररी नउघ्रेको टाउको, बेलुकाको ह्याङओभर बोकेर यही चिया पसलमा आई पुग्यो । टेवलमा प्रायः हिजोकै पात्रहरु थिए तर फरक अभिनय, फरक चरित्र, फरक अनुहारमा । कोही, कोही बेलुका पिएकोमा पछुताउने तयारी गरिरहेका थिए र भनिरहेका थिए अब हिजोे देखि रक्सी छाडियो यार । हुन त साँझ पर्न अझै धेरै घण्टा बाँकि छ कसले छाड्यो छाडेन साँझ परे पछि मात्र थाहा हुन्छ । सबै सामान्य देखिन्थे ।
त्यो पीडित प्रेमी ।
कुमार नगरकोटिको पात्र ।
त्यो कवि, लेखक वा गालिबको शायरी गाउँदै हिँड्ने ठिटो ।
स कथाका पात्रहरु भेट्न ।

भोलिपल्ट बिहान राम्ररी नउघ्रेको टाउको, बेलुकाको ह्याङओभर बोकेर यही चिया पसलमा आई पुग्यो । टेवलमा प्रायः हिजोकै पात्रहरु थिए तर फरक अभिनय, फरक चरित्र, फरक अनुहारमा । कोही, कोही बेलुका पिएकोमा पछुताउने तयारी गरिरहेका थिए र भनिरहेका थिए अब हिजोे देखि रक्सी छाडियो यार । हुन त साँझ पर्न अझै धेरै घण्टा बाँकि छ कसले छाड्यो छाडेन साँझ परे पछि मात्र थाहा हुन्छ । सबै सामान्य देखिन्थे ।
त्यो पीडित प्रेमी ।
कुमार नगरकोटिको पात्र ।
त्यो कवि, लेखक वा गालिबको शायरी गाउँदै हिँड्ने ठिटो ।
सरकारी सुब्बा वा पाका उमेरका दारुवालहरु सबै सामान्य थिए । बेलुका गरेका बाचाहरु विस्तारै विस्तारै विर्से झैँ अपरिचित जस्ता देखिन्थे । मानौँ सबैलाई आजको जिन्दगीको मात्र हतारो छ वा भरे बेलुका नियमित यही भट्टिमा जिन्दगी बिसाउनु छ ।
म कथाको पात्र खोज्न भट्टि छिरेको स्वयम् पात्र भएर फर्किंदै छु । हरेक पल्ट यो भट्टिमा जिन्दगी फेरिन्छ,लय वा सम्वाद फेरिन्छ । म कुुन जिन्दगी टिपेर कथा लेखूँ ।

मो.९८४३१३९८१६




मृत्यु प्यलेसमा



रमेश सायन


मैले आफेले आफैलाई एक पल्ट बेसमारी चिमोटें । आँखा खोलें र सिलिङ तिर हेरें । गाला छामें, टाउँको सुम्सुम्याएं । अनि जिउँदै रहेंछु भन्ने पक्का भए पछि ओछ्यान बाट उठें र एक गिलास पानी खाँए ।
मर्न त मरे कै हुँ ।
म भाग्यमानी रहेंछु । जो पायो त्यहिले मृत्युको अनुभव गर्न पाउँदैनन । मैले जस्तो मरेर फेरी बाँच्न पाउँदैनन ।
 मृत्युको खवर सुनाउँन अहिले म हतारमा आफ्नै मृत्युको समाचार लेखि रहेको छु ।
म मर्नु अगाडी,  हामी पचास पच्पन्न जना जति मलामीले एउटा लास बोकेर चिहान घर तिर गहि रहेको थियौँ । चिहान घर एउटा उत्सव मनाउँन शृङगारिएको कुनै पार्टि प्यालेस जस्तो थियो । चारै तिर फूलको बगैंचा, हृदय पगाल्ने संगीत र निलो पानीको दह थियो । म सगैँ लास बोकेर जानेहरु बाटोबाटै फर्के त्यस पछि मैले काँधमा एक्लै लास बोकेर मुर्दा घर भित्र छिरेको थिएँ ।
मुर्दा घरमा शृङगारिएका लासहरुको लाईन थियो । एक कुनामा एक जना सेतो लुगा लगाएको मानिस नबुजिने भाषामा मन्त्र उच्चारण गरिरहेको थियो । ऊ औधी सालिन देखिन्थ्यो । म भित्र एउटा बेजोड उर्जा भरियो । मैले संसार बिर्से र अन्तिम आनन्धमा हराएँ । लासहरु सुतिरहेका थिए प्राय सबै शान्त ।
केही बेर पछि मैले बोकेको लासलाई त्यो मन्त्र पढिरहने मान्छेले एउटा काठको बाकसमा हालेर ताल्चा लगाई दियो र शान्त स्वरमा भन्यो,  के तिमी पनि मर्न चाहन्छौ ? यी लासहरु झै शान्त हुन चाहन्छौ ? तिमीले कहिल्यै नसुनेको संगीत सुन्न चाहन्छौ ?
मैले प्रनश्हरुको उत्तर दिईन । आमुन्ने सामुन्नेको लासहरु हेरिरहें । म बोलिन  । मृत्युको निर्णय गर्न सकिन ।
त्यस पछि त्यो मन्त्र पढ्ने मान्छेले मलाई बेबास्था गर्यो र मन्त्र पढिरहयो ।
ठिक मेरो आँखा अगाडिको लासले आँखा खोल्यो । आफ्नो नाम भन्यो “इश्र्यामान” र मेरो नाम, ठेगाना सोध्यो ।
म–रमेश सायन
मोरङ  ।
त्यस पछि वातावरण शान्त भयो ।
एक छिन पछि फेरि अर्को लासले आँखा खोल्यो र भन्यो “ हेर सायन म पनि तैंले, जस्तै बाँच्न मात्र चाहन्थें एक दिन तैंले जस्तै लास बोकेर एक्लै यो मुर्दा घर छिरेको हुँ । मर्न डर लागि रहेको थियो तर मरि सके पछि थाहा भयो यहाँ जति आनन्द छ, अरु कँही छैन । यहाँको जति मिठो संगीत अरु कही सुन्न पाईन्न । जिन्दगी मैले सोचे  जस्तै गरि बुज्न पाएको छु र यहाँ सबै खुसि छौ । सोचे जस्तै रमाईलो भईरहेको छ ।”
“लास र जीन्दगी यी फरक कुरा हुन, तिमी  मरि सकेका छौ, कसरी जिन्दगी बुज्छौ ? तिम्रो संसार खरानी भैई सक्यो तिमी लास मात्र हौ । म जिउँदो मान्छेसँग तिमी कसरी जिन्दगीको कुरा गर्न सक्छौ ? मलाई मारेर बर्बाद गर्न तिर नलाग । तिमीहरु स्वर्थी मुर्दा हौ । आफ्नो समूह बढाएर यो संसारमा सासन गर्ने सपना नदेख । खवरदार ! अब मेरो मृत्युको कुरा नगर । हामी बाँचेका जिउँदा मान्छेले तिमीहरुलाई खरानी बनाएर बतासमा उढाइ दिने छौ ।”
उसले आक्रोसित मुन्द्रमा कडा स्वरले भन्हरुको अगाडि कुनै हालतमा मर्ने छुईन । मनमनै ए मृत्यु सत्य हो । तेरो पनि अन्तिम उध्येश्य मुर्दा हुनु हो । जन्मिनुको अन्तिम बाटो मर्नु हो । आफ्नै मृत्यु स्वीकार्न नसक्ने लाक्ष्ीा, कायर जिउँदो मान्छे होस् तँ ।”
म मौन बसिरहें । मुर्दाहरु हल्लाखल्लामा परिणत हुदै थिए । शान्ति बिथोलिदै थियौँ । अघि बजि रहेको मिठो संगीत धमिलिदै थियो ।
मृत्यु सत्य हो । फुल्नु र झर्नु सत्य हो । ओरालो पछि उकालो सत्य हो । तर यो मुुर्दा घर मै आएर मर्नु किन । म बाहिरै मर्छु । नदीमा आगोमा, मरुभूमीमा, भिरमा पहरामा, फूलबारमिादाले मलाई गालि गरेको शैलीमा भन्यो “तँ आए पछि यो मुर्दा घरमा अशान्ति भयो सबै रिसाई रहेकाछन् । टा अठोटको सिढी बनाई रहें ।
मलाई देखेर मुर्दाहरु रिसाई रहेकाछन् । आपसमा मैले नबुझ्ने मुर्दा भाषामा सानो ठूलँचेरै पनि लास होस् । ”
मलाई विस्तारै यो मुर्दा घरले पिरोली रहेको छ । यो कुरुप हुँदै गहि रहेको छ। म यहाँबाट भाग्न चाहन्छु, उम्किन चाहान्छु । पछाडि फर्केर हिड्न खोज्दा खोज्दै लासहरुले चारै तिरबाट घेरे । ढोका बन्द गरि दिए ।
म चिच्चाएँ । लासहरुलाई गालि गरें । प्रत्येक लासको अनुहारमा थुकि दिँए ।
त्यस पछि लासहरुले एकै पल्ट मेरो जिउँमा आगोको ज्वाला फाले । म भैँईमा ढलें, र मरें । लासहरु उत्सबमा परिणत भए । सबै खुसि मनाउँन थाले । मानैँहाँको संगीत विथोलियो । फूलहरु ओईलन थाल्यो । पोखरीको पानी धमिलो भएको छ । मृत्यु स्वीकार्न नसक्ने नार्मद । तँ बाँचेरै पनि लास होस् । ”
मलाई विस्तारै यो मुर्दr /> मेरो अनुहारमा ती अघिका लासहरुको जस्तै तेज आउलाकी नआउला ? ती लासहरुले सुन्ने संगीत मैल सुन्न सकुँला कि न सकुँला ? मलाई लासहरुले कस्तो ब्यावार गर्लान् वा सझाए देलान अघिको मेरो लासहरु प्रतिको विचार बुझेर । म मृत्यु पछि पनि डराई रहेको छु, यो मुर्दा घरमा मेरो समकालिन मुर्दाहरुलाई सम्झेर ।
म मरिसके पछि पनि अनेक कल्पना गर्दा गर्दै, मेरो सरिरमा एउटा शक्ति आई पुग्यो । एक्कासी म मरेको मान उनीहरु यसबेला एउटा युद्ध जितेको उत्सब मनाई रहेकाछन् । अब म मरें शून्य चेतनामा मरें । बाँच्ने रहर नपुग्दै यी मुर्दाहरुको समकालिन भएर मुर्दा घरमा आईपुगें ।  
मेरो अनुहारमा ती अघिका लासहरुको जस्तै तेज आउलाकी नआउला ? ती लासहरुले सुन्ने संगीत मैल सुन्न सकुँला कि न सकुँला ? मलाई लासहरुले कस्तो ब्यावार गर्लान् वा सझाए देलान अघिको मेरो लासहरु प्रतिको विचार बुझेर । म मृत्यु पछि पनि डराई रहेको छु, यो मुर्दा घरमा मेरो समकालिन मुर्दाहरुलाई सम्झेर ।
म मरिसके पछि पनि अनेक कल्पना गर्दा गर्दै, मेरो सरिरमा एउटा शक्ति आई पुग्यो । एक्कासी म मरेको मान्छे बाँचें । मुर्दा घरबाट निस्कें । म मरेर बाँच्दा, लासहरु निदाई रहेका थिए । म भागें एक्कासी भागें । भाग्दा भाग्दै विउँजिएछु । विउँजदा पनि जिउँदो छु भन्ने कुराको विश्वास थिएन । आफुलाई झन्डै मरेको घोषण गरेको । कस्तो भयानक मृत्युको सपना । विउँझदा समेत विश्वास गर्न समय लाग्ने मृत्तुको सपना ।

 rashayan@hotmail.com