Social Icons

Featured Posts

9.18.2013

लिलामी

  
रमेश सायन

सुख्खा भाग्य हिँडेर रेगिस्थान त भेटिएकै थियो
यति मै काफ्फि हुनुपर्थ्यो
जिन्दगीको अन्तिम सिमाना

तर कहाँ कहाँबाट आइपुग्यो मेरो ठेगानामा
अगेनाबाट आगो चोरेर हिँडेको बतास
र बलिरहयो मेरो अन्तिम इच्छा समेत नसोधी
एककोहोरो तानासाहाको युद्ध जसरी  ।

हाकिम स्केच

               रमेश साय
हाकिम
बिहान नौ बजे
आफ्ना गुच्चा जसता आँखाहरु टेवलमा रखेर
मेरो अनुहारमा भिर दगुरेको देख्छ

आगनमा फुलेको शिरिसको बोटमा 
बसन्त आएर उभिएको भर्खरै हो
तर अझै पनि उसको मगजमा साउन हिँडेको बगर छ
र अनुहारमा कुहिरो पोतिएको पहाड छ

6.16.2013

आमाको देश


                            हिंडेथें ।
आमाको देशबाट
शीतका पाइलाहरु कुल्चँदै कुल्चँदै
सपनाको राजमार्ग छिचोल्दै छिचोल्दै
आइपुगें छु एक विरानो भूगोलमा
जहाँ तर्सन्छु आफ्नै छाया नमिलेको देखेर
जहाँ एक कुनामा उभिन्छ साहूका राता आँखा
अर्को कुनामा देखिन्छ
भुइँतिर खसेका पंखेटा र आकाश छुन उडेका सपनाहरुको जुलुस
र मध्य बिन्दुमा उभिन्छ
ठेगाना नबिराई आएको आमाको चिठी-चित्र

मृत्यु आइपुग्ने ठेगाना

मेरो घरसम्म आइपुग्दा बतास पनि एक पल्ट अलमलिन्छ
मेरो घरको छानो बाट उडि गएको चंगा
लटाई सम्झेर सरासर फर्कन सक्दैन
स्वयंम मेरी प्रेमिका
दसौं पल्ट सोधेर आइपुग्छिन मेरो ठेगानामा
मेरा साथीभाइ / आफन्त
सयौँ पल्ट सोधेर आइपुग्छन् मेरो आगनमा
वर्षौं पहिले प्रदेशमा हुँदा बा आमा सम्झेर रजिष्ट्ररी पत्र पठाए थें
आफ्नै घरको हुलाकी ठेगानामा
म नै अए पहिले,
आफ्नै ठेगाना सोध्धै सोध्धै हुलाकी पत्र आएन

6.10.2013

अक्षरका उस्ताद डम्मर सर



- रमेश सायन
rashayan@hotmail.com

त्यो साँझ अक्षरहरुमा टेकेर धुँवा हिड्यो ।
काभ्राको बोट तिर आउँदै गरेको वसन्त । नबिर्सी फुलेको गुलमोरको बोट । मुनाहरुमा सिउरीदै गरेको चराहरुको गीत एकै पल्ट हरायो मेरो गुरुको जीवनको बृतबाट ।

जसको आगनमा बसेर हामीले अक्षर चिन्यौं । जसको दैलोमा उदाउने घाम टिपेर हामीले जीवनको आयतनमा उज्यालो फैलायौँ । जसको सहाराले हामीले हरदम हक्षरको बाटो हिँड्न सिक्यौँ र जीवनको लयमा एउटा अर्को रिदम थप्यौँ । उनै डम्मर सर धुवाँ भएर आकास तिर उड्नु भयो । आफ्नै छयाँबाट सधैको लागि बिलाउनु भयो ।

त्यो साँझ डम्मर सर हामीलाई जीवनकोलय सिकाएर आफु जीवनबाटै हराउनु भयो ।

अठार वर्ष अघि मेरो प्रथामिक र निम्न माध्यामिक कक्षामा डम्मर सर अलराउँडर टिचर हुनुहुन्थ्यो । हजारौँ बिद्यार्थीको आँखामा सधै चक्रवत घुमिरहने माड्साब अब कहिलै नर्फने गरि बिदाहुनु भयो ।  

बाघबजारको एउटा चिय पसलमा कविहरुछन् । त्यहि हूलमा मिसिएको छु म । मेरो आँखामा कविता बगेको छ । कानामा सुन्दर कविताका बिम्बहरु ठोकिदै फर्कदै गर्दैछन् । अक्सर कविताको संगीत मेरो कानमा परावर्तन भईरहन्छ ।

6.09.2013

याङग्रीको टाउको र आँखाको गति


रमेश सायन




यो एउटा मुडको यात्रा हो । मुडिहरुमात्र यसरी हिंड्न सक्छन् ।
नेपाल मेडिकल कलेजमा मृगौलामा स्टोनको अपरेसनको पालो पर्खेर बसेके छु । डाक्टरले फेरि अर्को हप्ता बोलायो । दवाइ दियो र पठायो । अझै अर्को हप्ता हेरौँ भनेको छ ।
कवि बाबु त्रिपाठीलाई घुम्न जाउँ भनें ।
उनको फुर्सदै छैन ।
के गर्नु यो हप्ता ?
नचिलाउने ठाउँमा पनि चिलायो । टाउको भित्र गिदी चिलिायो । पैतालाको नसा चिलायो । डाडको मेरुदण्ड चिलायो । त्यसै शंकर लामिछाने भन्दैनन्— ‘फुर्सदमा जिउँ चिलाउँछ ।’
कसैलाइ नभनी बालाजु आँए । गाडि चडें र लागें एक्लै गोसाई कुण्ड ।
नुवाकोट पुगे पछि । माथि थाप्लोमा दरबार देखियो । गाडिबाट ओर्लें । आज यतै घुमौँला र भोलि रसुवा तिर लागुँला । एकलै डुले नुवाकोट । माथि दरबारसम्म हिंड्दै गए । फन्को मारें । एकपल्ट सम्झें राजाका पुर्खाहरुलाई । दरबार भन्दा अलि माथि पुगेको थिएँ ।  एक टुक्रा हाड भेटें । यो  पक्कै पृथ्वी नारायण साहाको हुनु पर्छ । हाड ओल्टाइ पल्टाई गर्दै थिँए माथिबाट भुक्तै कुकुर आयो र मलाई झम्ट्यो । सायद यो उसको भाग हुनु पर्छ । हातमा उठाइराखेको हाड फालिदिए । कुकुरले लग्यो । अब पृथ्वीनारायणको हाडमा मेरो अधिकार छैन । यसै गरि लगे होलान अंग्रेजले उसबेला मेरो देशको आधा सिमाना ।
भोलि पल्ट बिहान रसुवा लाग्ने सुर गर्दै थिए । कसैले रसुवा बन्दको सूचना हावामा छरेर गयो । लु आज बन्द । काठमाडौँबाट आएका बसहरु फर्के । बससँगै म पनि फर्कें, जुन बाटो आएँ थिए त्यहि बाटो ।
फर्कदा फर्कदै सम्झें बिनायोजना घुम्ने साथीहरुको नाम ठेगाना । अब एक जना कुनै साथी भेटे, जाने छु हेलम्बु यात्रामा । नभन्दै आर.के.अदिप्त गिरी जाने भए, मसँग । उनी देशको फोटो खिच्छन् र देश चिनाउँदै हिंड्छन् —ब्रमान्डको कुना कुना । उनी दुर देशसम्म आफ्नो फोटाहरु पुर्याउँछन् ।
आजकाल उनको परिचय कवि, गजलकार भन्दा उपल्लो बिन्दुमा पनि छ —फोटो ग्राफर ।
सुन्दरी जलबाट यात्रा चिसापानी पुगेर अडियो । चिसापानीको अनुहार हामी पुग्दा नपुग्दै अध्यारोले खोसि लग्यो । स्थानियहरु आगोको रापमा गीत गाउँदैछन् । गीतमा मिसिदैछन् हामी जस्ता फिरन्तेहरु ।
हामी बसेकै होटलमा अष्ट्रेलियन किशोरीहरुको एक झुण्ड छ । भोलि बिहान यिनीहरु समात्नेछन् उदाउँदै गरेको घाम । र, ओठको रेखामा कुदाउनेछन् खुसिको मुस्कान् ।
‘भोलि बिहान कति बजे घाम उदाँउछ यहाँ ?’ एउटी सुन्दर किशोरीले सोधी
‘पाँच बजे ।’
‘हिउँदको मैना पाँच बजे !’ पत्याईन मोरीले ।
‘साडे छ बजे ।’ आर.के. बोल्यो ।
‘धन्यबाद !’
सासै नफेरी एक गिलास वियर सकि ।
मैले पिउन छाडें । आँखाले उसको अनुहार पियो । म मातें । मातन पिउँनै पर्ने रैनरछ । म आज, यो किसोरीलाइ देखेर उसै मातेको छु ।
‘कति राम्री मोरी । फक्रदै गरेको फूलको थुंगो जस्ती ।’—मैले भनें ।
‘हैन फूल भन्दा राम्री फूल औइलाउँछ । झर्छ ।’— आर.के. बोल्यो
‘यो पनि बूढी हुन्छे । मर्छे । त्यस कारण यो फूल जस्ति मात्र हो ।’— मैले भनें ।
ड्ड
भोलि पल्ट हामी उठ्नु अगाडिनै किसोरीहरु बारदलीमा स्ल्पिङ ब्याग ओडेर सनराइज कुरि रहेकाछन् । आकासको गर्व रातो भएर आयो । टकुरामा कुनै प्रिय कवि उभिए झै उभिने छ —घाम । र, मिसिने छ—अनुहारको खुसिमा ।
एक किसोरी चिच्याइ ‘हाउ ब्युटिफुल !’
‘तिमी यसबेला कसलाई सम्झन्छौ ?’—मैले सोधें ।
‘सिड्निको व्वाई फ्रेन्डलाई । आइ मिस माइ हार्ट । ’
कति काउकुति लाग्यो होला यो कलिलो घाममा व्वाइ फ्रेन्ड सम्झदा । मोरीको अनुहार घाम जस्तै रातो भयो ।
आर.के. क्यामेरामा घाम समातिरहेछ । हिमालको टाकुरा टाकुरामा खसेको रातो घाम । हरिया डाँडामा पोतिएको घामको रगं । बतासको कामुक स्पर्स । खैरिनीको अनुहार । पालै पालो समाति रहेछ —क्यामेरामा ।
‘तिमीले पहिलो पल्ट घाम उदाएको देखेकि हौ ?’
‘हो ।’
‘तिम्रो देशमा घाम उदाउँदैन ?’
अलि अग्लि मोटि, हाँसी । र, भनि —‘उदाउँदै घरेको घाम अग्ला घरहरुले छेकिदिन्छन् । यसरी पाहाडको कापबाट पृथ्वीमा खसेको घाम पहिलो पल्ट देखेके हूँ ।’
‘यो सुन्दर नेपालमा सधै घाम, यसै गरि उदाउँछ ।’
चिसापानी बाट हिंड्ने बेला हेलम्बुको बाटो सोध्यांै । हेल्मबु पुग्न पाँच दिन लाग्छ अब । हाम्रो हिंडाइको गति सुस्त छ सात दिन पनि लाग्न सक्छ ।
हिंड्दा हिंड्दै खुट्टाले लौरो टेक्न खोज्यो । बाटामा लौरो बेच्न बसेको बूढो मान्छेलाई सोधें —‘बा यो लौरोको कति ?’
‘तीस ।’
‘बिसमा दिनु न । ’
‘हुँदैन । तिमीले ऐले नलगे । खैरे आउँछ । चालिसमा लैजान्छ ।’
लौ मलाइ त सुबिधा पो रैहिछ । तिस तिरें र लौरो किनें ।
बाटामा आर.के. फोटो खिच्छन् । कसैले क्यामेरामा अनुहार दिन्छन् । कसैले गालि गर्छन् । बिहान चिसापानी मुनि एउटाले कुटुँला झै गरेर झम्ट्यो । क्यामरा देखे भैँसी तर्सदो रहेछ । दाम्लो चुटाएर बेपत्ता उफ्रने ।
‘साले हरामीहरु मेरो भैँसी तस्र्याे भने एक लाख तिराउँछु । ’
खल्ति छाम्यौँ हजारका दुइ चार पत्ता छन् ।
हामी ओरालै ओरालो बेपत्ता दगु्यौँ ।
थाङमुनी भञ्ज्यङको ठाडो उकालोमा हामीले एक अर्कालाई सुनायौँ, आ—आफ्नो किशोर प्रेमका कथा । आधा उकालो आर.के.को प्रेमले कटायो आधा मेरो प्रेमले ।
हिउँदे कलिलो घाम चिपलिङको ठिक टाकुरामा उभिएको छ । त्यो डाँडाम एउटै मात्र सानो होटल रहेछ । दाल भातको —दुइसय । आधी घण्टा मोबाइल चार्ज गरें— एक सय । ए गाँठे !  पैसा कता राख्ने ।
त्यहि डाँडामा आइ पुगे पोखराका यम परियार, उनका एक साथी र स्वीजरल्यडकी मा्यानी । अबको हेलम्बु यात्र अज रमाइलो हुने भो । आजको बस ताकेर हिंडियो —गोल्फु भञ्झ्यङ ।
लाप्चाको टाकुरामुनी हिमाललाई अनुहार देखाएर फुलेको छ— एक बोट गुराँस । के बिनी जवानी चडेछ ? बेलान कुबेला फुलेको छ । सायद यसको बोटमा मौसमको विर्य समय अगाबै खस्यो र अबैद्यानिक गर्वधारण ग्यो । यो लेकमा पुसको पहिले हप्ता मस्त बैंसमा फुलेको गुँरास मा्यानीले शिरमा सिउरी र हिमाल तिर फर्केर मुसुक्क हाँसि । गोरो अनुहारमा, रातो गुँरास, त्यो बुढी पनि सुन्दरी देख्खी ।
गुँरासले उसलाई बकायो— ‘नेपाल इज मस्ट ब्युटिफुल कन्ट्रि ।’
‘धन्यबाद मा्यानी ।’
तिमीले हिउँ देखेकी छौ, हिमाल देखेकी छैनौ । मैले हिमाल देखेको छु, हिउँदेखेको छुइन । म तराइको रैथाने । हिउँ भेट्न यसरी दगुरेको छु, जसरी तिमी हिमाल हेर्न दगुरेकी छौ ।
आजको साँझ गोल्फु भञ्झ्यङ सोचे जस्तै भयो । औधी चिसो रहेछ । बतास थेगिनसक्नु गतिमा दौडदो रहेछ । सामुन्ने आँखामा हिमाल छ । सायद त्यहि हिमालबाट बतास यता बेगमा ओर्लदै छ ।
कुखुराको भालेको मुल्य पच्चिस सय । कसले कुखुरा खाने ? पाँच जना छौ खसी नै आँट्यो तीन हजार÷ पैतिस सयमा सानो तिनो खसि भेटिदो रहेछ । मूल्य थाहा भयो । तर खसी बजारमा कतै पाइएन । साँझ प्यो गाउँ जान सकिएन । अन्ततः तीनटा भलेमै चित्त बुजाउन प्यो ।
मा्यानीले खासै मासु रुचाइन । तिनचार ओटा आलु खाइ र सुती । मलाई मर्छे भन्ने डर लाग्यो । दिन भरिको यत्रो हिंडाइ, राती आलुको भर । यमलाई सोधें —‘यो राती भोकले मर्दिन ?’
‘मर्दिन यसको आहारा नै यति हो । भोलि पनि यसै गरि हिंड्छे ।’
यमसँग मा्यानी पुरानो चिनजान रहेछ ।
मा्यानी, हाम्री आमा भन्न सुहाउने उमेर कि छे । यम र मा्यानीको प्रेम सम्बन्ध छ । मा्यानीलाई पटक पटक नेपाल तानि ल्यउँने एउटा शक्ति छ यससँगको प्रेम । यमलाई पनि मा्यानीको प्रेमले स्वीजरल्याडसम्म पु्याएको छ ।
ड्ड
  भोलिपल्ट बिहानै हामीे गोल्फु भञ्झ्यङबाट उकालो लाग्यौँ । हिंड्नेबेलामा अलिक पाका जस्ता देखिने होटल साहूलाई सोधें ‘बा अचेल नेपाली टुरिस्टहरु कतिको हिंड्छन् यो बाटो ?’
बाले भने—‘हिंड्छन बाबु हिंड्छन नेपाली खैरैहरु पनि धेरै हिंड्न थालेकाछन् ।’
निकै माथि सम्म सम्झि सम्झि हाँस्यौ । साहेद मा्यानी पनि हाँस्थि होला तर उसलाई हामीले सुनाएनौँ ।
योजनामा आजको बास ठाडेपटि ( ३८०० मि.) रसुवाम हुने छ । तर, दिउँसै कुटुमसाङ बसिने भैयो । अब हिंड्न नसकिने अवस्था छौँ । मा्यानी पनि कुटुमसाङमा हिमालसँग जिस्कने मुडमा छे ।
कुटुमसाङबाट यांग्री हिमाल नजिकै देखियो । अहिले हिउँ परेको छैन । डाँडाहरु नङै छन् ।
‘लोप्सामा लोसार अगाडि नै हिउँ परेन भने अनिकाल लाग्छ’ । एकजना शेर्पाले भन्यो । मैले लोप्सा सोधैं । आँखै अगिको अग्लो डाँडो रहेछ ।
यांग्रीको टाउकामा सेतो गुम्बा देखिदै छ । जहाँ रानी राजेश्वरीलाई लगेर राखिएको थियो । आर.के. र मेरो अन्तिम यात्रा त्यहि यांग्री सम्मको हो । यमको टिम मेलम्चीघ्याङ र तरकेघ्यङ हुँदै तलै तल झर्ने छ ।
कुटुमसाङमै हुँदा मेरो दायाँ घुडाको हड्ढी अचानक दुखन थाल्यो । बिहान चिप्लेर लडेको थिए । सायद त्यसकै असर हुनु पर्छ । हिंडुनजेल खासै दुखेको थिएन बसे पछि सहनै नसकिने गरि दुख्यो ।
अचानकको दुखाइले अचानक यात्रा रोकिदियो । आर.के र म अब फर्कने निर्णमा पुग्यौँ । बिस्तारै चनौटे झरेर गाडि चड्ने छौ ।
कुटुमसाङमा दालभातको तीनसय पचास । लु नखाने । बरु तल कतै गाउँम पकउँन लगाएर खाने । हामी यात्राको बीच बाटो बाटै फर्कदै छौ । स्थानियलाई सोधेको चनौटे झर्न तीन घण्टा लाग्छ ।
मेरो घुडो सहनै नसक्ने गरि दुखेको छ । यसतो रोगी यात्रामा रहर गर्ने ?
गाउँ त निकै तल रहेछ । गाउँ भेट्नै तीन घण्टा लाग्यो ।
चनौटे त काहाँ हो काहाँ ?
गाँउ भेटियो तर मान्छे कोहि छैनन् । एउटा पसल भेटियो त्य पनि बन्द । चाउचाउ पनि खान पाइएन । माटै चपाउँ झै गरि भोक लागेको छ । घुडो चल्नै नसक्ने भयो । आर.के.रुख बुटा देखि चुच्चो डुङ्गा सम्मको फोटो खिच्दैछन् ।
तल गाउँको फेदिमा तामाङहरुको घ्यावा रहेछ । सिंगो गाँउ घ्याव खान गएको छ । हामी पनि घ्यावमै पुग्यौँ । एउटाले थालमा दाल, भात, तरकारी र एक गिलास रक्सी ल्याएर दियो । पहिले त नखाउँ जस्तो लागेको थियो । पछि भोक सम्झियौँ र खायौँ । आज सम्म खाएको सबै भन्दा मिठो दाल भात कसको नममा खाइयो थाहा भएन । मर्नेको नम सोध्न विर्से छौँ ।
आर.के.ले कलचर फोटो खिचे र माथि यांग्री तिर हेरे । मैले फरफराई रहेको घ्यावाका तीन रंगे झन्डा हेरें र मृत आत्मलाई श्रद्धानजलि दिएँ ।
फर्कदा आँखाको गति फेरि यांग्रीको टाउकामा पुगेर उभियो । र, पैतलाको गति ओरालै ओरालो खस्यो ।



मुस्कान दोकानमा

 रमेश सायन

कामुक रात समुन्द्रमा पौडिरहेको छ । चर्को अंग्रेजी संगीत हृदयको कुनामा बिउँजन्छ । काँचको सिसा नाघेर बाहिर आईपुग्छ रात्री क्लबको कामुक दृष्य ।
डिस्कोमा हल्लिरहेको मन अबाक बनेर थन्किन्छ एउटा कुनामा । किनारामा समुन्द्रको पिद छामेर उभिएको छ बिजुलीको रंगिन चमक ।
लाग्छ हातैले उघाउँ समुन्द्र । थामौ आकास । उडौँ पखेटा लगाएर । टिपौँ रंगीन चमक । फैलाउँ बतासमा सुवास ।
 के गरौँ ? कसो गरौँ ?
पटैयाको समुन्द्र किनारामा पल्टँे बालुवामा । हेरेँ आकास तिर । आबुई ! चन्द्रमा त समुन्द्र हेरेर टोलाई पो राखेको छ ।
सायद लोभिदो हो चन्द्रमा, यो रंगिन जीबन, समुन्द्रको उत्तेजित छाल, स्वतन्त्र जीवनको लय देखेर ।
ड्ड  
हाम्रो फिरन्ते टिमले सुवर्णभूमी एअरपोटमा पैतला टेकेपछि थाईल्यण्डलाई टिप्यौँ आ—अफ्नो आँखाको लयमा । टिममा छौँ नविन, चुडा,किरण र म । हामी बीच फरक—फरक रुची छ तर घुमफिरको शैली एकै छ ।
हामीलाई बोकेको कारले बिसायो आफ्नो बाटो बैँककको छातिमा । हामी फैलियौँ बैँककको फराकिला सडक देखि साँगुरा गल्लिसम्म । उभियौँ ठूला सपिगंमहल देखी फुटपाते पसलसम्म । यहाँका फुटपाते पसलले हमीलाई रत्नपार्कको झजल्को पैँचो दियो ।
ठेलामा मोटरसाईकल जोडेर बनाईएको ठेले रेष्टुरेन्टमा थाईफुडको आन्नद लिदै गरेका टुरिष्टको कोलाजले घेरेको छ साँझको बैंकक । हामी पनि कोलाजमा थपियौँ ।
हामी बसेको होटलको नबौँ तलामा छ निलो पौडि पोखरी । जसको किनारामाछन् पेन्टिगं चित्रजसता सुन्दरीहरु । जो हम्मेसा मुस्कानको पसल थापेर बाँचछन् । मध्य राति पौडिएँ आकासे पोखरीमा । पोखरीको एक किनारामा छन् एकजोडि गोरा यात्री जो मेरो सिकारु स्वीमिगं देखेर हाँस्दैछन् ।
पोखरीबाट बाहिर निस्कँे र तिनार्कै छेउमा बसेर पिउँदै भनेँ ‘मलाई राम्ररी पौडन त आउँदैन तर आकासे पोखरीको अनुभब लिऊ भनेर हामफालेको हूँ ।’
एकैछिन् पछि एउटी थाई सुन्दरी आएर मसाजसेन्टरको मेनु हातमा थमाएर गई ।
रातै भरी अनेक ठाउँमा अनेक ब्राण्डका मदिरा चाख्दै रमाईलो गर्यौँ । पिउँदा पिउँदै  बिहानको घामले गिलाशमै पैतला टेक्यो । टाउको त गिदी नै फुत्केला जसरी दुखन थाल्यो । सायद टाउको भित्र रक्सीका अनेक ब्राण्डहरु युद्ध गर्दाहुन् र भन्दाहुन् तँ भन्दा म ठूलो, यो पियकडले तँलाई भन्दा मलाई बडि मन्परायो । वा भन्दा हुन् यो भुक्त भोगीको जिब्रोमा मेरो स्वदको राज छ ।
भोलिपल्ट बिहान दश बजे निस्क्यौँ गोल्डेन बुद्ध टेम्पल । कतै कतै साँगुरा बाटामा ट्राफिक जाम छ  । जसले आखाँमा कठमाडौँ उभ्याई दियो । हुन त हामी जहाँ गए पनि देश नविर्सने देशभक्त परेम् ।
 हाम्रा गाइडले थाईल्यण्डको बारेमा औसत जानकारी गराए । भौगोलिक बनोट देखि राजनितिक प्रणाली, बिकास देखि धर्मसम्म । लगतै बज्यो हामी चडेको गाडिमा रेसम फिरिरि ...................
 यो बिशाल बुद्ध गोल्डेन टेम्पल भित्र बुद्ध लमतन्न सुतेकाछन् । सुनौला बुद्ध एकदम शान्त मुद्रामाछन् । यो भिमकाय बुद्धको ज्यान खाइलाग्दो छ । बाहिर पुराना प्राचिन स्तुपाहरु निलो आकास हेरेर टोलाई उभिएकाछन् । अलि ओर्तिर गुम्बामा केही बुद्ध ध्यानीहरु ध्यानमग्नछन् । मैले लुम्बिनि सम्झे, जहाँ अलिक पहिले थाईबुद्ध बिहारमा केही घण्टा बिताएको थिएँ ।
बुद्ध गोल्डेन टेम्पलबाट फर्के पछि हामी एउटा हिरा र सुनको बिसाल सोरुम भित्र छिरेयाँै । जहाँको दैलोमा जन्मजात सुन्दर मुस्कान बोकेर उभिएका उही पेन्टिगं चित्र जस्ता सुन्दरीहरुले स्वागत गरे । हामी चारै जनाको पछि एक÷एक जना सेल्स गर्ल पछि लागे । सन्चो बिसन्चो सोधे ।
मेरो पछि लाग्ने सुन्दरीले हाम्रो देशलाई निक्कै प्रसंसा गरि । हिमालका कुरा गरि । पसुपतिनाथ, स्वयंबु, टुडिखेल, बसन्तपुर, कृष्ण मन्दिर अरु अरु मैले नजानेका कुरा पनि उसले जानेकी झै गरि ।
‘तिमीलाई नेपालको बारेमा धेरै जानकारी रहेछ । कसरी यति धेरै थाहा पायौ ?’
‘मलाई नेपालको बारेमा रुची छ त्यसकाराण जानकारी लिएकी हूँ । बुद्ध नेपालमा जन्मेका हुन नि । म बुद्धिस्ट हूँ ।’
यो वर्षको अन्तमा नेपाल घुम्न जाँदै छु समेत भनिभ्याई ।
मोरीले अन्तमा निक्कै राम्रो हिराको औँठी देखउँदै मलाई सौधी– ‘तिमीले बिहे गरेको छौँ ?’
—‘छैन ।’
–‘ओहो ! तिमीले यति राम्रो औँठी श्रीमतीलाई उपहार लान पाएनौ । म दुखी छु । ठिक्कै छ । तिम्रो कोही मनपर्ने मान्छे होलान् लगेर यो उसैलाई उपहार दैऊ ।’
जसरी पनि उसले मलाई कैही न केही किनाउने नै भई । मैले एउटा औँठी आफ्नै लागि किनेँ ।
हामी सबैजना बाहिर निस्के पछि निक्कै बेर हास्यौँ । हामी सबैलाई मैलाई जसरी केही न केही किन्न बाध्य बनाईएको रहेछ । पछि थाहा भयो प्रत्यक भिजिटरको पछि सम्बन्दित देशको बारेमा जानकारी भएका सेल्सगर्ल पछि लगाईदो रहेछ ।
दिउसो सफारी पार्क जाने भयौँ । यो बिसाल पार्कमा छुट्टै संसार भेटिन्छ । अनेक मनोरञ्जनका खेल देखि थ्रिडी नाटक, डल्फिन सो रंगिन चराहरुको संसार  सबै किसिमका जिब जन्तु ।
यो पार्क भित्र छिरे पछि आफुलाई निक्कै रमाईरहेको भेटिन्छ । कहिल्लै नदेखेका जनावरसँग आँखा जुदाउन पाईन्छ । अनेक चरहरुको संगीत चोरेर हृदयमा लुकाउन पाईन्छ । हिंस्रक जनावरलाई समेत नजिकैबाट आँखाले टिपेर हिँड्न सकिन्छ । यो पार्क जनावरहरुको रंगीन दुनियाँ हो ।
ड्ड  
भोलिपल्ट बैकंकबाट जन्डै १६८ किलोमिटर पूर्व पटैया पुग्यौँ । हामी बसेको होटल मार्कल्याडको जुनसुकै कोठाबाट आँखा समुन्द्रसम्म पुग्थ्यो । उठ्दै गरेको समुन्द्री छाल, मोटरबोटको बेग, प्याराग्लाईडिगंबाट हावामा कावाखाईरहेका मान्छेहरुको अनुहारको चमक सजिलै देखिन्थ्यो ।
समुन्द्रको छाल हुत्तिएर अलिओर सम्म आईपुग्छ । मानौँ यो समुन्द्र आफ्नो घेराबाट बाहिर निस्कन चाहान्छ र यो कामुक  सहरलाई एकपल्ट चुमेर फेरि फर्कन चाहान्छ ।
दिउँसो बटरफलाई गार्डेन तिर डुल्यौँ । पार्कका रंगिन फूलहरु र पुतलीहरुको बिचित्र संसार छ यहाँ । यति सुन्दर छ कि कुनै पनि शब्दले यहाँको सुन्दरता टिप्न सक्दैन । पुतलीहरु रंगबोकेर उड्छन् । प्रत्येक फुलका रंगहरुसँग मनले कहिल्यै नगरेको सम्बाद गर्छ ।
बटरफलाई गार्डेन एउटा उदुम आन्नद बोकेर शान्त सास फेर्दाे रहेछ । यहाँ हामीले प्रत्येक पाईलामा शान्ती अनुभुत गर्यौँ । मान्छेहरु छन् तर हल्ला छैन् । मानौँ प्रत्येक फूलले हल्ला सोसेर उपहारमा शान्ति दिईरहेछन् र भनिरहेछन् संसारमा फूलहरुको शान्ति अदभूत छ । मानौँ बुद्धले फुलको बगैँचामा थप शान्ति बोनस दिएर गएकाछन्  
साँझ पटैयाबिच फर्केयौँ । यो बीच संसारकै सुन्दर बीच मध्ये एउटा हो । डिस्को, नाईटकलब, बार, रैष्टुरेन्टबाट निस्केको चर्को स्वरले हामीलाई पछ्याई रहेको छ । सेता सिसा भित्रका प्रत्येक अङग सडकले छाम्न सक्छ र आफुलाई कामुक बनाउँन सक्छ । सिँगो पटैया बिउँझेर उभिएको छ समुन्द्रको छातिमा । प्रत्येक मान्छे पटैयाको कामुक अङग छामेर सलबलाईरहेछन् सडकमा । हामीले पनि पटैयाको कामुक दृष्य आँखाले छाम्यौँ । सोकेसमा सजाईएका सुन्दरीहरुको मादक मुस्कानले लठिएकाछन् हामी जस्ता फिरन्ते । युवतीमा कसले धेरै ग्राहाक तान्ने भन्ने त होडनै चलेको जस्तो देखिन्छ । बाटो बाटोमा पाकेको छ सि फुड । हामीले मज्जैले लियौँ गंगटाको स्वाद ।
मध्यराती होटल फर्केर किरण र मैले फेरीे रुफटप रेष्टुरेन्टमा बसेर पियौँ । जहाँबाट पटैया एउटा रंगिन शिशाजस्तो देखिन्छ ।
‘बिहे पछि हनिमुन मनाउन म यहिँ ठाउमा आउँछु ।’– मैले भनेँ ।
–मुला बुद्धु पटैया जस्तो ठाउमा पनि श्रीमती लिएर आउँछस् । यहाँ त एक्लै आउने र सुस्तरी यहाँको तरंगमा मातेर फर्कने । कहिल्लै श्रीमतीले नदेखेका चौकहरु तिर भौतारिने र फर्कने –किरणले भन्यो ।
हाम्रो पुरुष गन्ध बतासमा मिसिएर समुन्द्र तिर लाग्यो ।
अघि देखि हराएका नविन र चुडा समुन्द्र किनारामा जुन साँक्षी राखेर बिटुलिएछन् ।
नविनले भन्यो –‘यो ठाऊँमा आएर के बिनाअनुभब फर्कनु ।’ दुनियाले भोगचलन गरेको यो रंगीन दुनियामा भाग लिएपछि उनिहरुको अनुहारमा पटैयाको उज्यालो दगुरि रहेको थियो ।
ड्ड  
भोलिपल्ट बिहान लाग्याँै मोटर बोट चढेरे पानीको बाटो । एउटा बोटले अलि पर लगेर छाडिदियो तैरिरहेको एउटा शान्त डुंगा माथि । जाहाँबाट मान्छे प्याराग्लाईडिगं गरिरहेका थिए । मलाई पनि उडौँ लागेको थियो तर समुन्द्रको छाति देखेर हिम्मत आएन ।
त्यस पछि हामी फेरी एउटा हरियो मोटर बोट चडेर आर्को शान्त ढुगंगामा पुग्यौँ । मैले सानो झोला पनि बोकि राखेको थिएँ । मोटरबोटबाट उर्तेर डुंगामा चड्नेबेलामा झोला छुटेछ । जसमा हामी चारै जनाको पर्स थियो । अब भयो समस्या । गर्ने के ? आँखाले समुन्द्र पनि कालै देख्न थाल्यो । कोहीसँग छैन खल्तिमा पैसा । भाको सबै डलर त्यसैमा छ । तिर्न बाँकी छ होटलको केही बिल । भोलि फर्कनु छ बैँकक । उड्नु छ नेपाल । अब गर्नु के ?
दिमाग झन्झनाई राखेको बेला एउटा थाई ठिट्टी आएर भनि ‘तिमी यति सुन्दर ठाउँमा किन निरास ?’
ख्यै के भनौँ ? भनु हरायौ पर्स । छैन पैसा । तर,केही बोलिन मौन बसिरहेँ । हेरिरहेँ समुन्द्र । साथीहरुले गालि गरे । कराए । फेरी तिनै साथीहरुले सम्झाएँ ।
अब कुनै उपाए निकालेर फर्कनुपर्छ  ।
 के उपाए निकाल्नु ? होटलको बिल त तिर्न पर्यो उपाए निकालेर उम्कन ।
आकास पनि कालो भयो । आँखा अगाडिको हरियो टापु पनि उदास मुडमा उभिए झै लाग्यो ।
फेरि स्थिर डुंगाको एकछेउबाट एउटी अग्ली सुन्दरी आएर सोधि –‘तिमी समुन्द्रमा पौडन्छौ ? माछाहरु झै । पैतालिस मिनेट पानी मुनी बसेको २५०० भाट लाग्छ । हिँड यो अवसर तिमीले फेरि फेरी पाउँदैनौ ।’
म बोलिन फेरी पनि मौन बसेँ । त्यस पछि मेरो देशको नाम सोधी
मैले नेपाल भनँे ।
—‘त्योसो भए त तिमीले समुन्द्रको फेद तिर जानै पर्छ मलाई थाहा छ तिम्रो दैशमा समुन्द्र छैन ।’
‘हैन मलाई निक्कै डर लाग्छ ।’
साथीहरुको अनुहारबाट पनि उज्यालो हिँडिसकेको छ । कुन दशाले पर्स बोकेर समुन्द्रमा आईएछ । माहा फन्दामा परियौँ । अब भन्नु कसलाई ? त्यो हरियो बोट खोज्दै जाउँ कहापुग्यो पुग्यो पुग्यो ।
हामी तिरै आउँदै गरेको बोट चडेर हामी किनारसम्म फर्केने निर्णय गर्दैथियौँ ।
लगतै पछि पछि फेरी अर्को बोट पनि सँगै आयो । त्यो बोट हरियो थियो । हामीले बोट चिन्यो । बोट चालक नजिकै आयो र  निक्कै सुन्दर मुस्कान सहित भन्यो ‘यहाँहरुको ब्याग बोटमा छुटेछ पुर्याउन आएको हूँ ।’
‘थ्यगंस गड । हृदय देखिकै धन्यबाद । हमी तपाँइलाई सधै सम्झि रहने छौँ ।’
फेरी अर्काे बौट चडेर अलि पर गयौँ ।
हामी समुन्द्र कहिलै नदेखेका मनुवा परेम् । सकुनजेल पौडिखेल्यौँ । टुपिस लगाएर बालुवामा लसपसार सुन्दरीहरुलाई छालले छुएर लजाउँदै फर्कन्थ्यो ।
ड्ड  
राति एघार बजे एउटा आइ.टी सपिगंमहल छिर्दा पसलहरु बन्दहुने तरखरमा थिएँ । एउटा ल्यापटप र क्यमेरा खरिद गरेँ । ल्यपटपमा प्रोग्राम हाल्न होटलमै आईपुगे एक मृदुभाषी युवक । निकै मिजासिला रहेछन् आई.टि. युवक ।  तीनै युबकसँग फोन मागेर एक थाई युवतीसँग कुरा गर्न थाले नविन र चुडा । पछि थाहा भो ती मित्रहरु त हिजोकै युवतीसँग उहि कर्मको लगि लाईन पो मिलाउँदै रहेछन
नविन र चुडा मध्यरातमा फेरी हराए वाकिङ स्ट्रिटको रंगीन गल्लि तिर । बिहान चारबजे होटल फर्केका मित्रहरु यती अबेर उठेकी थाईल्याडको अर्काे असाध्य सुन्दर ठाउँ फ्लटिङ मार्केट घुम्न छुट्याईएको समय पुरै बिलाएर गयो हाम्रो रुटिगंबाट । हामी फर्केयौँ फ्लटिङ मार्केटलाई अर्काे यात्रामा भेट्ने बाचा सहित बैंकक ।

4.02.2013

सानया म बौलाहें ।

                       


रमेश सायन


प्रिय सायन !
एका विहानै चराहरु मेरोे मनको आकाश भएर, बादलको थुम्कामाहरुमा आफ्नो गीत छाडि गए । म तीनै चरहरुको गीत, यो झरिमा सुनिरहेंछु ।
हरेकपल्ट चराहरु आकाशमा उड्दा हाम्रो प्रेमको लय टिपी लैजान्छन् । म निदाउनुअघि चराहरुले मेरो कानमा एउटा आदिम प्रेमको लय भरिजान्छन् । हाम्रो प्रेम  चराहरुको बस्तीमा फेमस भएको छ ।
म प्रेम सिकाउने पाठशालाबाट भर्खर आएको हूँ ।
पाठशालाको भित्तामा तिम्रो उज्यालो अनुहारको चमक टासिएको छ । बतास, तिनै अनुहार बोकेर दूर भूगोलसम्म उडिहिँड्छ । बस्तिसम्म पुगि जान्छ । प्रेम रुखका हाँगाहरुमा छाडिजान्छ ।
मेरो आँखाको किनारामा बग्ने सम्झनाको नदी तिमीलाई । यो मुटुको गतिमा अड्कने तिम्रो प्रेमको कसम । चराहरु उडिजाने बाटोमा प्रेमको सगुन राखेको छु । हाम्रो प्रेम सिकि उड्ने चराहरुको कसम । म तिमीलाई सधै–सधै प्रेम गर्छु ।
उहि तिम्रो
सानया ।
—           —            —                —
म बौलाहाउनुअघि उनको यो पत्र दश हजारपल्ट पढें ।
—           —            —                —
    म बौलाए
यो सहरको रैथाने चौकमा म बौलाहेंछु । 
कसरी पो बौलाहें ?
पुरापुर हेक्का छैन ।
एकाएक चराहरुसँग उडौँ लाग्यो । नदीसँगै बगुँ लाग्यो । बादल सामातौँ लाग्यो । रुखमा आमाको अनुहार झुन्ड्यो । टुडिखेल मेरा बाको विर्ता हो, भने छु । मेरो देशको सासकको टाउकोको भकुन्डो खेल्न मनलाग्यो । धरहरामा उभिएर सिंहदरबारतिर फर्केर मुति दिन मनलाग्यो । आफ्नै टाउको बिक्रिमा राखेँ छु । साहूसँग हिसाब मागे छु । घामलाई नउदाउन भनेछु । यो देशको मालिकसँग मेरो हिसाब मिलेन । मैले आफ्नो हिसाब खोजें । म बिउजिएँ , निदाउँदा निदाउँदै । म नाचें हिँड्दाहिँड्दै । म सुतें उभिँदा उभिँदै ।
अन्जान सालिकसँग बात मारेछु । टाउकामा किरा प्यो । फनफनी टाउको घुम्यो । नयाँ सडकमा नाङगै हिँडे । दुनियाले लाज मान्यो । र, मलाई बौलाहा घोषणा ग्यो ।
—           —            —                —
आफ्न्तले समातेर पाटन अस्पतालमा पु्याए ।
म सद्दे छु ।
अरु सबै बौलाहा । डाक्टर बौलाहा । नर्स बौलाहा । प्यसेन्ट बौलाहा । टेवल बौलाहा । कुर्ची बौलाहा । सिरिञ्च बौलाहा । दैलो, जस्केलो । औषधी सबै सबै बौलाहा । म कराए । झ्यालका शिशाहरु चर्के ।
एउटा सेतो पैहिरनमा आएको डाक्टरले मेरो नाम सोध्यो ।
बोल्न मन लागेन, बोलिनँ ।
ठेगाना सोध्यो
भन्न मन लागेन, भनिनँ
‘बिहे गरेका छौ ?’
बोलिनँ
‘कति पढेका छौ ?’
बोलिनँ ।
डाक्टरलाई एक झापट हिर्काए । मलाई आफ्न्त र अरु अरुले समाते । म रुन थालें ।
कसलाई सम्झेर रोएँ याद भएन ।
तुरुन्तै हाँसे । के सम्झेर हाँसे सम्झना भएन ।
सायद यसै कारण मलाई दुनियाले बौलाहा भन्यो होला ।
डाक्टर हैरान भएर गयो । मलाई पागलहरुको वार्डमा छाडियो । मेरा आफन्तहरु पनि गए ।
पागलहरुको वार्डमा
कोही आफ्नै गाला चिमोटिरहेका छन् । कोही घुडो चुसिरहेका छन् । शायद अफ्नी आमाको धूद सम्झदा हुन् । कोही एक, दुइ पढिरहेका छन् । कोही आफनी प्रेमिकालाई गालि गरिरहेका छन् । कोही जुम्रा हेरि रहेकाछन् । कोही ऐनामा अफ्नै अनुहार नचिनेर सोधिरहेका छन् ।
 भित्तामा एउटाले लेख्यो
 प्रश्न बाहादुर ?
अकसमात कोहि चिच्यायो —मेरो दुरपिन खोई?
‘मेरो ल्याबको गुच्चा खोई ?’
अर्काे करायो —‘भान्टा खोई ?’ भान्सामा आज भान्टाको खिर पकाउने ।
खिर ..............
खिर.......................
खिर........................
खिर......................
खिर ....................
‘होइन कोदाको हलुुवा ।’ अर्काेले असहमती ब्यक्त ग्यो ।
फेरी अर्काेले आफ्नो रिजल्ट सुनायो—‘मेरो मार्कसिटमा जिरो नम्मर । म सधै फेल ।’
कर्आे बोल्यो —‘साला डाँकाले मेरो मुटु कलेजो लग्यो ।’
—‘आजको मिड नाइट अटमा सेक्सी मोडलको क्यटवाक हेर्नु छ ।’ अर्काे एक कुनाबाट करायो ।
उफ, यो पागलहरुको वस्तिमा कसरी बसौं ।
अब मैले आफैले फेरि घोषणा गरें ‘म बौलाए ।’

ड्ड    पासाको होटलमा

मानसिक वार्डबाट । रातारात भागेर पासाको होटलमा पुगें  ।
पासाको होटलमा पनि मैजस्ता बौलाहाहरु आउँछन् । टाउको फुटुन्जेल रक्सी पिउँछन् । माकुराको जालोमा अल्झिएको छ —तिनको विगत र वर्तमान । कतिले यही जालोमा आत्महत्या गर्ने असफल प्रयास गरे । कोही कोही उदारोमा बेसमारी पिउँछन् ।  आफु जन्मनु अघि मरेका हजुरबालाई सम्झेर रुन्छन् ।
एउटाले रक्सीसँग मुछेर भात खायो । अर्काले गिलासमा, मुछेको भात हाल्यो र बाहिर निस्क्यो । यो पासाको होटल बौलाहाहरु पालेर बसेको छ । अनेकथरिका पागलहरु आउँछन् ।
 बिहान एउटा मलामी गएर आएको छ । आज उसले मासु खाएन । भन्यो ‘मान्छेको मासु र खसीको मासुमा फरक छैन ।’
अर्काेले भन्यो ‘मलाई मान्छे र कुकुरको मासु सबै भन्दा मीठो लाग्छ ।’
मलामी गएर आउने मान्छे उठेर गयो । शायद यो हामी भन्दा सद्धे छ ।
हुन त पासा पनि बौलाहा नै हो । अफ्नै ग्राहाकले स्वस्नी उडायो । एक मैनापछि फेरी एक साँझ एक ग्रहाकसँग छोरी पोइल गई । केही बोल्दैन । रक्सी बेच्छ । र, बेलुका निदाउँछ ।
साला पासा भाग्यमानी  छ । एकलै कमायो । एकलै खायो । अब एक्लै मर्छ ।
सानिया
यही होटलमा हो । मलाई सानियाले छाडेर गएकी । अन्तिमपल्ट यही टेवलमा उसको अनुहार दियो झैं बलेको थियो । उसको आवज संगीत झैं सुनिएको थियो । उसको हिँडाइमा बेग थियो । उसको आँखामा प्रेमको भाषा थियो । उसको टाउकोमा मेरो मगजको मिश्रण थियो ।
त्यो दिन उसले मलाई मनपर्ने उपहार दिएकि थिई । सिटिसेन्टरमा हामीले अंग्रेजी सिनेमा ‘लाइफ अफ पाइ’ हेरेका थिययौँ । फर्कदा अनेकथरिका चक्लेट किनिदिई । मेरो आखाँमा आफ्ना आँखाहरु मिसाएर भनेकी थिई ‘तिमी सधै प्रेमको लयमा बाँच ।’
साझ परिसकेको थियो । जुन उनको अनुहारको बाटो भएर जमिनमा लमपसार थियो । जुन साँक्षी राखेर उनले मलाई बिस्तारै आफ्ना हातले खेलाएकी थिई जसरी स—सना नानीहरु अफ्नो मन परेको खेलौना खेलाउँछन् । प्रेम गर्छन । अँगालो हाल्छन् । ठिक उसै गरेकी थिई ।
त्यस दिन हामी सिटिसेन्टरबाट हिँडेर भक्तपुर पासाको होटलमा पुगेका थियौँ । सदै झै एक, एक गिलास पियौँ ।
एक आँैलाले जुन देखाएर भनेकी थिईन ‘सायन यो जुन तिमीलाई उपहार भयो ।’ मैले जुनलाई अँगालो हालेर आफ्नो बनाउन खोजेको थिँए ।
पासा मलाई देखेर बेस्मारी हाँस्यो ।
सधै घाम पानीको सम्बन्ध थियो । म घाम हुँदा उनी पानी, उनी पानी हुँदा म घाम । सधै हामी सुन्दर मौसम थियौँ ।
पासाको होटलमा पिउँदापिउँदै उनका ओठ काम्न थाले । निदारमा पसिनाका मसिना दानाहरु उठे । कुनै फुटे । र, ओरालो बगे । मैलै उनको हात समातें र ओठसँग ओठ जोडें । बिस्तारै उनले भनिन् ि‘सायन केही समय तिमीलाई छाडेर जाँदै छु । कतै टाढा ।’
उनी गइन ।
दुर देश । जापान गइन ।
फोटोमा साकुराका फूलहरु पठाउँथिन । म गुँरास पठाँउथें । हाम्रो चिठ्ठी बोकि जाने हुलाकी हाम्रो प्रेम देखेर टोलाई उभिन्थ्यो ।
म बिस्तारै प्रेमको समुन्द्रमा डुब्दै गए । उनी हिमाल भएर उभिदै गइन । जापानबाट उनको छाया एकाएक आउँथ्यो र मलाई चुम्मन गरेर जान्थ्यो । मेरो छाया एकाएक उनको सहर पुग्थ्यो र दुनियाको आँखा छलेर उनको चुम्मन बोकी आउँथ्यो । उनी हुँदा यो दुनिया रंगिन लाग्थ्यो ।
सधै मेरो झ्यालमा एउटा ईन्द्रेणी आएर उभिन्थ्यो ।
एक हप्तासम्म मेरो झ्यालमा इन्दे्रणी आएन । हुलाकीले साकुरा बोकि ल्याएन । मेरो घरको बाटोमा उनको छाया हिँडेन । रुखको हाँगाबाट अचानक गुँड छाडी उडी हिँडे, चराहरु  । ठूलो हुरीले, सधै हासीरहने उनको तस्बिर उडाएर लग्यो ।
हरेक बिहान उनको छाया बोकि ल्याउने घामले उनको मृत्युको समाचर बोकी ल्यायो र मलाई एक्लै छाडेर पश्चिमतिर लाग्यो ।
ड्ड    नगरकोट
त्यो दिन साँझ म नगरकोट पुगेको थिएँ । मसँग, म थिइनँ । मेरा ईन्द्रियहरु मरेका थिए । हिउँदको नगरकोटमा मलई गर्मी भएको थियो । अब सानयाको छायाँ कहिल्लै बोकी नल्याउने कसम खाएर घाम पश्चिमको डाँडाबाट ओरालो खस्यो । र, मेरो आँखाबाट बिलायो । मलाई एक्लै छाडेर घाम पनि गयो र सानिया पनि गइन् ।
सबै हरिया पातहरु खसेको रुखका हाँगाबाट एक हुल चराहरु उडे । चराको छाया मेरो टाउकोको बाटो भएर गयो । चराले सानयाले पठाउने पत्रको सम्झना आँखामा फालिदियो ।
त्यस पछि चराले आफुसँगै लिइ गयो मेरो आँखाको निद्रा । मेरो कानको आवाज । मेरो इन्द्रियको चेतना । म ढुंगो भएछु । म माटो भएछु । म नदि भएछु । म पहाड भएछु । म सब थोक भएछु र केही भैइनछु ।
सडकमा म बेमान्छे भैइ हिँडेछु ।
अचानक मगज सानिया तिरै फर्किगयो । मेरो चेतना उनी हिँडेकै बाटो तिर फर्कि गयो । म सडकमा एककोहोरो टोलाई हिंड्दो रहेंछु ।
—           —            —                —  




जीवन, एक मृत्यु स्खलन


रमेश सायन

कहिले काँही संयोगहरुले काम गर्छन् । तर,आज गरेन । यो सडक किनाराको घरमा कसैले बास दिएको भए संयोग हुने थियो  । तर भएन । आजको रात बिना संयोग बाँच्ने  छु ।
 काठमाडौँ जाने बसमा छु । मध्ये रातको बाह्र बजेको छ । भोलि, नेपाल बन्दको सूचना बोकेर बतास,घरि यो कान घरि ऊ कन गरिरहेको छ । सरासर काठमाडौँ जाउँ । भोलि फर्कन सक्दिन । काम छ, गल्छि त्रिसुलीमा । जे परोस, रोकें गाडि । उत्रें  अध्यारो सडकमा ।
म किन अचानक सडकमा उत्रें । अव, सम्झनु छैन ।
लागें नुवाकोट जाने बाटो तिर । एकलै छु । डर छैन र सम्झनु छैन त्रासका बल्यकहोलहरुलाई ।
अलि पर सडक ल्यामपोष्ट मुनी उभिएँ । किराहरु घुमिरहेछन् ल्यामपोष्ट ओरीपरी । हेरेँ आफूलाई । ठ्यक्कै लाग्यो किरा जस्तो । अलि ठूलो किरा । हातमा बोकिराखेको पानी पिँए । उत्तिनै खेर मोबाइलमा घन्टि बज्यो । ए मत मान्छे पो त । सम्झेँ । म मान्छे किरा ।
नुवाकोट जाने बाटो, अलि परै पुगेँ । गाए,ँ ग्यङनम स्टायल......... । कसैले सुन्यो सुनेन । त्रिसुलीले चाँहि सुसेली हाल्यो । बग्यो मेरो ग्यङनम स्टायल.........ओरालै ओरालो । नाचेहोलान ढुङगाहरु । उफ्रेहोलान माछा ।
 आज रातभर त्रिसुलीसँग जिस्कनु छ । र, पर्खनु छ, बिहानको उज्यालो । हेर्नु छ भोलि बिहान सवारी नगुडेको रित्तो राजमार्ग ।
डिलमा उभिएँ । हातमा उठाएँ ढुंगोे र हाने पानीमा । अफ्नो गति बिथोलिएको भाबमा हल्लियो नदी । सम्झें, जिन्दगीको गति पनि यसै गरि बिथोलिन्छ । कहाँ, कसले कुन बेला, हान्छ ढुंगो । र बिथोल्छ जिन्दगीको गति । भोक, अभाब, दुःख, खुसी, प्रेम, सुख केकेले बिथोल्छ जिन्दगीको तलाऊ र पाहाड झै श्रींखलाहरुमा उभिन्छ, जिन्दगी  ।
सडकै सडक अलि परै पुगे पछि फेरि फर्कि आँए । रातको एक बजेको छ । किनाराका घरहरु, थामेर उभिएकोछ, नदीको बेग । जसरी उभिन्छ, समयको बेग थामेर जीन्दगी ।
गल्छि चोकैमा छ, एउटा होटल । जहाँ अझै बाँकी छ, चहलपहल । छिरें । बिसाएँ झोल र सोधें ‘दाई यहाँ सुत्न पाइन्छ ?’
‘पाइदैन । सबै प्याक छ । ’
यतायत मज्दुरहरुको भिड छ । साहू मध्यरातीसम्म रक्सी बेचिरहेछ । म जस्ता कति आउँछन जान्छन् सबैलाई राखेर कहाँ साध्य ।
मान्छेहरु हल्ला बीच आ–आफ्नै जीवन बाँचिरहेकाछन् । बिर्सदै छन्, दिनभरको थकान । मान्छेलाइ कसरी दौडाउँछ सपनाले फेदिदेखि टाकुरासम्म । कसरी पुर्याउँछ जन्मदेखि मृत्युसम्म । हरेकको अनुहारमा जीवनको दौड कुदिरहेको छ । जीवन एउटा सपनाहरुको दौड हो । यी मज्दुरहरु, मालिकहरु सबै आ–आफ्नै दौड्मा कुदिरहेकाछन् ।
आज यतै सडक तिर बिताउँनु पर्ला । खाना मलेखुमा खाँए । धेरै पछि एक्लै यसरी रात रात भर हिंड्दै छु । अलिक पहिले काठमाडौँमा एक कवि र म रातभर हिंडेका छौ । आज आँखाको एक कुनामा उनको सम्झना आई उभियो ।
तर,लगतै उनलाई बिर्सेँ ।
दाईको घर कता । एक किसोर भाइले सोध्यो ।
‘बिराटनगर ।’
‘यता कता ?’
‘यसै डुल्न ।’ पत्याएन ।
‘भाइ तिम्रो घर कता नि ?’
‘मलेखु । ’
‘के गर्छौ ?’
‘ट्रकको कलासी ।’ गर्वले भन्यो ।
 म पनि खलासी हूँ । जिन्दगीको । सधै बिहान बेलुका ढ्याढ्याप पार्दै चलाउनु पर्छ ।
के बुज्यो ! हास्यो । उसले खाना खाई सकेको रहेछ । उठेर हिंड्न खोज्दै थियो । मसँग बिदा माग्यो ।
अब होटल साहू उज्यालो निबाएर सटर तान्दै छ । एकाद पनि उठेर हिंडिसकेकाछन् । सडकका म छु र मसँग हिँडिरहेने मेरो छायँ छ । बिजुलीको उज्यालोमा मेरो लामो नाक अज्जै तन्कियो ।
मलाई त मेरी आमाले जन्माएकी हुन तर यो छायालाई कसले जन्मायो ? रात बिरात मैसँग हिँडिरहन्छ । म रुँदा हाँस्दा मैसँग हुन्छ । दुनियाँमा कोहि नभए, मसँग छाया हुन्छ । यहि छायाले मेरो गीत सुन्छ । मेरा कविताहरु टिपी हिँड्छ । मलाई एक्लो हुनबाट बचाउँछ र खुसिहरु कुदी हिँड्ने बाटो तिर लैजान्छ । यहिँ छाया हो, मेरो चित्र भित्ता भित्तामा टाँगी हिँड्छ र मलाई ‘रमेश सायन’ चिनाउँछ । कहिलेकाँही म आफ्नै हुलिया बिर्सन्छु र छाया हेरेर आफुलाई भेट्छ,ु एक नक्सामा ।
अग्ला डाँडाहरुबाट खसेको छाया त्रिसुलीमा तैरी रहेको छ । यत्रो बेग बोकि हिँड्ने नदीले छाया बागाइलान सकेन । छायासँग नदी हारेको युद्ध बगिरहेको छ ।
छाया, मान्छेलाई अनुहारको चित्र सिकाउँने पाठशाला हो । हरेक उज्यालोमा चित्र बोकेर उभिन्छ ।
मेरो छायासँगको यात्रा कसैले बिथोलिदियो र ट्ररकको क्यविनबाट बोलायो दाइ आउनुहोस् ट्रकमै सुतौँ । एसो टाउको उठाएर हेरें । अघिको खलासी भाई रहेछ ।
मसँगै छाया पनि ट्रकमै चढ्यो ।
मोबाइलमा फेसबुक खोलें । अझै केहि साथीहरु अनलाईन छन् । फेसबुकको कमाल बुजिनसक्नु छ ।
‘दाई मोबाइलमा फिल्म छैन । ’
‘छ । हेर्छौ ?’
‘हेर्छु । ’
खोलँे ल्यापटप र क्यराभ्यन प्ले गरें । खलासी भाई फिल्म हेर्न थाल्यो । नेपाली सब टाइटल बिस्तारै पढिरहेको छ । लामो लामो संबादको आदा वाक्य मात्र पढ्न भ्याउँछ । यो फुच्चे पनि जिन्दगीको क्याराभानमा थिन्ले हो । यसले पनि छिचोल्नु छ, जिन्दगीको क्याराभान । हिड्नुछ, पुर्खाहरु हिँडिगएको बाटो । उसै गरि बिलाउनु छ हिँड्दा हिँड्दै बाटाबाटै हराएको पुर्खाहरुको आदिम पैतला झै ।
दिक्क मानेछ क्याराभान । भन्यो, बुजिन । र, सोध्यो, ‘दाई सन्निलिओनको छैन ?’
 ‘के जिस्म टु ?’
‘हैन अरु ।’ 
‘छैन । भाई । यहाँ नेट राम्रो चलेको छैन । नत्र देखाई दिन्थें ।’
‘मैले जिस्म टु हेरेको थिएँ । सन्नि निक्कै सेक्सी लागेकी थिई । त्यसैको ब्लु पनि छ रे हेर्न मन थियो’  । उसले भन्यो ।
यो फुच्चे पनि पुर्खाहरु हिँडेकै बाटो हिँडि आयो र यो त्रिसुली किनारामा उभियो । तर पुर्खाहरु भन्दा जिन्दगीको स्वद फरक फेरिरहेछ —ऊ । छामिरहेछ, दुर दराजका अंकहरु । र, आफनै मनसँग कमुक बनिरहेछ । अचेल, कयौँ पल्ट सपनामा सन्नि लिओन आएर, उसलाई बिथोलेर जाँदि हो । 
जिवनका अनेक स्वदहरुछन् । कुनै तिता । कुनै मिठा । जिन्दगी जन्म र मृत्युको कक्टेल पाटि जास्तो लाग्छ ।
खलासी भाई स्टेरिगं छेउमा निदायो । म ओल्लो सिटमा बसेर फेसबुक चलाई रहेको छु । यो राती एक मित्रलाई रुगा लागेछ । राख्यो स्टाटस ‘रुगालाग्न थाल्यो ज्वरो आउला जस्तो छ ।’ कमेन्टमा लसऐन्जल बस्ने एक भुटनिज साथीले सु—स्वस्थेको कामना गर्यो । सायद त्यो स्टाटसवला खुसीको स्खलनमा हरायो होला ।
अचेल मान्छे बाँच्ने कला फेरिएको छ । सहरको मध्य विन्दुमा होडिङबोड भएर  उभिन चाहान्छ, मान्छे  । आफ्नो स—साना दुःखहरु बाँड्छ र अरुबाट सम्बेदना लुट्छ ।
अचेल हरेक दिन मान्छेहरु सम्बेदना लुटिहिँड्छन् । सायद कतैबाट प्रेम नपाए पछि मान्छेले सम्बेदानाबाट पनि प्र्रेम महसुस गर्दो हो । र, अलिकति खुसि समेटेर उभिदो हो ।
खलासीको टाउको अहिले स्टेरिङमा अडिएको छ । भोलि उसलाई यो स्टेरिङको टाउकोले कहाँ पुर्याउँने हो । जिन्दगीको स्टेरिङ कुन मोडमा पुगेर मृत्युबाट स्खलित हुनेहो, कसले भन्न सक्छ ?
अखिर जीवन मृत्युको स्खलन त हो । एक दिन जीवन मृत्युबाट स्खलित हुन्छ र सकिन्छ ।


फकिर हिँडेको बाटो



रमेश सायन

‘जिन्दगीसँग कुनै गुनासो छैन । यतिका वर्षसम्म जिन्दगीले मेरो बिरुद्ध कुनै उजुर गरेन ।
‘सलाम जिन्दगी !’ बिना उजुर, मसँग मिलेर, मैले जे गरे पनि सहेर, बाँचेकोमा ।’
सधैको साँझ रक्सी पिउनु अघि मुसाखानले जिन्दगी प्रति बिषेश आभार ब्यक्त गर्छ । रक्सी पिउँदा पिउँदै उसको साससँग ठोकिएको बतास पनि बेसमारी मात्छ । र, लरखराउँदै अगाडि बढ्छ  
हरेक साँझ बेसुर भाकामा रक्सी पिउँछ । — मुसाखान ।
‘सायन मेरो जीन्दगी ठिक बालुवाको घर जस्तो छ । हैन, हैन ठेगाना विहीन बतासमा उडिरहेकोे काँस फूल जस्तो ।’
ऊ एकोहोरो मेरो सामु जिन्दगी परिभाषित गर्न खोज्छ । कतै अटाउँदै परिभाषामा जिन्दगी ।
एक ‘लार्ज पेग’ लोकल पिए पछि भन्छ ‘मिल्ने भए मेरो गिदी मोजामा हालेर भकुन्डो खेल्ने थिए ।’
आफ्नै गिदीको भकुन्डो खेल्ने π बेबकुफ मुसाखान ।
यो मुसा जिन्दगीको फकिर हो । यसको जात, थर, धर्म कसैलाई भन्दैन । झोलामा बेद, कुरान लगायत अरु धेरै किताब छन् । प्रस्ट नेपाली बोल्छ । बिहान मन्दिर जान्छ र मध्यान्न मस्जिद पुग्छ ।
हिजो, ऊ र मसँगै लुम्बिनी घुमेका थियौँ । विश्वशान्ति स्तुपाको अगाडि तीन घण्टा ध्यान ग¥यो । फर्कदा भैरहवामा बेस्मारी रक्सी पियो ।
अस्ति काठमाडौंमै हुँदा जामे मस्जिद छेउबाट हिन्दीमा उल्था गरिएको कुरान किन्यो । किन्दा किन्दै कुरान माथि अर्काे किताब राख्यो ।
पसलेले गालि ग्यो । कुरान पढ्ने तरिका बतायो ‘यो किताब माथी अरु किताब नराख्नु । बिहान उठेर नुहाए पछि मात्र पढ्नु । भूँइमा राखेर नपढ्नु ।’
हिड्ने बेला पसलले सोध्यो ‘के तिमी स्लाम हैनौँ ?’
‘हैन ।’ ठाडो उत्तर दियो ।
पसलेले मुसाको अनुहारमा पुलुक्क हे¥यो ।
मुसाले पनि पसलेको आँखासँग सिधा आँखा जुधाएर उर्दूमै कुरानको एक सुर “अल्–फातिहा” फट्फटायो ।
“अल्हमदुलिल्लाहि रब्बिल आलमीन ,अर्रहमानिर्रहीम
मालिकि यौमिद्यिन,इप्याकनअ्बुदु व इप्याकनस्तईन
इह्दिनस्सिरातलमुस्तकीम”
 लगतै  सामवेदकोे एक ऋचा पनि
“इच्छन्दि देवःसुन्वन्तं न स्वप्नाय स्पृहयन्ति । यन्ति प्रमादमतन्द्राः ।”
 र, त्याहाँबाट टाप कस्यो ।
धेरै वर्ष पहिले मुसाखान एक दिन ज्योतिषीकहाँ गएको रहेछ   ।
ज्योतिषीले तेरो राज योग परेको छ । देशको ठूलो मन्छे हुन्छस् भनेछ ।
मुसाले एक सय दान ग¥यो र धेरै दिनसम्म आफू ठूलो मान्छे भएको सपना देख्यो । उसको आङमा फुर्ति, उसबेला बतासको बेगमा पसेको थियो ।
अहिले मुसाले त्यो ज्योतिषलाई भेटे दुइ लात्ति हानेर एक सयको बदला पाँच सय मागौँला झै गरेको छ ।
ऊ सानसँग भन्छ ‘म भूगोल बिहिन फकिर हूँ ।’
बिसायो, उसले आफ्नो जात, धर्म, नाम, ठेगाना । बन्यो, मुसाखान फकिर । हिड्यो,जिन्दगीको पछाडि नफर्कि अगाडि अगाडि ।
ऊ भन्छ ‘जीन्दगीको पछाडि फर्केर के काम ? मृत्यु पछाडि हैन अगाडि हुन्छ । हामी सबै मृत्युको म्याराथुन धाबक हौँ । दौड जित्न पछाडि हैन अगाडि दौडनु पर्छ ।’
मुसाखान, हरेक दिन निदाउनु अघि जिन्दगीको डाटा डिलिट गरिदिन्छ ।
भोलि पल्ट, एउटा ताजा जिन्दगी बाँच्छ ।
आफु कसरी फकिर भयो ? स्वयम विर्सिन्छ —ऊ —आफ्नो जिन्दगीको रमकहानी ।
‘तिम्रा बाबु, आमा छैनन् ?’
‘होलान ।’
‘होलान ?’
‘म घर नगएको धेरै भयो । पहिले थिए । अहिले थाहा छैन ।’
‘कति भो घर नगएको ?’
‘छ वर्ष । हैन हैन सायद सात पनि भएको हुनु पर्छ । हिसाब छैन ।’
यो फकिरको अनुहारको भाव फेरबदल हुँदैन । चाहे त्यो अमिलो या पिरो  किन नखाहोस् ।
जीन्दगीमा कुनै कुराले प्रभाव नै पार्दैन । आमा–बाबुको कुरा या अन्जान व्यक्तिको । केहीले छुन सक्दैन ।
ऊ, आम जीवनको प्रक्रियामा असामान्य बाँचेको छ । यस्तो जिन्दगी कसैले बाँच्न सक्दैन । मुसा समाजको असामाजिक प्राणी हो ।
यो फकिर जंगल, ओडार या पुलमुनी, घर वा होटल जहाँ पनि बास बस्छ ।
खान कहिले मागेर कहिले काम गरेर खान्छ । कहिले हिमाल पुग्छ । कहिले तराइ आसपास घुम्छ ।
मैले भेट्नु अघि ऊ केरला भारत डुलेर आएको रहेछ ।
उसलाई बाच्नु छैन । मर्नु छ । तर, हतारमा हैन । सबै देखेर, भोगेर । आयु पु्¥याएर मर्नु छ ।
सोच्दै छु । आजको साँझ फकिरले के गर्ने हो ? रक्सी पिउँछ या लियो टोल्स्टोयकोे वार एण्ड पिस पढ्छ । देवकोटाको शाकुन्तला पढ्छ वा माधब घिमिरेको गौरी पढेर रुन्छ या हाँस्छ । माओको बायोग्राफि पढ्छ । कार्लमाक्र्सको पूँजी पढेर भोक्कै निदाउँछ । ऊ जे पनि गर्न सक्छ । उसको पछि लागेर हिंडनुको मज्जा यहि हो ।
ड्ड   
हामी यतिखेर भैरवाबाट हिंडदै बुटवल आइपुगेका छौ ।
घाम तिनाउ तरि सकेको छ ।
फकिर तिनाउ किनारमा बसेर मस्त गाँजा पिइरहेको छ ।
यो झिझो फकिरसँग दिन बिताउन मलाई रहर भन्दा लोभ हो । ऊ कसरी फिरन्ते भयो । कसरी मुसाखान बन्यो । थाहा पाउने रहर छ । ऊ बाँच्ने शैलीको प्रभाब मेरो मगजले उचालि रहेको छ । तर ऊ हत्तपत्त आफ्नो जिन्दगी वाचन गर्ला जस्तो छैन । 
आफुले तान्दै गरेको चुरोटको ठुटो लम्काउँदै भन्यो ‘सायन गाँजा तान्छौ ?’
‘तान्दिन । मेरो फेक्सोमा असर छ धुँवाको ।
ऊ बिना भाव हाँस्यो ।
हिउँदको तिनाउ बग्न मात्र बगेको छ ।
पारी मैना बगरमा अटो ग्यारेजको घाइघँुइ छ । रिक्सा, गाडि र पैदलयात्रीको भिडमा तिनाउ पूर्ववत परिचित छ । तर यो फिरन्ते मुसाखानको अनुहारसँग तिनाउ झस्कन्छ । र,मलाई कानमा खुसुक्क भन्छ ‘यो फकिरको पछि नलाग सायन तेरो जिन्दगी मैले बगाउने भेल जस्तो नबना । घर जा । यसको कथा मेरो किनारमा छाडि राख । सके म सुनौँला यसको कथा नसके मै बगाई लैजाउँला ।’
‘ए तिनाउ !  यो फकिरलाई बुझ्न सबैकाम छाडेर दौडिएको छु । मेरो आधा गिदी यसको टाउको देखेर हल्लि सकेको छ । यसको कथा सुनेर, की जीवन जिउँन सिक्छु कि कला सहितको मृत्यु मर्न ।’
मुसाले तिनाउ र मेरो बात सुने छ क्यार ! मतिर पुलुक्क हे¥यो । उसको आँखामा गाँजाको असर देखिन थालिसकेको छ । एउट लामो सर्काे धुँवा तिनाउ तरेर मैनाबगर तिर लाग्यो ।
‘सायन आज रातको कुनै बेश्यासँग बितउनु पर्छ ?’ म हाँसे मात्र । यो मान्छे कति बेप्रशंग छ ।
 ‘बिना मुड कस्तो योजना ?’ 
‘योजनाले जिन्दगी चल्दैन ब्यापार चल्छ । जिन्दगी ब्यापार हैन ?’
‘जाउँला तर तिम्रो बारे मलाइ भन ।’ शर्त राखें ।
मलाई थाहा छ ऊ मेरो शर्तसँग गल्दैन ।
‘म कथा बेगरको पात्र हूँ । रहरले यसै गरि घुम्छु । जसरी तिमीले आज भोलि देखि रहेकाछौ । तिमीले देखेको मान्छे भन्दा अर्काे मान्छे मसँग छैन । म तिनाउँको यीनै बालुवा हुँ । दुनियाले देख्ने गरि बिस्कुन भएको छु । म आँगन हूँ । म भित्र मजेरी छैन ।’–उ बोल्यो । स्पष्टिकरण दिएको शैलीमा ।
‘बालुवा भित्र पनि त केहि छ ।’
‘के हुन्छ बालुबा भित्र ? त्यो देखिने बालुबा मात्र हुँ । त्यो भित्र पनि यदि केहि छ भने त्यो हैन म ।’
‘तिमीले प्रेम गरेनौ ?’
‘प्रेम गरें स्कुल पढ्दा । कलेज पढ्दा । म घर छाडेर हिंड्नुु अघिसम्म प्रेम गर्थे ।’
‘तिमीले असफल प्रेम भोगेका छौ ?’
‘छैन एकदम सफल प्रेम । पे्रम असफल हुँदैन । प्रेम आफैमा सफल हो ।’
‘अहिले पनि प्रेम गर्छाै ?’
‘अहिले म इश्वरीय प्रेम गर्छु । अर्थात म आफूलाइ मात्र पे्रम गर्छु ।’
‘तिमी ईश्वार मान्छौ ?’
‘मान्छु । म भित्रको इश्वार मान्छु । मेरो इश्वर मै हूँ । मेरो अर्काे इश्वर छैन ।’
 ‘तिमी आस्तिक ?’
‘हैन म नास्तिक । म धर्म मान्दिन ईश्वर मान्छु । धर्मले  धेरै कुरा बर्जित गर्छ । इश्वरले धेरै कुरा फुक्का गर्छ । धर्म बन्दन हो  । इश्वर स्तन्त्रता हो । इश्वर बतासमा उड्छ । धर्म जमिनमा हिंड्छ । इश्वर नदिमा बग्छ, धर्म पोखरीमा जम्छ । इश्वार आफै भित्र हुन्छ, धर्म आस्थामा हुन्छ । इश्वर चेतना हो । इश्वर इन्द्रिय हो । धर्म खिया लागेको मगजको उपज हो ।’
यो फकिरले मेरो मगज डामि दियो । म टोलाउन थाले ।
‘धर्म र इश्वार’ ?– म यो फकिरको कुरा आधा बुज्छु आधा बुज्दिन । यो आम मान्छे भन्दा खुसी छ ।
‘ए ! मुसा इश्वर मान्ने मान्छे तिमी जस्तै सपना बेगरका हुने भए दुनिया उकालो हैन ओरालो बग्ने थियो । मान्छेको गति सधै उकालो बगिरहेको छ ।’
‘सायन तँ घरि घरि सत्य बोल्छस् ।’
‘सायन, धर्म बिभाजनको खण्डहर श्रृंखला हो । धर्मले समाजलाई खण्डहर बनाउँछ र आ–आफ्नो समूहमा बिभाजन गराउँछ ।’
ब्रमाण्डमा धेरै समूहहरु छन् जसले अनेक धर्मको नेतृत्व गर्छ । आफ्नो समाजको मात्र हित चाहन्छ । बिकास र आदिपत्य चाहन्छ । जव मान्छे धर्ममा आस्तिक हुन्छ तव द्धन्द्धको शुरुवात हुन्छ । द्धन्द्धले एक अर्कामा शक्ति ट्रान्सफरको काम गर्छ । भौतिक बिकासको श्रृंखला द्रुत गतिमा अगाडि बड्छ । हजोरौँ वर्ष अघि देखि धर्मले द्धन्द्धको सुरुवात ग¥यो र द्धन्द्धले शक्ति ट्रान्सफरको काम ग¥यो ।
आज समाज यो गतिमा दौडिरहेको छ । तर, इश्वर धर्म भन्दा माथि छ । आफ्नो इश्वर पत्ता लगाउने प्राणी ब्रमाण्डमा धेरै कम छन् । म जस्तै दुनियाले आपूm भित्र इश्वर महसुस गर्ने भए उहिल्यै यो पृथ्वीको गति उल्टो घुम्ने थियो ।
ऊ इश्वर मान्छ । धर्म मान्दैन तर द्धन्द्धबाट बिकसित शक्ति ट्रान्सफरको उपज भौतिक विकासलाई स्वीकार्छ  । उ आफैमा द्धन्द्ध जस्तो लाग्छ ।
इश्वरीय द्धन्द्ध ।
यो कस्तो मान्छे । यो फकिर आफैमा द्धन्द्ध हो कि इश्वरको बाघचाल π
म उसको कुरा सुन्न सक्छु तर बुज्न सक्दिन । उसले फेरि चुरोटमा गाँजा भ¥यो र पुलको आडैमा उभिएर लामो सर्काे तान्यो
यस पल्ट धुँव बतासको बाटो भएर मेरो मगज माथि माथि उडिरहेको छ । उसले फेरि पनि एक्कासी बेश्यासँग रात बिताउने प्रस्ताब सम्झायो ।
यस पल्ट मैले डाठै अस्वीकार गरें ।
‘तिमी जाउँ म जान्न ।’ रिसाएको भावमा भनें ।
मेरो अस्वीकृतीको असर उसको अनुहारमा कतै देखिएन । उ रिक्सा चड्यो र गयो ।
उसको कथा पनि उहीसँग पछि लाग्यो । अब बाँकी मसँग उसको कथा समात्न नसकेको तिनाउँ किनारा र उसैको असरले हल्लिरहेको मेरो मगज मात्र छ ।
ड्ड