Social Icons

4.02.2013

सानया म बौलाहें ।

                       


रमेश सायन


प्रिय सायन !
एका विहानै चराहरु मेरोे मनको आकाश भएर, बादलको थुम्कामाहरुमा आफ्नो गीत छाडि गए । म तीनै चरहरुको गीत, यो झरिमा सुनिरहेंछु ।
हरेकपल्ट चराहरु आकाशमा उड्दा हाम्रो प्रेमको लय टिपी लैजान्छन् । म निदाउनुअघि चराहरुले मेरो कानमा एउटा आदिम प्रेमको लय भरिजान्छन् । हाम्रो प्रेम  चराहरुको बस्तीमा फेमस भएको छ ।
म प्रेम सिकाउने पाठशालाबाट भर्खर आएको हूँ ।
पाठशालाको भित्तामा तिम्रो उज्यालो अनुहारको चमक टासिएको छ । बतास, तिनै अनुहार बोकेर दूर भूगोलसम्म उडिहिँड्छ । बस्तिसम्म पुगि जान्छ । प्रेम रुखका हाँगाहरुमा छाडिजान्छ ।
मेरो आँखाको किनारामा बग्ने सम्झनाको नदी तिमीलाई । यो मुटुको गतिमा अड्कने तिम्रो प्रेमको कसम । चराहरु उडिजाने बाटोमा प्रेमको सगुन राखेको छु । हाम्रो प्रेम सिकि उड्ने चराहरुको कसम । म तिमीलाई सधै–सधै प्रेम गर्छु ।
उहि तिम्रो
सानया ।
—           —            —                —
म बौलाहाउनुअघि उनको यो पत्र दश हजारपल्ट पढें ।
—           —            —                —
    म बौलाए
यो सहरको रैथाने चौकमा म बौलाहेंछु । 
कसरी पो बौलाहें ?
पुरापुर हेक्का छैन ।
एकाएक चराहरुसँग उडौँ लाग्यो । नदीसँगै बगुँ लाग्यो । बादल सामातौँ लाग्यो । रुखमा आमाको अनुहार झुन्ड्यो । टुडिखेल मेरा बाको विर्ता हो, भने छु । मेरो देशको सासकको टाउकोको भकुन्डो खेल्न मनलाग्यो । धरहरामा उभिएर सिंहदरबारतिर फर्केर मुति दिन मनलाग्यो । आफ्नै टाउको बिक्रिमा राखेँ छु । साहूसँग हिसाब मागे छु । घामलाई नउदाउन भनेछु । यो देशको मालिकसँग मेरो हिसाब मिलेन । मैले आफ्नो हिसाब खोजें । म बिउजिएँ , निदाउँदा निदाउँदै । म नाचें हिँड्दाहिँड्दै । म सुतें उभिँदा उभिँदै ।
अन्जान सालिकसँग बात मारेछु । टाउकामा किरा प्यो । फनफनी टाउको घुम्यो । नयाँ सडकमा नाङगै हिँडे । दुनियाले लाज मान्यो । र, मलाई बौलाहा घोषणा ग्यो ।
—           —            —                —
आफ्न्तले समातेर पाटन अस्पतालमा पु्याए ।
म सद्दे छु ।
अरु सबै बौलाहा । डाक्टर बौलाहा । नर्स बौलाहा । प्यसेन्ट बौलाहा । टेवल बौलाहा । कुर्ची बौलाहा । सिरिञ्च बौलाहा । दैलो, जस्केलो । औषधी सबै सबै बौलाहा । म कराए । झ्यालका शिशाहरु चर्के ।
एउटा सेतो पैहिरनमा आएको डाक्टरले मेरो नाम सोध्यो ।
बोल्न मन लागेन, बोलिनँ ।
ठेगाना सोध्यो
भन्न मन लागेन, भनिनँ
‘बिहे गरेका छौ ?’
बोलिनँ
‘कति पढेका छौ ?’
बोलिनँ ।
डाक्टरलाई एक झापट हिर्काए । मलाई आफ्न्त र अरु अरुले समाते । म रुन थालें ।
कसलाई सम्झेर रोएँ याद भएन ।
तुरुन्तै हाँसे । के सम्झेर हाँसे सम्झना भएन ।
सायद यसै कारण मलाई दुनियाले बौलाहा भन्यो होला ।
डाक्टर हैरान भएर गयो । मलाई पागलहरुको वार्डमा छाडियो । मेरा आफन्तहरु पनि गए ।
पागलहरुको वार्डमा
कोही आफ्नै गाला चिमोटिरहेका छन् । कोही घुडो चुसिरहेका छन् । शायद अफ्नी आमाको धूद सम्झदा हुन् । कोही एक, दुइ पढिरहेका छन् । कोही आफनी प्रेमिकालाई गालि गरिरहेका छन् । कोही जुम्रा हेरि रहेकाछन् । कोही ऐनामा अफ्नै अनुहार नचिनेर सोधिरहेका छन् ।
 भित्तामा एउटाले लेख्यो
 प्रश्न बाहादुर ?
अकसमात कोहि चिच्यायो —मेरो दुरपिन खोई?
‘मेरो ल्याबको गुच्चा खोई ?’
अर्काे करायो —‘भान्टा खोई ?’ भान्सामा आज भान्टाको खिर पकाउने ।
खिर ..............
खिर.......................
खिर........................
खिर......................
खिर ....................
‘होइन कोदाको हलुुवा ।’ अर्काेले असहमती ब्यक्त ग्यो ।
फेरी अर्काेले आफ्नो रिजल्ट सुनायो—‘मेरो मार्कसिटमा जिरो नम्मर । म सधै फेल ।’
कर्आे बोल्यो —‘साला डाँकाले मेरो मुटु कलेजो लग्यो ।’
—‘आजको मिड नाइट अटमा सेक्सी मोडलको क्यटवाक हेर्नु छ ।’ अर्काे एक कुनाबाट करायो ।
उफ, यो पागलहरुको वस्तिमा कसरी बसौं ।
अब मैले आफैले फेरि घोषणा गरें ‘म बौलाए ।’

ड्ड    पासाको होटलमा

मानसिक वार्डबाट । रातारात भागेर पासाको होटलमा पुगें  ।
पासाको होटलमा पनि मैजस्ता बौलाहाहरु आउँछन् । टाउको फुटुन्जेल रक्सी पिउँछन् । माकुराको जालोमा अल्झिएको छ —तिनको विगत र वर्तमान । कतिले यही जालोमा आत्महत्या गर्ने असफल प्रयास गरे । कोही कोही उदारोमा बेसमारी पिउँछन् ।  आफु जन्मनु अघि मरेका हजुरबालाई सम्झेर रुन्छन् ।
एउटाले रक्सीसँग मुछेर भात खायो । अर्काले गिलासमा, मुछेको भात हाल्यो र बाहिर निस्क्यो । यो पासाको होटल बौलाहाहरु पालेर बसेको छ । अनेकथरिका पागलहरु आउँछन् ।
 बिहान एउटा मलामी गएर आएको छ । आज उसले मासु खाएन । भन्यो ‘मान्छेको मासु र खसीको मासुमा फरक छैन ।’
अर्काेले भन्यो ‘मलाई मान्छे र कुकुरको मासु सबै भन्दा मीठो लाग्छ ।’
मलामी गएर आउने मान्छे उठेर गयो । शायद यो हामी भन्दा सद्धे छ ।
हुन त पासा पनि बौलाहा नै हो । अफ्नै ग्राहाकले स्वस्नी उडायो । एक मैनापछि फेरी एक साँझ एक ग्रहाकसँग छोरी पोइल गई । केही बोल्दैन । रक्सी बेच्छ । र, बेलुका निदाउँछ ।
साला पासा भाग्यमानी  छ । एकलै कमायो । एकलै खायो । अब एक्लै मर्छ ।
सानिया
यही होटलमा हो । मलाई सानियाले छाडेर गएकी । अन्तिमपल्ट यही टेवलमा उसको अनुहार दियो झैं बलेको थियो । उसको आवज संगीत झैं सुनिएको थियो । उसको हिँडाइमा बेग थियो । उसको आँखामा प्रेमको भाषा थियो । उसको टाउकोमा मेरो मगजको मिश्रण थियो ।
त्यो दिन उसले मलाई मनपर्ने उपहार दिएकि थिई । सिटिसेन्टरमा हामीले अंग्रेजी सिनेमा ‘लाइफ अफ पाइ’ हेरेका थिययौँ । फर्कदा अनेकथरिका चक्लेट किनिदिई । मेरो आखाँमा आफ्ना आँखाहरु मिसाएर भनेकी थिई ‘तिमी सधै प्रेमको लयमा बाँच ।’
साझ परिसकेको थियो । जुन उनको अनुहारको बाटो भएर जमिनमा लमपसार थियो । जुन साँक्षी राखेर उनले मलाई बिस्तारै आफ्ना हातले खेलाएकी थिई जसरी स—सना नानीहरु अफ्नो मन परेको खेलौना खेलाउँछन् । प्रेम गर्छन । अँगालो हाल्छन् । ठिक उसै गरेकी थिई ।
त्यस दिन हामी सिटिसेन्टरबाट हिँडेर भक्तपुर पासाको होटलमा पुगेका थियौँ । सदै झै एक, एक गिलास पियौँ ।
एक आँैलाले जुन देखाएर भनेकी थिईन ‘सायन यो जुन तिमीलाई उपहार भयो ।’ मैले जुनलाई अँगालो हालेर आफ्नो बनाउन खोजेको थिँए ।
पासा मलाई देखेर बेस्मारी हाँस्यो ।
सधै घाम पानीको सम्बन्ध थियो । म घाम हुँदा उनी पानी, उनी पानी हुँदा म घाम । सधै हामी सुन्दर मौसम थियौँ ।
पासाको होटलमा पिउँदापिउँदै उनका ओठ काम्न थाले । निदारमा पसिनाका मसिना दानाहरु उठे । कुनै फुटे । र, ओरालो बगे । मैलै उनको हात समातें र ओठसँग ओठ जोडें । बिस्तारै उनले भनिन् ि‘सायन केही समय तिमीलाई छाडेर जाँदै छु । कतै टाढा ।’
उनी गइन ।
दुर देश । जापान गइन ।
फोटोमा साकुराका फूलहरु पठाउँथिन । म गुँरास पठाँउथें । हाम्रो चिठ्ठी बोकि जाने हुलाकी हाम्रो प्रेम देखेर टोलाई उभिन्थ्यो ।
म बिस्तारै प्रेमको समुन्द्रमा डुब्दै गए । उनी हिमाल भएर उभिदै गइन । जापानबाट उनको छाया एकाएक आउँथ्यो र मलाई चुम्मन गरेर जान्थ्यो । मेरो छाया एकाएक उनको सहर पुग्थ्यो र दुनियाको आँखा छलेर उनको चुम्मन बोकी आउँथ्यो । उनी हुँदा यो दुनिया रंगिन लाग्थ्यो ।
सधै मेरो झ्यालमा एउटा ईन्द्रेणी आएर उभिन्थ्यो ।
एक हप्तासम्म मेरो झ्यालमा इन्दे्रणी आएन । हुलाकीले साकुरा बोकि ल्याएन । मेरो घरको बाटोमा उनको छाया हिँडेन । रुखको हाँगाबाट अचानक गुँड छाडी उडी हिँडे, चराहरु  । ठूलो हुरीले, सधै हासीरहने उनको तस्बिर उडाएर लग्यो ।
हरेक बिहान उनको छाया बोकि ल्याउने घामले उनको मृत्युको समाचर बोकी ल्यायो र मलाई एक्लै छाडेर पश्चिमतिर लाग्यो ।
ड्ड    नगरकोट
त्यो दिन साँझ म नगरकोट पुगेको थिएँ । मसँग, म थिइनँ । मेरा ईन्द्रियहरु मरेका थिए । हिउँदको नगरकोटमा मलई गर्मी भएको थियो । अब सानयाको छायाँ कहिल्लै बोकी नल्याउने कसम खाएर घाम पश्चिमको डाँडाबाट ओरालो खस्यो । र, मेरो आँखाबाट बिलायो । मलाई एक्लै छाडेर घाम पनि गयो र सानिया पनि गइन् ।
सबै हरिया पातहरु खसेको रुखका हाँगाबाट एक हुल चराहरु उडे । चराको छाया मेरो टाउकोको बाटो भएर गयो । चराले सानयाले पठाउने पत्रको सम्झना आँखामा फालिदियो ।
त्यस पछि चराले आफुसँगै लिइ गयो मेरो आँखाको निद्रा । मेरो कानको आवाज । मेरो इन्द्रियको चेतना । म ढुंगो भएछु । म माटो भएछु । म नदि भएछु । म पहाड भएछु । म सब थोक भएछु र केही भैइनछु ।
सडकमा म बेमान्छे भैइ हिँडेछु ।
अचानक मगज सानिया तिरै फर्किगयो । मेरो चेतना उनी हिँडेकै बाटो तिर फर्कि गयो । म सडकमा एककोहोरो टोलाई हिंड्दो रहेंछु ।
—           —            —                —  




No comments: