Social Icons

4.02.2013

सानया म बौलाहें ।

                       


रमेश सायन


प्रिय सायन !
एका विहानै चराहरु मेरोे मनको आकाश भएर, बादलको थुम्कामाहरुमा आफ्नो गीत छाडि गए । म तीनै चरहरुको गीत, यो झरिमा सुनिरहेंछु ।
हरेकपल्ट चराहरु आकाशमा उड्दा हाम्रो प्रेमको लय टिपी लैजान्छन् । म निदाउनुअघि चराहरुले मेरो कानमा एउटा आदिम प्रेमको लय भरिजान्छन् । हाम्रो प्रेम  चराहरुको बस्तीमा फेमस भएको छ ।
म प्रेम सिकाउने पाठशालाबाट भर्खर आएको हूँ ।
पाठशालाको भित्तामा तिम्रो उज्यालो अनुहारको चमक टासिएको छ । बतास, तिनै अनुहार बोकेर दूर भूगोलसम्म उडिहिँड्छ । बस्तिसम्म पुगि जान्छ । प्रेम रुखका हाँगाहरुमा छाडिजान्छ ।
मेरो आँखाको किनारामा बग्ने सम्झनाको नदी तिमीलाई । यो मुटुको गतिमा अड्कने तिम्रो प्रेमको कसम । चराहरु उडिजाने बाटोमा प्रेमको सगुन राखेको छु । हाम्रो प्रेम सिकि उड्ने चराहरुको कसम । म तिमीलाई सधै–सधै प्रेम गर्छु ।
उहि तिम्रो
सानया ।
—           —            —                —
म बौलाहाउनुअघि उनको यो पत्र दश हजारपल्ट पढें ।
—           —            —                —
    म बौलाए
यो सहरको रैथाने चौकमा म बौलाहेंछु । 
कसरी पो बौलाहें ?
पुरापुर हेक्का छैन ।
एकाएक चराहरुसँग उडौँ लाग्यो । नदीसँगै बगुँ लाग्यो । बादल सामातौँ लाग्यो । रुखमा आमाको अनुहार झुन्ड्यो । टुडिखेल मेरा बाको विर्ता हो, भने छु । मेरो देशको सासकको टाउकोको भकुन्डो खेल्न मनलाग्यो । धरहरामा उभिएर सिंहदरबारतिर फर्केर मुति दिन मनलाग्यो । आफ्नै टाउको बिक्रिमा राखेँ छु । साहूसँग हिसाब मागे छु । घामलाई नउदाउन भनेछु । यो देशको मालिकसँग मेरो हिसाब मिलेन । मैले आफ्नो हिसाब खोजें । म बिउजिएँ , निदाउँदा निदाउँदै । म नाचें हिँड्दाहिँड्दै । म सुतें उभिँदा उभिँदै ।
अन्जान सालिकसँग बात मारेछु । टाउकामा किरा प्यो । फनफनी टाउको घुम्यो । नयाँ सडकमा नाङगै हिँडे । दुनियाले लाज मान्यो । र, मलाई बौलाहा घोषणा ग्यो ।
—           —            —                —
आफ्न्तले समातेर पाटन अस्पतालमा पु्याए ।
म सद्दे छु ।
अरु सबै बौलाहा । डाक्टर बौलाहा । नर्स बौलाहा । प्यसेन्ट बौलाहा । टेवल बौलाहा । कुर्ची बौलाहा । सिरिञ्च बौलाहा । दैलो, जस्केलो । औषधी सबै सबै बौलाहा । म कराए । झ्यालका शिशाहरु चर्के ।
एउटा सेतो पैहिरनमा आएको डाक्टरले मेरो नाम सोध्यो ।
बोल्न मन लागेन, बोलिनँ ।
ठेगाना सोध्यो
भन्न मन लागेन, भनिनँ
‘बिहे गरेका छौ ?’
बोलिनँ
‘कति पढेका छौ ?’
बोलिनँ ।
डाक्टरलाई एक झापट हिर्काए । मलाई आफ्न्त र अरु अरुले समाते । म रुन थालें ।
कसलाई सम्झेर रोएँ याद भएन ।
तुरुन्तै हाँसे । के सम्झेर हाँसे सम्झना भएन ।
सायद यसै कारण मलाई दुनियाले बौलाहा भन्यो होला ।
डाक्टर हैरान भएर गयो । मलाई पागलहरुको वार्डमा छाडियो । मेरा आफन्तहरु पनि गए ।
पागलहरुको वार्डमा
कोही आफ्नै गाला चिमोटिरहेका छन् । कोही घुडो चुसिरहेका छन् । शायद अफ्नी आमाको धूद सम्झदा हुन् । कोही एक, दुइ पढिरहेका छन् । कोही आफनी प्रेमिकालाई गालि गरिरहेका छन् । कोही जुम्रा हेरि रहेकाछन् । कोही ऐनामा अफ्नै अनुहार नचिनेर सोधिरहेका छन् ।
 भित्तामा एउटाले लेख्यो
 प्रश्न बाहादुर ?
अकसमात कोहि चिच्यायो —मेरो दुरपिन खोई?
‘मेरो ल्याबको गुच्चा खोई ?’
अर्काे करायो —‘भान्टा खोई ?’ भान्सामा आज भान्टाको खिर पकाउने ।
खिर ..............
खिर.......................
खिर........................
खिर......................
खिर ....................
‘होइन कोदाको हलुुवा ।’ अर्काेले असहमती ब्यक्त ग्यो ।
फेरी अर्काेले आफ्नो रिजल्ट सुनायो—‘मेरो मार्कसिटमा जिरो नम्मर । म सधै फेल ।’
कर्आे बोल्यो —‘साला डाँकाले मेरो मुटु कलेजो लग्यो ।’
—‘आजको मिड नाइट अटमा सेक्सी मोडलको क्यटवाक हेर्नु छ ।’ अर्काे एक कुनाबाट करायो ।
उफ, यो पागलहरुको वस्तिमा कसरी बसौं ।
अब मैले आफैले फेरि घोषणा गरें ‘म बौलाए ।’

ड्ड    पासाको होटलमा

मानसिक वार्डबाट । रातारात भागेर पासाको होटलमा पुगें  ।
पासाको होटलमा पनि मैजस्ता बौलाहाहरु आउँछन् । टाउको फुटुन्जेल रक्सी पिउँछन् । माकुराको जालोमा अल्झिएको छ —तिनको विगत र वर्तमान । कतिले यही जालोमा आत्महत्या गर्ने असफल प्रयास गरे । कोही कोही उदारोमा बेसमारी पिउँछन् ।  आफु जन्मनु अघि मरेका हजुरबालाई सम्झेर रुन्छन् ।
एउटाले रक्सीसँग मुछेर भात खायो । अर्काले गिलासमा, मुछेको भात हाल्यो र बाहिर निस्क्यो । यो पासाको होटल बौलाहाहरु पालेर बसेको छ । अनेकथरिका पागलहरु आउँछन् ।
 बिहान एउटा मलामी गएर आएको छ । आज उसले मासु खाएन । भन्यो ‘मान्छेको मासु र खसीको मासुमा फरक छैन ।’
अर्काेले भन्यो ‘मलाई मान्छे र कुकुरको मासु सबै भन्दा मीठो लाग्छ ।’
मलामी गएर आउने मान्छे उठेर गयो । शायद यो हामी भन्दा सद्धे छ ।
हुन त पासा पनि बौलाहा नै हो । अफ्नै ग्राहाकले स्वस्नी उडायो । एक मैनापछि फेरी एक साँझ एक ग्रहाकसँग छोरी पोइल गई । केही बोल्दैन । रक्सी बेच्छ । र, बेलुका निदाउँछ ।
साला पासा भाग्यमानी  छ । एकलै कमायो । एकलै खायो । अब एक्लै मर्छ ।
सानिया
यही होटलमा हो । मलाई सानियाले छाडेर गएकी । अन्तिमपल्ट यही टेवलमा उसको अनुहार दियो झैं बलेको थियो । उसको आवज संगीत झैं सुनिएको थियो । उसको हिँडाइमा बेग थियो । उसको आँखामा प्रेमको भाषा थियो । उसको टाउकोमा मेरो मगजको मिश्रण थियो ।
त्यो दिन उसले मलाई मनपर्ने उपहार दिएकि थिई । सिटिसेन्टरमा हामीले अंग्रेजी सिनेमा ‘लाइफ अफ पाइ’ हेरेका थिययौँ । फर्कदा अनेकथरिका चक्लेट किनिदिई । मेरो आखाँमा आफ्ना आँखाहरु मिसाएर भनेकी थिई ‘तिमी सधै प्रेमको लयमा बाँच ।’
साझ परिसकेको थियो । जुन उनको अनुहारको बाटो भएर जमिनमा लमपसार थियो । जुन साँक्षी राखेर उनले मलाई बिस्तारै आफ्ना हातले खेलाएकी थिई जसरी स—सना नानीहरु अफ्नो मन परेको खेलौना खेलाउँछन् । प्रेम गर्छन । अँगालो हाल्छन् । ठिक उसै गरेकी थिई ।
त्यस दिन हामी सिटिसेन्टरबाट हिँडेर भक्तपुर पासाको होटलमा पुगेका थियौँ । सदै झै एक, एक गिलास पियौँ ।
एक आँैलाले जुन देखाएर भनेकी थिईन ‘सायन यो जुन तिमीलाई उपहार भयो ।’ मैले जुनलाई अँगालो हालेर आफ्नो बनाउन खोजेको थिँए ।
पासा मलाई देखेर बेस्मारी हाँस्यो ।
सधै घाम पानीको सम्बन्ध थियो । म घाम हुँदा उनी पानी, उनी पानी हुँदा म घाम । सधै हामी सुन्दर मौसम थियौँ ।
पासाको होटलमा पिउँदापिउँदै उनका ओठ काम्न थाले । निदारमा पसिनाका मसिना दानाहरु उठे । कुनै फुटे । र, ओरालो बगे । मैलै उनको हात समातें र ओठसँग ओठ जोडें । बिस्तारै उनले भनिन् ि‘सायन केही समय तिमीलाई छाडेर जाँदै छु । कतै टाढा ।’
उनी गइन ।
दुर देश । जापान गइन ।
फोटोमा साकुराका फूलहरु पठाउँथिन । म गुँरास पठाँउथें । हाम्रो चिठ्ठी बोकि जाने हुलाकी हाम्रो प्रेम देखेर टोलाई उभिन्थ्यो ।
म बिस्तारै प्रेमको समुन्द्रमा डुब्दै गए । उनी हिमाल भएर उभिदै गइन । जापानबाट उनको छाया एकाएक आउँथ्यो र मलाई चुम्मन गरेर जान्थ्यो । मेरो छाया एकाएक उनको सहर पुग्थ्यो र दुनियाको आँखा छलेर उनको चुम्मन बोकी आउँथ्यो । उनी हुँदा यो दुनिया रंगिन लाग्थ्यो ।
सधै मेरो झ्यालमा एउटा ईन्द्रेणी आएर उभिन्थ्यो ।
एक हप्तासम्म मेरो झ्यालमा इन्दे्रणी आएन । हुलाकीले साकुरा बोकि ल्याएन । मेरो घरको बाटोमा उनको छाया हिँडेन । रुखको हाँगाबाट अचानक गुँड छाडी उडी हिँडे, चराहरु  । ठूलो हुरीले, सधै हासीरहने उनको तस्बिर उडाएर लग्यो ।
हरेक बिहान उनको छाया बोकि ल्याउने घामले उनको मृत्युको समाचर बोकी ल्यायो र मलाई एक्लै छाडेर पश्चिमतिर लाग्यो ।
ड्ड    नगरकोट
त्यो दिन साँझ म नगरकोट पुगेको थिएँ । मसँग, म थिइनँ । मेरा ईन्द्रियहरु मरेका थिए । हिउँदको नगरकोटमा मलई गर्मी भएको थियो । अब सानयाको छायाँ कहिल्लै बोकी नल्याउने कसम खाएर घाम पश्चिमको डाँडाबाट ओरालो खस्यो । र, मेरो आँखाबाट बिलायो । मलाई एक्लै छाडेर घाम पनि गयो र सानिया पनि गइन् ।
सबै हरिया पातहरु खसेको रुखका हाँगाबाट एक हुल चराहरु उडे । चराको छाया मेरो टाउकोको बाटो भएर गयो । चराले सानयाले पठाउने पत्रको सम्झना आँखामा फालिदियो ।
त्यस पछि चराले आफुसँगै लिइ गयो मेरो आँखाको निद्रा । मेरो कानको आवाज । मेरो इन्द्रियको चेतना । म ढुंगो भएछु । म माटो भएछु । म नदि भएछु । म पहाड भएछु । म सब थोक भएछु र केही भैइनछु ।
सडकमा म बेमान्छे भैइ हिँडेछु ।
अचानक मगज सानिया तिरै फर्किगयो । मेरो चेतना उनी हिँडेकै बाटो तिर फर्कि गयो । म सडकमा एककोहोरो टोलाई हिंड्दो रहेंछु ।
—           —            —                —  




जीवन, एक मृत्यु स्खलन


रमेश सायन

कहिले काँही संयोगहरुले काम गर्छन् । तर,आज गरेन । यो सडक किनाराको घरमा कसैले बास दिएको भए संयोग हुने थियो  । तर भएन । आजको रात बिना संयोग बाँच्ने  छु ।
 काठमाडौँ जाने बसमा छु । मध्ये रातको बाह्र बजेको छ । भोलि, नेपाल बन्दको सूचना बोकेर बतास,घरि यो कान घरि ऊ कन गरिरहेको छ । सरासर काठमाडौँ जाउँ । भोलि फर्कन सक्दिन । काम छ, गल्छि त्रिसुलीमा । जे परोस, रोकें गाडि । उत्रें  अध्यारो सडकमा ।
म किन अचानक सडकमा उत्रें । अव, सम्झनु छैन ।
लागें नुवाकोट जाने बाटो तिर । एकलै छु । डर छैन र सम्झनु छैन त्रासका बल्यकहोलहरुलाई ।
अलि पर सडक ल्यामपोष्ट मुनी उभिएँ । किराहरु घुमिरहेछन् ल्यामपोष्ट ओरीपरी । हेरेँ आफूलाई । ठ्यक्कै लाग्यो किरा जस्तो । अलि ठूलो किरा । हातमा बोकिराखेको पानी पिँए । उत्तिनै खेर मोबाइलमा घन्टि बज्यो । ए मत मान्छे पो त । सम्झेँ । म मान्छे किरा ।
नुवाकोट जाने बाटो, अलि परै पुगेँ । गाए,ँ ग्यङनम स्टायल......... । कसैले सुन्यो सुनेन । त्रिसुलीले चाँहि सुसेली हाल्यो । बग्यो मेरो ग्यङनम स्टायल.........ओरालै ओरालो । नाचेहोलान ढुङगाहरु । उफ्रेहोलान माछा ।
 आज रातभर त्रिसुलीसँग जिस्कनु छ । र, पर्खनु छ, बिहानको उज्यालो । हेर्नु छ भोलि बिहान सवारी नगुडेको रित्तो राजमार्ग ।
डिलमा उभिएँ । हातमा उठाएँ ढुंगोे र हाने पानीमा । अफ्नो गति बिथोलिएको भाबमा हल्लियो नदी । सम्झें, जिन्दगीको गति पनि यसै गरि बिथोलिन्छ । कहाँ, कसले कुन बेला, हान्छ ढुंगो । र बिथोल्छ जिन्दगीको गति । भोक, अभाब, दुःख, खुसी, प्रेम, सुख केकेले बिथोल्छ जिन्दगीको तलाऊ र पाहाड झै श्रींखलाहरुमा उभिन्छ, जिन्दगी  ।
सडकै सडक अलि परै पुगे पछि फेरि फर्कि आँए । रातको एक बजेको छ । किनाराका घरहरु, थामेर उभिएकोछ, नदीको बेग । जसरी उभिन्छ, समयको बेग थामेर जीन्दगी ।
गल्छि चोकैमा छ, एउटा होटल । जहाँ अझै बाँकी छ, चहलपहल । छिरें । बिसाएँ झोल र सोधें ‘दाई यहाँ सुत्न पाइन्छ ?’
‘पाइदैन । सबै प्याक छ । ’
यतायत मज्दुरहरुको भिड छ । साहू मध्यरातीसम्म रक्सी बेचिरहेछ । म जस्ता कति आउँछन जान्छन् सबैलाई राखेर कहाँ साध्य ।
मान्छेहरु हल्ला बीच आ–आफ्नै जीवन बाँचिरहेकाछन् । बिर्सदै छन्, दिनभरको थकान । मान्छेलाइ कसरी दौडाउँछ सपनाले फेदिदेखि टाकुरासम्म । कसरी पुर्याउँछ जन्मदेखि मृत्युसम्म । हरेकको अनुहारमा जीवनको दौड कुदिरहेको छ । जीवन एउटा सपनाहरुको दौड हो । यी मज्दुरहरु, मालिकहरु सबै आ–आफ्नै दौड्मा कुदिरहेकाछन् ।
आज यतै सडक तिर बिताउँनु पर्ला । खाना मलेखुमा खाँए । धेरै पछि एक्लै यसरी रात रात भर हिंड्दै छु । अलिक पहिले काठमाडौँमा एक कवि र म रातभर हिंडेका छौ । आज आँखाको एक कुनामा उनको सम्झना आई उभियो ।
तर,लगतै उनलाई बिर्सेँ ।
दाईको घर कता । एक किसोर भाइले सोध्यो ।
‘बिराटनगर ।’
‘यता कता ?’
‘यसै डुल्न ।’ पत्याएन ।
‘भाइ तिम्रो घर कता नि ?’
‘मलेखु । ’
‘के गर्छौ ?’
‘ट्रकको कलासी ।’ गर्वले भन्यो ।
 म पनि खलासी हूँ । जिन्दगीको । सधै बिहान बेलुका ढ्याढ्याप पार्दै चलाउनु पर्छ ।
के बुज्यो ! हास्यो । उसले खाना खाई सकेको रहेछ । उठेर हिंड्न खोज्दै थियो । मसँग बिदा माग्यो ।
अब होटल साहू उज्यालो निबाएर सटर तान्दै छ । एकाद पनि उठेर हिंडिसकेकाछन् । सडकका म छु र मसँग हिँडिरहेने मेरो छायँ छ । बिजुलीको उज्यालोमा मेरो लामो नाक अज्जै तन्कियो ।
मलाई त मेरी आमाले जन्माएकी हुन तर यो छायालाई कसले जन्मायो ? रात बिरात मैसँग हिँडिरहन्छ । म रुँदा हाँस्दा मैसँग हुन्छ । दुनियाँमा कोहि नभए, मसँग छाया हुन्छ । यहि छायाले मेरो गीत सुन्छ । मेरा कविताहरु टिपी हिँड्छ । मलाई एक्लो हुनबाट बचाउँछ र खुसिहरु कुदी हिँड्ने बाटो तिर लैजान्छ । यहिँ छाया हो, मेरो चित्र भित्ता भित्तामा टाँगी हिँड्छ र मलाई ‘रमेश सायन’ चिनाउँछ । कहिलेकाँही म आफ्नै हुलिया बिर्सन्छु र छाया हेरेर आफुलाई भेट्छ,ु एक नक्सामा ।
अग्ला डाँडाहरुबाट खसेको छाया त्रिसुलीमा तैरी रहेको छ । यत्रो बेग बोकि हिँड्ने नदीले छाया बागाइलान सकेन । छायासँग नदी हारेको युद्ध बगिरहेको छ ।
छाया, मान्छेलाई अनुहारको चित्र सिकाउँने पाठशाला हो । हरेक उज्यालोमा चित्र बोकेर उभिन्छ ।
मेरो छायासँगको यात्रा कसैले बिथोलिदियो र ट्ररकको क्यविनबाट बोलायो दाइ आउनुहोस् ट्रकमै सुतौँ । एसो टाउको उठाएर हेरें । अघिको खलासी भाई रहेछ ।
मसँगै छाया पनि ट्रकमै चढ्यो ।
मोबाइलमा फेसबुक खोलें । अझै केहि साथीहरु अनलाईन छन् । फेसबुकको कमाल बुजिनसक्नु छ ।
‘दाई मोबाइलमा फिल्म छैन । ’
‘छ । हेर्छौ ?’
‘हेर्छु । ’
खोलँे ल्यापटप र क्यराभ्यन प्ले गरें । खलासी भाई फिल्म हेर्न थाल्यो । नेपाली सब टाइटल बिस्तारै पढिरहेको छ । लामो लामो संबादको आदा वाक्य मात्र पढ्न भ्याउँछ । यो फुच्चे पनि जिन्दगीको क्याराभानमा थिन्ले हो । यसले पनि छिचोल्नु छ, जिन्दगीको क्याराभान । हिड्नुछ, पुर्खाहरु हिँडिगएको बाटो । उसै गरि बिलाउनु छ हिँड्दा हिँड्दै बाटाबाटै हराएको पुर्खाहरुको आदिम पैतला झै ।
दिक्क मानेछ क्याराभान । भन्यो, बुजिन । र, सोध्यो, ‘दाई सन्निलिओनको छैन ?’
 ‘के जिस्म टु ?’
‘हैन अरु ।’ 
‘छैन । भाई । यहाँ नेट राम्रो चलेको छैन । नत्र देखाई दिन्थें ।’
‘मैले जिस्म टु हेरेको थिएँ । सन्नि निक्कै सेक्सी लागेकी थिई । त्यसैको ब्लु पनि छ रे हेर्न मन थियो’  । उसले भन्यो ।
यो फुच्चे पनि पुर्खाहरु हिँडेकै बाटो हिँडि आयो र यो त्रिसुली किनारामा उभियो । तर पुर्खाहरु भन्दा जिन्दगीको स्वद फरक फेरिरहेछ —ऊ । छामिरहेछ, दुर दराजका अंकहरु । र, आफनै मनसँग कमुक बनिरहेछ । अचेल, कयौँ पल्ट सपनामा सन्नि लिओन आएर, उसलाई बिथोलेर जाँदि हो । 
जिवनका अनेक स्वदहरुछन् । कुनै तिता । कुनै मिठा । जिन्दगी जन्म र मृत्युको कक्टेल पाटि जास्तो लाग्छ ।
खलासी भाई स्टेरिगं छेउमा निदायो । म ओल्लो सिटमा बसेर फेसबुक चलाई रहेको छु । यो राती एक मित्रलाई रुगा लागेछ । राख्यो स्टाटस ‘रुगालाग्न थाल्यो ज्वरो आउला जस्तो छ ।’ कमेन्टमा लसऐन्जल बस्ने एक भुटनिज साथीले सु—स्वस्थेको कामना गर्यो । सायद त्यो स्टाटसवला खुसीको स्खलनमा हरायो होला ।
अचेल मान्छे बाँच्ने कला फेरिएको छ । सहरको मध्य विन्दुमा होडिङबोड भएर  उभिन चाहान्छ, मान्छे  । आफ्नो स—साना दुःखहरु बाँड्छ र अरुबाट सम्बेदना लुट्छ ।
अचेल हरेक दिन मान्छेहरु सम्बेदना लुटिहिँड्छन् । सायद कतैबाट प्रेम नपाए पछि मान्छेले सम्बेदानाबाट पनि प्र्रेम महसुस गर्दो हो । र, अलिकति खुसि समेटेर उभिदो हो ।
खलासीको टाउको अहिले स्टेरिङमा अडिएको छ । भोलि उसलाई यो स्टेरिङको टाउकोले कहाँ पुर्याउँने हो । जिन्दगीको स्टेरिङ कुन मोडमा पुगेर मृत्युबाट स्खलित हुनेहो, कसले भन्न सक्छ ?
अखिर जीवन मृत्युको स्खलन त हो । एक दिन जीवन मृत्युबाट स्खलित हुन्छ र सकिन्छ ।


फकिर हिँडेको बाटो



रमेश सायन

‘जिन्दगीसँग कुनै गुनासो छैन । यतिका वर्षसम्म जिन्दगीले मेरो बिरुद्ध कुनै उजुर गरेन ।
‘सलाम जिन्दगी !’ बिना उजुर, मसँग मिलेर, मैले जे गरे पनि सहेर, बाँचेकोमा ।’
सधैको साँझ रक्सी पिउनु अघि मुसाखानले जिन्दगी प्रति बिषेश आभार ब्यक्त गर्छ । रक्सी पिउँदा पिउँदै उसको साससँग ठोकिएको बतास पनि बेसमारी मात्छ । र, लरखराउँदै अगाडि बढ्छ  
हरेक साँझ बेसुर भाकामा रक्सी पिउँछ । — मुसाखान ।
‘सायन मेरो जीन्दगी ठिक बालुवाको घर जस्तो छ । हैन, हैन ठेगाना विहीन बतासमा उडिरहेकोे काँस फूल जस्तो ।’
ऊ एकोहोरो मेरो सामु जिन्दगी परिभाषित गर्न खोज्छ । कतै अटाउँदै परिभाषामा जिन्दगी ।
एक ‘लार्ज पेग’ लोकल पिए पछि भन्छ ‘मिल्ने भए मेरो गिदी मोजामा हालेर भकुन्डो खेल्ने थिए ।’
आफ्नै गिदीको भकुन्डो खेल्ने π बेबकुफ मुसाखान ।
यो मुसा जिन्दगीको फकिर हो । यसको जात, थर, धर्म कसैलाई भन्दैन । झोलामा बेद, कुरान लगायत अरु धेरै किताब छन् । प्रस्ट नेपाली बोल्छ । बिहान मन्दिर जान्छ र मध्यान्न मस्जिद पुग्छ ।
हिजो, ऊ र मसँगै लुम्बिनी घुमेका थियौँ । विश्वशान्ति स्तुपाको अगाडि तीन घण्टा ध्यान ग¥यो । फर्कदा भैरहवामा बेस्मारी रक्सी पियो ।
अस्ति काठमाडौंमै हुँदा जामे मस्जिद छेउबाट हिन्दीमा उल्था गरिएको कुरान किन्यो । किन्दा किन्दै कुरान माथि अर्काे किताब राख्यो ।
पसलेले गालि ग्यो । कुरान पढ्ने तरिका बतायो ‘यो किताब माथी अरु किताब नराख्नु । बिहान उठेर नुहाए पछि मात्र पढ्नु । भूँइमा राखेर नपढ्नु ।’
हिड्ने बेला पसलले सोध्यो ‘के तिमी स्लाम हैनौँ ?’
‘हैन ।’ ठाडो उत्तर दियो ।
पसलेले मुसाको अनुहारमा पुलुक्क हे¥यो ।
मुसाले पनि पसलेको आँखासँग सिधा आँखा जुधाएर उर्दूमै कुरानको एक सुर “अल्–फातिहा” फट्फटायो ।
“अल्हमदुलिल्लाहि रब्बिल आलमीन ,अर्रहमानिर्रहीम
मालिकि यौमिद्यिन,इप्याकनअ्बुदु व इप्याकनस्तईन
इह्दिनस्सिरातलमुस्तकीम”
 लगतै  सामवेदकोे एक ऋचा पनि
“इच्छन्दि देवःसुन्वन्तं न स्वप्नाय स्पृहयन्ति । यन्ति प्रमादमतन्द्राः ।”
 र, त्याहाँबाट टाप कस्यो ।
धेरै वर्ष पहिले मुसाखान एक दिन ज्योतिषीकहाँ गएको रहेछ   ।
ज्योतिषीले तेरो राज योग परेको छ । देशको ठूलो मन्छे हुन्छस् भनेछ ।
मुसाले एक सय दान ग¥यो र धेरै दिनसम्म आफू ठूलो मान्छे भएको सपना देख्यो । उसको आङमा फुर्ति, उसबेला बतासको बेगमा पसेको थियो ।
अहिले मुसाले त्यो ज्योतिषलाई भेटे दुइ लात्ति हानेर एक सयको बदला पाँच सय मागौँला झै गरेको छ ।
ऊ सानसँग भन्छ ‘म भूगोल बिहिन फकिर हूँ ।’
बिसायो, उसले आफ्नो जात, धर्म, नाम, ठेगाना । बन्यो, मुसाखान फकिर । हिड्यो,जिन्दगीको पछाडि नफर्कि अगाडि अगाडि ।
ऊ भन्छ ‘जीन्दगीको पछाडि फर्केर के काम ? मृत्यु पछाडि हैन अगाडि हुन्छ । हामी सबै मृत्युको म्याराथुन धाबक हौँ । दौड जित्न पछाडि हैन अगाडि दौडनु पर्छ ।’
मुसाखान, हरेक दिन निदाउनु अघि जिन्दगीको डाटा डिलिट गरिदिन्छ ।
भोलि पल्ट, एउटा ताजा जिन्दगी बाँच्छ ।
आफु कसरी फकिर भयो ? स्वयम विर्सिन्छ —ऊ —आफ्नो जिन्दगीको रमकहानी ।
‘तिम्रा बाबु, आमा छैनन् ?’
‘होलान ।’
‘होलान ?’
‘म घर नगएको धेरै भयो । पहिले थिए । अहिले थाहा छैन ।’
‘कति भो घर नगएको ?’
‘छ वर्ष । हैन हैन सायद सात पनि भएको हुनु पर्छ । हिसाब छैन ।’
यो फकिरको अनुहारको भाव फेरबदल हुँदैन । चाहे त्यो अमिलो या पिरो  किन नखाहोस् ।
जीन्दगीमा कुनै कुराले प्रभाव नै पार्दैन । आमा–बाबुको कुरा या अन्जान व्यक्तिको । केहीले छुन सक्दैन ।
ऊ, आम जीवनको प्रक्रियामा असामान्य बाँचेको छ । यस्तो जिन्दगी कसैले बाँच्न सक्दैन । मुसा समाजको असामाजिक प्राणी हो ।
यो फकिर जंगल, ओडार या पुलमुनी, घर वा होटल जहाँ पनि बास बस्छ ।
खान कहिले मागेर कहिले काम गरेर खान्छ । कहिले हिमाल पुग्छ । कहिले तराइ आसपास घुम्छ ।
मैले भेट्नु अघि ऊ केरला भारत डुलेर आएको रहेछ ।
उसलाई बाच्नु छैन । मर्नु छ । तर, हतारमा हैन । सबै देखेर, भोगेर । आयु पु्¥याएर मर्नु छ ।
सोच्दै छु । आजको साँझ फकिरले के गर्ने हो ? रक्सी पिउँछ या लियो टोल्स्टोयकोे वार एण्ड पिस पढ्छ । देवकोटाको शाकुन्तला पढ्छ वा माधब घिमिरेको गौरी पढेर रुन्छ या हाँस्छ । माओको बायोग्राफि पढ्छ । कार्लमाक्र्सको पूँजी पढेर भोक्कै निदाउँछ । ऊ जे पनि गर्न सक्छ । उसको पछि लागेर हिंडनुको मज्जा यहि हो ।
ड्ड   
हामी यतिखेर भैरवाबाट हिंडदै बुटवल आइपुगेका छौ ।
घाम तिनाउ तरि सकेको छ ।
फकिर तिनाउ किनारमा बसेर मस्त गाँजा पिइरहेको छ ।
यो झिझो फकिरसँग दिन बिताउन मलाई रहर भन्दा लोभ हो । ऊ कसरी फिरन्ते भयो । कसरी मुसाखान बन्यो । थाहा पाउने रहर छ । ऊ बाँच्ने शैलीको प्रभाब मेरो मगजले उचालि रहेको छ । तर ऊ हत्तपत्त आफ्नो जिन्दगी वाचन गर्ला जस्तो छैन । 
आफुले तान्दै गरेको चुरोटको ठुटो लम्काउँदै भन्यो ‘सायन गाँजा तान्छौ ?’
‘तान्दिन । मेरो फेक्सोमा असर छ धुँवाको ।
ऊ बिना भाव हाँस्यो ।
हिउँदको तिनाउ बग्न मात्र बगेको छ ।
पारी मैना बगरमा अटो ग्यारेजको घाइघँुइ छ । रिक्सा, गाडि र पैदलयात्रीको भिडमा तिनाउ पूर्ववत परिचित छ । तर यो फिरन्ते मुसाखानको अनुहारसँग तिनाउ झस्कन्छ । र,मलाई कानमा खुसुक्क भन्छ ‘यो फकिरको पछि नलाग सायन तेरो जिन्दगी मैले बगाउने भेल जस्तो नबना । घर जा । यसको कथा मेरो किनारमा छाडि राख । सके म सुनौँला यसको कथा नसके मै बगाई लैजाउँला ।’
‘ए तिनाउ !  यो फकिरलाई बुझ्न सबैकाम छाडेर दौडिएको छु । मेरो आधा गिदी यसको टाउको देखेर हल्लि सकेको छ । यसको कथा सुनेर, की जीवन जिउँन सिक्छु कि कला सहितको मृत्यु मर्न ।’
मुसाले तिनाउ र मेरो बात सुने छ क्यार ! मतिर पुलुक्क हे¥यो । उसको आँखामा गाँजाको असर देखिन थालिसकेको छ । एउट लामो सर्काे धुँवा तिनाउ तरेर मैनाबगर तिर लाग्यो ।
‘सायन आज रातको कुनै बेश्यासँग बितउनु पर्छ ?’ म हाँसे मात्र । यो मान्छे कति बेप्रशंग छ ।
 ‘बिना मुड कस्तो योजना ?’ 
‘योजनाले जिन्दगी चल्दैन ब्यापार चल्छ । जिन्दगी ब्यापार हैन ?’
‘जाउँला तर तिम्रो बारे मलाइ भन ।’ शर्त राखें ।
मलाई थाहा छ ऊ मेरो शर्तसँग गल्दैन ।
‘म कथा बेगरको पात्र हूँ । रहरले यसै गरि घुम्छु । जसरी तिमीले आज भोलि देखि रहेकाछौ । तिमीले देखेको मान्छे भन्दा अर्काे मान्छे मसँग छैन । म तिनाउँको यीनै बालुवा हुँ । दुनियाले देख्ने गरि बिस्कुन भएको छु । म आँगन हूँ । म भित्र मजेरी छैन ।’–उ बोल्यो । स्पष्टिकरण दिएको शैलीमा ।
‘बालुवा भित्र पनि त केहि छ ।’
‘के हुन्छ बालुबा भित्र ? त्यो देखिने बालुबा मात्र हुँ । त्यो भित्र पनि यदि केहि छ भने त्यो हैन म ।’
‘तिमीले प्रेम गरेनौ ?’
‘प्रेम गरें स्कुल पढ्दा । कलेज पढ्दा । म घर छाडेर हिंड्नुु अघिसम्म प्रेम गर्थे ।’
‘तिमीले असफल प्रेम भोगेका छौ ?’
‘छैन एकदम सफल प्रेम । पे्रम असफल हुँदैन । प्रेम आफैमा सफल हो ।’
‘अहिले पनि प्रेम गर्छाै ?’
‘अहिले म इश्वरीय प्रेम गर्छु । अर्थात म आफूलाइ मात्र पे्रम गर्छु ।’
‘तिमी ईश्वार मान्छौ ?’
‘मान्छु । म भित्रको इश्वार मान्छु । मेरो इश्वर मै हूँ । मेरो अर्काे इश्वर छैन ।’
 ‘तिमी आस्तिक ?’
‘हैन म नास्तिक । म धर्म मान्दिन ईश्वर मान्छु । धर्मले  धेरै कुरा बर्जित गर्छ । इश्वरले धेरै कुरा फुक्का गर्छ । धर्म बन्दन हो  । इश्वर स्तन्त्रता हो । इश्वर बतासमा उड्छ । धर्म जमिनमा हिंड्छ । इश्वर नदिमा बग्छ, धर्म पोखरीमा जम्छ । इश्वार आफै भित्र हुन्छ, धर्म आस्थामा हुन्छ । इश्वर चेतना हो । इश्वर इन्द्रिय हो । धर्म खिया लागेको मगजको उपज हो ।’
यो फकिरले मेरो मगज डामि दियो । म टोलाउन थाले ।
‘धर्म र इश्वार’ ?– म यो फकिरको कुरा आधा बुज्छु आधा बुज्दिन । यो आम मान्छे भन्दा खुसी छ ।
‘ए ! मुसा इश्वर मान्ने मान्छे तिमी जस्तै सपना बेगरका हुने भए दुनिया उकालो हैन ओरालो बग्ने थियो । मान्छेको गति सधै उकालो बगिरहेको छ ।’
‘सायन तँ घरि घरि सत्य बोल्छस् ।’
‘सायन, धर्म बिभाजनको खण्डहर श्रृंखला हो । धर्मले समाजलाई खण्डहर बनाउँछ र आ–आफ्नो समूहमा बिभाजन गराउँछ ।’
ब्रमाण्डमा धेरै समूहहरु छन् जसले अनेक धर्मको नेतृत्व गर्छ । आफ्नो समाजको मात्र हित चाहन्छ । बिकास र आदिपत्य चाहन्छ । जव मान्छे धर्ममा आस्तिक हुन्छ तव द्धन्द्धको शुरुवात हुन्छ । द्धन्द्धले एक अर्कामा शक्ति ट्रान्सफरको काम गर्छ । भौतिक बिकासको श्रृंखला द्रुत गतिमा अगाडि बड्छ । हजोरौँ वर्ष अघि देखि धर्मले द्धन्द्धको सुरुवात ग¥यो र द्धन्द्धले शक्ति ट्रान्सफरको काम ग¥यो ।
आज समाज यो गतिमा दौडिरहेको छ । तर, इश्वर धर्म भन्दा माथि छ । आफ्नो इश्वर पत्ता लगाउने प्राणी ब्रमाण्डमा धेरै कम छन् । म जस्तै दुनियाले आपूm भित्र इश्वर महसुस गर्ने भए उहिल्यै यो पृथ्वीको गति उल्टो घुम्ने थियो ।
ऊ इश्वर मान्छ । धर्म मान्दैन तर द्धन्द्धबाट बिकसित शक्ति ट्रान्सफरको उपज भौतिक विकासलाई स्वीकार्छ  । उ आफैमा द्धन्द्ध जस्तो लाग्छ ।
इश्वरीय द्धन्द्ध ।
यो कस्तो मान्छे । यो फकिर आफैमा द्धन्द्ध हो कि इश्वरको बाघचाल π
म उसको कुरा सुन्न सक्छु तर बुज्न सक्दिन । उसले फेरि चुरोटमा गाँजा भ¥यो र पुलको आडैमा उभिएर लामो सर्काे तान्यो
यस पल्ट धुँव बतासको बाटो भएर मेरो मगज माथि माथि उडिरहेको छ । उसले फेरि पनि एक्कासी बेश्यासँग रात बिताउने प्रस्ताब सम्झायो ।
यस पल्ट मैले डाठै अस्वीकार गरें ।
‘तिमी जाउँ म जान्न ।’ रिसाएको भावमा भनें ।
मेरो अस्वीकृतीको असर उसको अनुहारमा कतै देखिएन । उ रिक्सा चड्यो र गयो ।
उसको कथा पनि उहीसँग पछि लाग्यो । अब बाँकी मसँग उसको कथा समात्न नसकेको तिनाउँ किनारा र उसैको असरले हल्लिरहेको मेरो मगज मात्र छ ।
ड्ड