Social Icons

6.16.2013

आमाको देश


                            हिंडेथें ।
आमाको देशबाट
शीतका पाइलाहरु कुल्चँदै कुल्चँदै
सपनाको राजमार्ग छिचोल्दै छिचोल्दै
आइपुगें छु एक विरानो भूगोलमा
जहाँ तर्सन्छु आफ्नै छाया नमिलेको देखेर
जहाँ एक कुनामा उभिन्छ साहूका राता आँखा
अर्को कुनामा देखिन्छ
भुइँतिर खसेका पंखेटा र आकाश छुन उडेका सपनाहरुको जुलुस
र मध्य बिन्दुमा उभिन्छ
ठेगाना नबिराई आएको आमाको चिठी-चित्र

मृत्यु आइपुग्ने ठेगाना

मेरो घरसम्म आइपुग्दा बतास पनि एक पल्ट अलमलिन्छ
मेरो घरको छानो बाट उडि गएको चंगा
लटाई सम्झेर सरासर फर्कन सक्दैन
स्वयंम मेरी प्रेमिका
दसौं पल्ट सोधेर आइपुग्छिन मेरो ठेगानामा
मेरा साथीभाइ / आफन्त
सयौँ पल्ट सोधेर आइपुग्छन् मेरो आगनमा
वर्षौं पहिले प्रदेशमा हुँदा बा आमा सम्झेर रजिष्ट्ररी पत्र पठाए थें
आफ्नै घरको हुलाकी ठेगानामा
म नै अए पहिले,
आफ्नै ठेगाना सोध्धै सोध्धै हुलाकी पत्र आएन