Social Icons

9.18.2013

लिलामी

  
रमेश सायन

सुख्खा भाग्य हिँडेर रेगिस्थान त भेटिएकै थियो
यति मै काफ्फि हुनुपर्थ्यो
जिन्दगीको अन्तिम सिमाना

तर कहाँ कहाँबाट आइपुग्यो मेरो ठेगानामा
अगेनाबाट आगो चोरेर हिँडेको बतास
र बलिरहयो मेरो अन्तिम इच्छा समेत नसोधी
एककोहोरो तानासाहाको युद्ध जसरी  ।



कुल्चेर नानीहरुको मुस्कान
कामिरहयो आगनमा हिँउद
बसाई हिँडे बगैँचाबाट जीवन अलापी रहेका फूलहरु
उठाए मेरा बृद्ध बाबुले मुल खाँबाबाट एक मुठ्ठी सपनको खरानी
र सोधिरहे आफ्नो आयुको अन्तिम ठेगाना ।

श्रीमतीले निक्कै रहरले किनेको
नयाँ मोडेलका गहना
बजारमा आएको नयाँ ब्रान्डको किरिम
नयाँ फेसनका नयाँ कपडा
एका एक नसुहाउने भए

घरै नभए पछि
श्रीगांरले पनि अनुहारलाइ हेप्दो रहेछ ।

छोरीले सधै सुन्ने लोरी
ओछ्यानबाट एका एक हिँड्यो
लोरी नसुनी ननिदाउने मेरी छोरी
किनारामा रातभर आगो चोर बतासको साँक्षी बसि रहि

अब कुनै एक दिन
धमिलो साउन हिँडेर
वर्खा पनि यहि बाटो आइपुग्ने छ
र बचेखुचेकोे किनारा पनि भत्काएर जानेछ
ठिक उसैबेला
यो देशमा हाम्रो जीवन
डाक घटा घटमा अन्तिम लिलामीमा चड्ने छ ।

No comments: