Social Icons

6.16.2013

मृत्यु आइपुग्ने ठेगाना

मेरो घरसम्म आइपुग्दा बतास पनि एक पल्ट अलमलिन्छ
मेरो घरको छानो बाट उडि गएको चंगा
लटाई सम्झेर सरासर फर्कन सक्दैन
स्वयंम मेरी प्रेमिका
दसौं पल्ट सोधेर आइपुग्छिन मेरो ठेगानामा
मेरा साथीभाइ / आफन्त
सयौँ पल्ट सोधेर आइपुग्छन् मेरो आगनमा
वर्षौं पहिले प्रदेशमा हुँदा बा आमा सम्झेर रजिष्ट्ररी पत्र पठाए थें
आफ्नै घरको हुलाकी ठेगानामा
म नै अए पहिले,
आफ्नै ठेगाना सोध्धै सोध्धै हुलाकी पत्र आएन


यो ब्रमाण्डको सबैभन्दा भित्री गल्लीमा मेरो घर ठेगाना छ
जो दुनियाले भुलि हिंड्छन्
आउनेहरु सरासर आइपुग्दैनन्
अल्मलिन्छन् पैतालै पिच्छे

तर एक दिन कौसिमा उभिएर
जुनसँग जिस्कि बसेथेँ
ताराहरुसँग बातमारी बसेथेँ
मेरा पुर्खाहरु झिल्का भएर उडिरहे थे आकासमा
म तिनै झिल्काहरु समात्न खोजिरहेथेँ मुठिमा
र टाँस्न लागिरहेथेँ छातीमा ।
ओ !
अचम्म !
कतै कसैलाई नसोधी
कहीँ कतै नअल्झि
सरासर आईपुग्यो मृत्यु
र मेरै आयु टिपेर लानखोज्दै भन्यो –“हिँड सायन तँ पनि पुर्खाहरुको बाटो झिल्का भएर ।”

No comments: